ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।
स्थानीयस्तरमै पाइने घाँसबाट बनाइने ढकिया घरायसी समान राख्नका लागि प्रयोग गरिन्छ ।
अर्जेन्टिनी कप्तान लियोनल मेस्सी चम्किएपछि इन्टर मियामी लिग्स कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा मियामीले एफसी चार्लोटलाई ४–० गोलले हरायो ।
विभिन्न साहित्यिक गतिविधि बढ्दै गएको बाँकेमा पछिल्लो समयमा उर्दू भाषाको संरक्षणका लागि पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती सन्दिग्धहरू पक्राउ परेका हुन् ।
इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएसँगै साबिक विजेता म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा सिटीले बर्नलीलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण बर्सेनि परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमै ४० लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । शुक्रबार सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याएका विविध सामग्रीलाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।
पश्चिम नेपालका तीन वटा प्रदेशका गम्भीर अवस्थाका बिरामीको उपचार हुँदै आएको नेपालगन्जमा फेरि रगत अभाव हुन थालेको छ ।
मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरूलाई अपिल गर्नुभएको छ ।
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताउनुभएको छ ।
धनगढी–डडेलधुरा सडकखण्डको कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरोले भत्किएको सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ ।