सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा कार्यक्रममा सहभागी हुँदै उहाँले सरकारले युवा नीतिलाई परिमार्जन गर्ने बताउनुभयो । “राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको छ”, उहाँले भन्नुभयो ।
याङ्गुन, साउन, २६ गते । म्यान्माको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । केइन राज्यका छवटा टाउनसिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिँदैछ, केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उल्लेख गरेका छन्।थानल्विन नदीसहित केइन राज्यका विभिन्न नदीमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा-आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् । यसबाहेक याङ्गुन र मावलामाइन बीचका केही रेलमार्ग मङ्गलबार बागो र मावलामाइन बीचको रेलवे ट्र्याकहरूको खण्डहरूमा बाढीका कारण डुबानमा पारेका छन् ।देशको मौसमविज्ञान तथा जलविज्ञान विभागले बुधबार दिउँसो यहाँका छवटा नदीमा खतराको स्तर नाघेको जनाएको छ ।बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको ह्पान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी जारी गरेको छ।बागो निवासी को आय ह्लाले बिहीबार सिन्ह्वालाई प्रत्येक वर्ष बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो भएको बताएका छन् । मेरो घरको भुइँ तल्ला हाल डुबेको छ।बागोका तल्लो क्षेत्रका केही बासिन्दालाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् । रासस/सिन्ह्वा
नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा सरु भएको कांग्रेस संसदीय दलको बैठकमा संसद निरन्तर अवरुद्ध भएको र यस्तो अवस्थमा प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा छलफल हुने बताइएको ।
उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपदमा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पु¥याएको छ ।
गोकर्ण पौडेल तुलसीपुर, साउन २६ गते । तुलसीपुर– १ को ठाँटीगाउँदेखि बजारसम्म आउनका लागि करिब १२ किलोमिटर यात्रा गर्नुपर्थ्याे । तर वडा नम्बर १ र ३ जोड्ने भमके खोलामा पुल बनेपछि दूरी घटेको छ । पुल बनेपछि ठाँटीगाउँबाट वडा नम्बर १ र वडा नम्बर ३ को भट्टे हुँदै तुलसीपुर बजारसम्म आउन सहज हुने भएको छ । सल्यान जिल्लाको लुहाम पुग्नका लागि अब दूरी घट्ने भएको छ । तुलसीपुरको अश्वार हुँदै भट्टे, कालीमारे, मखनटाकुरी हुँदै सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका लुहाम जोड्ने सडकखण्ड अन्तर्गत भमके खोलामा पुल नहुँदा वर्षायाममा यात्रा गर्नका लागि सहज भएको छ । तुलसीपुर उपमहानगरपालिका – ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माका अनुसार त्यस सडकखण्डमा पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहज भएको छ । तुलसीपुरबाट सल्यान जिल्लामा पुग्नका लागि तीन वटा सडक छन् । वडाध्यक्ष विश्वकर्माले राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरकोट सडकखण्ड पहिरोका कारण निकै जोखिममा रहेकाले यस सडकखण्ड सल्यानका पुग्नका लागि छोटो र वैकल्पिक मार्गका रूपमा प्रयोगमा सकिने बताउनुभयो । उहाँले पुल निर्माण भएपछि सल्यान जिल्लामा पुग्ने यात्रुका लागि अब वर्षायाममा समेत यात्रा गर्न सहज भएको जानकारी दिनुभयो । वडा नम्बर १ का वडाध्यक्ष हुमकान्त सापकोटाले पुल निर्माण भई सञ्चालनमा आएपछि वर्षायाममा आवतजावत गर्न हुने कठिनाइ समाधान भएको बताउनुभयो । त्यस्तै, तुलसीपुरको वडा नम्बर ९ दोघर्रे, प्रतापकोट हुँदै सल्यानको फलावाङसम्म पुग्नका लागि सडक छ । सल्यान जिल्लामा तुलसीपुरबाट पुग्नका लागि दूरीका दृष्टिकोणले सबैभन्दा कम दूरीको सडकखण्ड दोघर्रे प्रतापकोट सडक खण्ड छ । उक्त सडकबाट सल्यान, रुकुम र जाजरकोटसम्म पुग्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिकाको दुई करोड ६४ लाख ५८ हजार ९६८ रुपियाँको लागतमा भैरव निर्माण जेभीले पुलको निर्माण गरेको हो ।
पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानीका धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।
विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो ।
संविधान कार्यान्वयनमा आएको आठ वर्ष बित्न लाग्दासमेत त्यसको व्यवस्थाअनुसार अन्तर प्रदेशमा चल्ने सवारी साधनको अनुमति दिने काम पूर्णरुपमा केन्द्रमा आउन नसकेको हो । बाटोको अनुमति पहिलेदेखि नै यातायात व्यवस्था कार्यालयले दिँदै आएकाले अहिले पनि दिइरहेको र व्यवसायी पनि सेवा लिन जाने गरेको सवारी जाँच केन्द्रका प्रमुख मणिराम भुसालले बताउनुभयो ।
सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दूबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्ची ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताउनुभयो ।
सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताउनुभयो । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ”, उहाँले भन्नुभयो, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।”
हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे पुलमा पछिल्लो समय दैनिक पर्यटकको आगमन बढ्दै बढ्न थालेको छ ।