• १३ साउन २०८१, आइतबार

चार्जिङ स्टेसन सञ्चालन

blog

धनगढी समाचारदाता

धनगढी, साउन २५ गते । धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो। 

सो स्टेसनको एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उद्घाटन गर्नुभयो। पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले चार्ज गर्न सहज हुने जनाइएको छ। 

वातावरणमैत्री यातायात प्रणालीका विकासमा चार्जिङ स्टेसनले ठुलो टेवा पु-याउने नगर प्रमुख गोपाल हमालले बताउनुभयो। स्टेसनमा ६०/६० किलोवाटको दुई वटा र २२ किलोवाटको एउटा गरी तीन वटा चार्जर रहेको छ। 

जम्मा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसनमा एकसाथ तीन वटा सवारीसाधन चार्ज गर्न सकिने जनाइएको छ। दिउँसो चार्ज गर्दा प्रतियुनिट आठ रुपियाँ २८ पैसा, राति ११ बजेपछि चार्ज गर्दा प्रतियुनिट छ रुपियाँ र बिहान चार्ज गर्दा प्रतियुनिट १० रुपियाँ ४४ पैसा चार्ज शुल्क तोकिएको छ।