मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाएका ४ हजार भन्दा बढी मानिसहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरु पुरिएको आशङ्का गरिएको बताइएको छ ।
हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा बसेको छ ।
‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आज (मङ्गलबार) देखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी आज यहाँ उद्घाटन गर्नुभएको हो ।
नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार बिहान राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।
नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
'द भ्वाइस अफ नेपाल' सिजन ४ का विजेता गायक करण राईको पहिलो आधिकारिक गीत 'चङ्गा' सार्वजनिक भएको छ ।
अष्ट्रेलियाका चर्चित क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ । ३६ वर्षीय फिन्चले सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको हो ।
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मंगलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं.–४ को घर्तीगाउँ र ५ को बाँसबोटे जोड्ने रिट्ठाबोट फेदीखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पुल नहुँदा दुई गाउँका स्थानीयलाई आउजाउमा समस्या थियो । पुल बनाउन कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजको ९१ लाख र स्थानीयको जनश्रमदान गरी एक करोड रुपियाँ खर्च भएको चम्पादेवी गाउँपालिका–४ का वडाध्यक्ष इन्द्र केसीले बताउनुभयो । तस्बिर : शेरबहादुर राई/ओखलढुङ्गा
जिल्लाको नरहरिनाथ गाउँपालिको रहगाड झुलङ्गे पुल लामो समयसम्म मर्मत हुन सकेको छैन । झाेलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष छ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा छन् ।
भाइबहिनीलाई कसरी धेरै मानिसका अगाडि बोल्न सकिएला भन्ने कौतुहलता हुन सक्छ । कतिपय बालबालिका दुई चार जना व्यक्ति देख्नासाथ अगाडि बोल्न परे डराउने र आएका कुरा पनि बिर्सेर हडबडाउने समस्या हुन सक्छ । अरू बेला मजाले बोल्न सक्ने तर मान्छेको अगाडि भने बोल्न डर लाग्नु धेरै बालबालिका तथा ठूला मान्छेहरूको पनि समस्या हो । बालबालिकाले कसरी आत्मविश्वास बढाएर धेरै मान्छेको अगाडि तथा स्टेजमा बोल्ने त ?
‘ठाडो’ शब्दले नेपाली जनमानसमा त्यति राम्रो अर्थ बोक्दैन । जब ठाडो भाकाको कुरा आउँछ यसले ‘ठाडो’का सबै दुर्गण बिर्साउँछ । अर्थात् नाउँ ‘ठाडो’बाट सुरु भए पनि यसले एउटा सुललित लोकलयको स्मरण गराउँछ । गण्डक क्षेत्र नेपाली लोकगीत र साहित्यको क्षेत्रमा गण्डकीको जल जत्तिक्कै पवित्र छ । यहाँको लोकलयमा कठोर हृदयलाई पनि पगाल्न सक्ने सामथ्र्य छ । सालैजो, कौरा, चुड्का, रोइला, घाटु, बालुन आदिको पङ्क्तिमा ठाडो भाका पनि दर्बिलो उपस्थिति लिएर उभिएको छ । यसै सन्दर्भमा ‘ठाडो भाकाको लोक–सांस्कृतिक इतिहास’ नामक पुस्तक लिएर अनुस
मधेश प्रदेशमा करार पदपूर्ति बन्द गर्नुपर्ने माग राख्दै कम्प्युटर अपरेटरका विद्यार्थीहरूले ज्ञापनपत्र बुझाएका छन् ।