सुर्खेतको पश्चिम क्षेत्र पञ्चपुरी नगरपालिकास्थित सालकोटका एकल पुरुषले सम्बन्धविच्छेद भएकी महिलासँग २०७८ माघमा विवाह गरे। ती महिलाको साथमा अघिल्लो श्रीमान्का तर्फबाट १३ वर्षीय छोरी पनि थिइन्। आमा घरमा नभएको समयमा श्रीमतीको अघिल्लो श्रीमान्तर्फकी छोरीलाई बलात्कार गर्दै आएका थिए। बलात्कारको घटना आफन्तले देखेपछि बालिकाको तर्फबाट जिल्ला अदालत सुर्खेतमा बलात्कार मुद्दा दर्ता भयो। बलात्कारी बाबुलाई अदालतबाट कैद सजाय भएको छ। जिल्ला अदालत दैलेखले छोरी बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजायको फैसला गरेको छ। बलात्कार पुष्टि भएपछि आरोपित बाबुलाई अदालतले हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेर अनुसारको करणी मुद्दामा आठ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाएको हो।
मिथिला नगरपालिका–८, ढल्केबरमा रहेको मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी गरिएको छ । आयोजनालाई जग्गा भाडा दिएका जग्गाधनीहरूले भुक्तानी माग गर्दै तालाबन्दी गरेका हुन् ।
गुल्मीमा साउन ९ गते देखी हराएका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्वर ३ सिर्सेनीका ३२ वर्षीय डिल्लीराज अर्याल सिम्लेको खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन् ।
कर्णाली प्रदेशबाट अख्तियारमा उजुरी बढेको बढ्यै छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका अनुसार गत तीन आर्थिक वर्षमा प्रदेशका १० जिल्लाबाट विभिन्न माध्यमबाट चार हजार ७३४ वटा उजुरी अख्तियारमा दर्ता भएका छन्। आयोगको सुर्खेतस्थित कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा दोब्बर सङ्ख्यामा अनियमितताका उजुरी परेका छन्। आव २०७७/७८ मा एक हजार २८२ वटा उजुरी दर्ता हुँदा आव २०७८/७९ मा एक हजार ४३२ उजुरी दर्ता भएका थिए। गत आव २०७९/८० मा यो सङ्ख्या दोब्बरले बढेर दुई हजार ८२ पुगेको थियो।
पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति भएको हो ।
दाङको घोराहीमा धारिलो हतियार प्रहार गरि फरार रहेका ६ जनालाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपल नजिक साउनको १० गते राती १२ बजे अपरिचित व्यक्तिको खुकुरी प्रहार गर्दा घोराही उपमहानगरपालिका–१३ लाहुरे डाँडा बस्ने १८ वर्षीय तीर्थबहादुर पुन गम्भीर घाइते हुनु भएको थियो ।
कैलालीको कठरिया थारू समुदायका व्यक्ति आफ्नो पुरानो संस्कृति संरक्षणमा जुटेका छन्। समुदायबाट हराउँदै गएको सावनियाँ डोला खेल्ने संस्कार जोगाउन जुटेका हुन्। लोपोन्मुख अवस्थामा पुगेको सावनियाँ डोला पछिल्लो समय कठरिया गाउँमा देखिन थालेको कठरिया समाज नेपालका महासचिव सुवेश कठरियाले बताउनुभयो। “पहिले प्रायः सबै गाउँमा सावनियाँ डोला हुन्थ्यो,” उहाँले भन्नुभयो, “बिचमा लोप हुने अवस्थामा पुगेपछि युवा क्लबदेखि गाउँका भद्रभलाद्मी यसलाई जोगाउनका लागि जुर्मुराएका छन्।”कठरिया समुदायको पचैँया पर्वको अवसरमा सावनियाँ डोला खेल्ने गरिन्छ।
बागमती प्रदेश सरकारले स्थापनाको साढे पाँच वर्ष बितिसक्दा पनि व्यवस्थित स्थायी संरचना बन्न सकेको छैन । स्थायी संरचना नबन्दा मन्त्रालय, मन्त्री र पदाधिकारीको सरकारी निवास भाडाबापत करोडौँ रुपियाँ खर्च हुने गरेको छ । अधिकांश मन्त्रालय र निकाय तत्कालीन अवस्थामा खारेजीमा परेका सरकारी भवनबाट सञ्चालन भइरहेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयले करार सेवा अन्तर्गत १३ जना कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ। साउन १८ गते सूचना प्रकाशित गरेर उपप्राध्यापकदेखि सहायक तहसम्मका लागि आवेदन आह्वान गरेको हो। उक्त सूचना प्रकाशित भएसँगै विश्वविद्यालयमा विवाद सिर्जना भएको छ। विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै करार नियुक्तिको विरोध गरेका छन्।
ङको लमहीमा पूर्व पश्चिम राजमार्गदेखि पाँच सय मिटर उत्तरतर्फ फोहोर फाल्ने गरिन्छ। धेरै फोहोर जम्मा भयो भने फोहोरमै आगो लगाइन्छ। जब फोहोरमा आगो लगाइन्छ, आगोको धुवाँले लमही बजार धपक्कै ढाकेको हुन्छ। फोहोरमा लागेको आगोको धुवाँले निसासिने, आँखा पिरो हुने, आँखा चिलाउने जस्ता समस्या हुने गरेका छन्। यो समस्या लमहीका स्थानीयले लामो समयदेखि भोग्दै आइरहेका छन्।
जिल्ला कारागार रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका कारण दिनचर्या कठिन बनेको छ । जसले गर्दा भवन थप्न वा बढाउनु जरुरी छ । करिब दुई सय जनाको क्षमता रहे
घोराहीको धारापानीस्थित प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरमा गङ्गा आरती लगाउन थालिएको छ। उक्त आरती हेर्न भक्तजन तथा दर्शनार्थीको बाक्लै भिड लाग्ने गरेको छ। यस मन्दिरमा बृहत् पुरुषोत्तम माहात्म्य प्रवचन एवं शृङ्गारिक महाआरती बोलबम महोत्सव आयोजना गरिएको छ। साउन महिनामा हुने मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव पाण्डवेश्वर महादेव मन्दिरमा पहिलो पटक सञ्चालन भएको हो । साउन २ गतेदेखि मन्दिरमा साँझ नियमित रूपमा शृङ्गारिक गङ्गा आरती, मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठलगायतका कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले बताउनुभयो।
युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उहाँहरूले युवाका नीति कार्यान्वयन नहुँदा युवाको क्षेत्रमा काम हुन नसकेको बताउनुभयो ।