भनिन्छ, युवा राष्ट्रका गहना, भविष्यका कर्णधार र उन्नतिका नायक हुन् । उत्साहका परिचायक हुन् । राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । राष्ट्रका अमूल्य नीधि हुन् । परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलतालाई मान्न सकिन्छ तर नेपाली समाजमा युवाशक्तिको सही पहिचान हुन सकेन, युवाको क्षमताको सदुपयोग हुन सकेन । राष्ट्रले युवाका लागि सही कार्यदिशा र नीति तर्जुमा गरी लागु गर्न सकेन भने व्यक्ति, समाज, राष्ट्र अनि विश्वलाई नै दुर्भाग्य हुन सक्छ । कुनै पनि देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा युगान्तकारी परिवर्तन गर्ने सवालमा युवाको भूमिका सदैव अग्रणी रहँदै आएको विगतका इतिहासले पुष्टि गर्छ । चाहे त्यो इतिहास विश्वका हुन् वा नेपालका ।
मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४, साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
बाघको सङ्ख्या बढ्दै गएको र बाघ दोब्बर गर्ने लक्ष्य नेपालले बेलैमा पूरा गरिसकेको प्रसङ्ग गौरवपूर्वक उल्लेख गरेर देशैभर विश्व बाघ दिवस (साउन १४ गते) मनाएको १० दिन पनि नबित्दै साउन २१ गते चितवनको खैरहनीमा मानव बस्तीमा बाघ छिरेर ३५ वर्षीय अनिल तामाङलाई मा-यो । बाघ दिवसभन्दा एक साताअघि साउन ८ गते दिउँसो चितवनको कोटेनीमा माछा मार्न गएका २६ वर्षीय आशबहादुर बोटेलाई बाघले आक्रमण गर्दा उहाँको घटनास्थलमै ज्यान गयो ।
साउन २६ गते नयराज पन्त सम्झने दिनसमेत हो । विसं १९७० साउन २६ गते उहाँको जन्म काठमाडौँको महाबौद्धमा भएको थियो । नयराज नेपालको इतिहास, ज्यौतिष एवं गणितशास्त्रका विद्वान् हुनुहुन्थ्यो । यी क्षेत्रहरूबाहेक संस्कृत भाषा, व्याकरण र नेपाली कविताको क्षेत्रमा पनि उहाँको राम्रैसँग कलम चलेको देखिन्छ । नयराजका अध्ययन/अनुसन्धानका विशेष क्षेत्र इतिहास र ज्यौतिष दुवै रहे । इतिहासका कुरालाई ज्यौतिषीय तिथिमितिका माध्यमले प्रमाणित गरी देखाउनु उहाँको विशेषता देखिन्छ ।
तस्करले प्रतिबन्धित खयर काटेर ट्याक्टरमा लाँदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयलाई जानकारी गराएका थिए ।
सन्त तुलसी दासको देहावसान भएको चार सय वर्ष पूरा भयो । सन्तको मृत्यु संवत् १६८० साउन कृष्ण तृतीया शनिबार काशीको असिघाटमा भएको मानिन्छ । कसैले श्रावण शुक्ल सप्तमीलाई पनि मानेका छन् । उनको जन्म संवत् १५५४ श्रावण शुक्ल सप्तमीको दिन भएको मानिन्छ । अतः सन्तले १२६ वर्षको लामो जीवनयापन गरेको देखिन्छ । सायद भगवा
सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव र अन्य मन्त्रालयका सचिवहरूबिच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। सो अवसरमा प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले सबै मन्त्रालय तथा मातहतका निकायहरूमा दरबन्दीबिना करारमा राखिएका कर्मचारीहरूको विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ।
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्को उच्च जोखिममा छ । यो वर्षायाममा हालसम्म बाढीपहिरोले ठुलो विपत्ति ननिम्त्याए पनि विपत्जन्य घटना हुन सक्ने त्रासले सिन्धुवासी पीडामा छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक र आन्तरिक श्रम बजारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने सवालमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले भोगिरहेका समस्या र त्यसको समाधान विषयक छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिनुभएको हो । उहाँले वैदेशिक रोजगारीका क्रममा नेपालीले विभिन्न समस्या भोग्नु परेको चर्चा गर्दै ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेस गर्न निर्देशन दिनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेको पाँचखालमा निर्माण हुन लागेको महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको बताउनुभएको छ । दक्षिण एसियाली महिला मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले महिला औद्योगिक पार्कको अवधारणाबारे सुन्दा यो सामान्य जस्तो लाग्छ, अब यो पार्क निर्माण कार्यलाई कसैले रोक्न सक्दैन, यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
बडीमालिका नगरपालिकाको वडा नं. ६ र ८ मा रहेको बिरे खोलामा रहेको झरनामा झुल्किएको इन्द्रेणीले आन्तरिक पर्यटकलाई लोभ्याउन थालेको छ। बिहानीको सूर्यको किरणसँगै हल्का पानी परेको बेलामा बिरे झरनामा इन्द्रेणी देखिने गरेको छ। सामाजिक सञ्जालबाट बिरे झरनाको प्रचारप्रसारसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ। यस झरनाले सर्वसाधारणलाई लोभ्याउन थालेको बडीमालिका नगरपालिका–८, बिरे खोला राप्का होटेलका सञ्चालक दलबहादुर थापाले बताउनुभयो।
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीलाई आवश्यक परिमाणमा मल सञ्चय गरेपछि यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ। भदौ महिनासम्मका लागि आवश्यक पर्ने रासायनिक मल गोदाममा मौज्दात रहेको छ। विगतमा धान खेतीको समयमा बर्सेनि मलको अभाव हुने गरेको थियो। कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठका अनुसार भदौसम्मलाई पुग्ने गरी गोदाममा मल मौज्दात रहेको र थप ल्याइने क्रममा रहेको छ। हाल युरिया १२० टन, डिएपी १५० टन, पोटास ४४ टन र कृषि चुन ११ टन गोदाममा छ।
बाढीका कारण विस्थापितहरूको जनजीवन कष्टकर बन्दै गएको छ। पेटभर खान नपाउँदा तथा उचित बासको व्यवस्था नहुँदा जनजीवन कष्टकर बनेको हो। अन्नबाली जोगाउन र सुरक्षित स्थानमा ल्याउन नसकेका कतिपय विस्थापित चाउचाउको भरमा गुजारा गर्न बाध्य छन्। भजनी नगरपालिकाका विस्थापितलाई छाक टार्न समस्या भएको छ। नगरपालिकाले खाद्य तथा गैरखाद्य सामग्री सहयोगका लागि सरकारी, गैरसरकारी सङ्घ संस्था, निजी क्षेत्र, सहकारी र नागरिक समाजलाई अपिल गरेको छ।
सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्रको बोलकबोल साउन २८ र निष्कासन साउन २९ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । आठ वर्ष अवधिको विकास ऋणपत्र साउन २९ गते निष्कासन मिति तोकिएको छ भने यसको परिपक्व हुने अवधि २०८८ साल साउन २९ गते हुने छ । राष्ट्र बैङ्कले जारी गर्ने उक्त विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्रको ब्याजदर (कुपनरेट) बोल कबोलबाट निर्धारण हुने बताइएको छ ।