सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानूनलाई मूर्तरूप दिने बताउनुभएको छ ।
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र त्यसपछि गएका सयौं परकम्पकका कारण मर्नेको सङ्ख्या निरन्तर बढ्दो छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।
प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका पृतना हेडक्वार्टर अन्तर्गत फौजहरू सम्मिलित भई ललितपुर जिल्ला, लेलेमा सञ्चालन भइरहेको सामूहिक तालिमको सोमबार निरीक्षण गर्नुभएको छ ।
सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ ।
तीन वर्षदेखि टहरामा बास बस्दै आउनुभएकी बीजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले एक लाख रुपियाँ विनियोजन गरेको छ ।
धनुषाको नकटाझिजमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमबारबाट सुरु भएको छ । जिल्लाको मिथिला नगरपालिका र नेपाल हक्की सङ्घको संयुक्त आयोजना प्रतियोगिता भएको हो ।
नेकपा (एमाले) को माघ २९ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।
बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहको मुद्दामा उच्च अदालत पोखराले शाहलाई १५ दिन भित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रमुख प्रतिपक्षी दलले सरकारको समर्थन गर्ने परम्परा कहिल्यै नभएको बताउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको हो ।
दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको बिगु गाउँपालिका–४ लादुकमा आज (सोमबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिनु भएको छ । एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिनु भएको हो ।
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले सेभियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो ।