नारायणघाट–बुटवल सडकखण्ड विस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठदाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनले असन्तुष्टि जनाएका छन्। सडक विस्तारका क्रममा काटिएका काठदाउरा लामो समयसम्म स्थानीय सामुदायिक वनमा घाटगद्दी गरेर राखिएको थियो। कटान गरी घाटगद्दी गरेर राख्ने बेला प्रक्रिया पु-याएर स्थानीय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको थियो।
बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पाँच वर्ष बसेर फर्किएका एक युवाले रुपन्देहीमा लोभलाग्दो बङ्गुरपालन गरेका छन् । रुपन्देहीको तिलोत्तमा–१५ का रोहितसिंह आलेले यसअघि कम्प्युटर इन्जिनियर भए पनि कोरिया पुगेर सिकेको सिपलाई स्वदेश फर्केपछि उद्यममा उतार्नुभएको छ ।
विगतमा केन्द्रीकृत राज्यशक्तिको प्रयोग तीन तहबाट हुने गरी अधिकार बाँडफाँट, राज्यको स्रोतसाधन कुनै वर्ग, समुदायमा केन्द्रित हुन नदिई सबैको समान अवसर र पहुँच स्थापना गर्ने आदर्श विसं २०७२ असोज ३ गते जारी नेपालको संविधानले अङ्गीकार गरेको छ । जनतालाई अधिकारसम्पन्न बनाउँदै विकासका लाभमार्फत समृद्ध बनाउन सङ्घीय शासन प्रणाली अपनाइएको छ । संविधान कार्यान्वयन भएको आठ वर्ष बित्न लागेको छ तर अझै सङ्घीयता कार्यान्वयनका मूल विषयसँग
प्रत्येक शनिबार आउनेबित्तिकै हातमा गुराँसका बिरुवा बोकेर सडक छेउछाउ पुग्नुहुन्छ, म्याङ्लुङ नगरपालिका–६ का मित्र नेपाली । उहाँले मध्यपहाडी लोकमार्गको दायाँबायाँ गुराँसका बिरुवा रोप्न थाल्नुभएको दुई वर्ष भयो । राष्ट्रिय फूल लालीगुराँस संरक्षण गर्ने उद्देश्यले नेपालीले सुरु गर्नुभएको गुराँसको वृक्षरोपण अभियानमा अहिले गाउँले र छिमेकीले पनि साथ दिन थालेका छन् ।
आर्थिक, सामाजिक र सांस्कृतिक लाभका दृष्टिमा पछि परेका वर्ग तथा सम्प्रदायलाई बजेट तथा कार्यक्रमका माध्यमबाट अवसर उपलब्ध गराउन सामाजिक समावेशितामुखी बजेटले प्राथमिकता पाएको हो । नेपालमा पनि नवौँ योजनाले लिएको मूलप्रवाहीकरणको रणनीतिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) लाई सामाजिक न्याय हेर्ने संयन्त्रको रूपमा अपनायो ।
लगातारको बदलीसँगै निरन्तर भएको वर्षा शुक्रवार पनि जारी रहने जनाएको छ । आज बिहानै देखि बदली सुरु भएको छ भने दिनभर देशैभर वर्षा हुने र पश्चिम नेपालमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो वर्ष सोभियत सङ्घ र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७ औँ वर्ष पुग्यो । राष्ट्रमा यससम्बन्धी कुनै चर्चा सुनिएन; न त गन्यमान्य, परराष्ट्र र दूतावासहरूले व्यक्त गरेका बधाई र शुभकामना पढ्न पाइयो । १९५७ जुलाई २० को दौत्य सम्बन्ध स्थापनाको दिन त्यो समय थियो; जुन बेला अक्टोबर क्रान्ति, त्यसपछिका गृह र विश्वयुद्ध झेल्दै समाजवादी निर्माणको चार दशकपछि सोभियत सङ्घ विकासको शिखरमा पुगेको थियो र अन्तरिक्षमा उड्न तयार थियो । यो दौत्य सम्ब
विसं २००७ मा प्रजातन्त्रको प्राप्तिसँगै तत्कालीन राजा त्रिभुवनले संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधान अनुसार देशको शासन व्यवस्था सञ्चालन गर्ने घोषणा गरेका थिए । सो कार्य इतिहासको लामो कालखण्डपछि नेकपा माओवादी र सात राजनीतिक दलबिच सहमतिका आधारमा भएका विभिन्न राजनीतिक आन्दोलन, वार्ता र सहमतिपछि मात्र सम्भव भयो । २८ चैत, २०६४ मा संविधान सभाको पहिलो चुनाव भयो । १५ जेठ, २०६५ मा संविधान सभाको पहिलो बैठक बस्यो ।
नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारण जनतालाई हरेक वर्ष चार अर्ब रुपियाँ बराबरको विद्युत् निःशुल्क उपलब्ध गराएको छ । २० युनिटभन्दा कम खपत हुने ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दा गएको दुई वर्षमा बर्सेनि चार अर्ब रुपियाँको विद्युत् निःशुल्क वितरण गरिएको प्राधिकरणले जनाएको छ ।
वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डिस्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गरेको जनाएको छ । विभागका अनुसार वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकिता गर्दा पनि क्षतिपूर्ति नदिएपछि एक/एक लाख रुपियाँ जरिबानासहित म्यानपावरलाई खारेज गरिएको हो ।
साझा भण्डार भोटाहिटीको नाममा रहेको विभिन्न स्थानको जग्गा बिक्री गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगरपालिका र बाँकेको कोहलपुरमा रहेको जग्गा बिक्री गर्दा अनुचित लाभ लिएको आरोपमा तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने, योगेन्द्रनाथ कर्माचार्य तथा सदस्यसचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार नौ जनालाई जनही चार करोड चार लाख २४ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।
साउदीमा रहेको नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पु-याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ । दूतावासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको हो ।
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनको ६९ वटा टावरको निर्माण पूरा भएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख राजाभाइ शिल्पकारले आयोजनाको तेस्रो प्याकेज अन्तर्गत प्रसारण लाइन निर्माण अन्तर्गत उक्त सङ्ख्यामा टावर निर्माण पूरा भएको र टावर फाउन्डेसन अन्तिम चरणमा पुगेको बताउनुभयो। प्रसारण लाइन निर्माणका लागि टावर राख्न तनहुँ र चितवनको जग्गाको मुब्जामा निर्धारण भई वितरण गरिसकिएको उहाँले जानकारी दिनुभयो। दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कुल ९४ टावर निर्माण गरिने छन्।