नवलपुरमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ ।
झापामा डेंगुका कारण तीन जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । सङ्क्रमियमध्ये १०४ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–२ जर्लैयामा करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँदअली भाँटको छोरी साहिना खातुन रहेको प्रहरीले जनाएको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताउनुभएको छ ।
खोटाङको हलेसी तुवाचुङका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाको “शून्य शुल्क” कार्यक्रमअन्तर्गत सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क बनाइएको हो ।
काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
दाङमा बिहीबार राति घरधनीलाई कुटपिट गरेर लुटपाट भएको छ । घोराही उपमहानगरपालिका– १२ रामकोटका स्थायी ४छ वर्षीय मानबहादुर बस्नेतको घरमा बिहीबार राति लुटपाट भएको हो ।
कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटकको आगमन सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
पहिचानसहितको प्रदेश पुनः नामकरणको माग गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) आजबाट कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।