सामाजिक सञ्जाल फेसबुकको नक्कली अकाउन्टबाट एक महिलाको चरिहत्या गर्ने ३९ वर्षीय तुलाराम सारुलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारका प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
लामो इतिहास बोकेको नेपाली सेनाले संस्कृति संरक्षणमा पनि इतिहासकालदेखि नै विभिन्न माध्यमबाट योगदान पुर्याउँदै आइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी निकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्का ज्वालामाई गण भालुवाङले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ ।
वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँस्थित खानेपानी संस्थानले जनाएको छ ।
सैनिक कल्याणकारी कोषको कुल सम्पति रु. ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चाँैथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो ।
कैलालीको खुटिया नदीमा दाउरा निकाल्न गएका एक व्यक्तिको मृत्यु भएको छ । गोदावरी नगरपालिका –९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराईको मृत्यु भएको हो ।
धनुषाको मिथिला नगरपालिका –८, ढल्केबरमा रहेको मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी गरिएको छ । आयोजनालाई जग्गा भाडा दिएका जग्गाधनीले भुक्तानीे माग गर्दै तालाबन्दी गरेका हुन् ।
नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ ।
मुलुकमा पुस्तक प्रकाशनको लामो इतिहास भए पनि अहिलेसम्म कस्तो पुस्तक, कुन आधारमा कसरी प्रकाशन गर्ने भन्ने स्पष्ट नीति नहुँदा पाठकहरु ठगिएका छन् भने राज्यले पनि ठूलो आर्थिक नोक्सानी व्यहोरिरहेको छ ।
झापाको दमक नगरपालिकामा आर्थिक अवस्था कमजोर भएकाहरुका लागि डेंगुको सङ्क्रमण जाँच निःशुल्क व्यवस्था गरिएको दमक नगरपालिकाले जनाएको छ ।
पोखरा महानगरका तीन अस्पतालमा आँखा पाक्ने रोगको उपचार सित्तैँमा हुनेभएको छ । महानगरका मेयर धनराज आचार्यको सक्रियतामा हिमालय आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालमा आँखा पाक्ने रोगको टिकटदेखि जाँच र औषधि सित्तैँमा हुने प्रबन्ध भएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामुदायिक वनलाई रोजगारी सिर्जना गर्ने तथा आम्दानी गर्नेतर्फ रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन दिवसको अवसरमा एमालेको वन तथा वातावरण विभागको आयोजनामा बिहीबार धुलिखेल नगरपालिका –२ रविगाउँस्थित अल्छे सामुदायिक वनमा आयोजित बृहत वृक्षारोपण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।