जाजरकोटमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालय बन्द गरिएका छन्। ‘कन्जङ्क्टिभाइटिस एनिडो’ भाइरसले सर्वसाधारणलगायत विद्यार्थीका आँखा पाक्न थालेपछि एक हप्ताका लागि यहाँका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको हो। ठुलादेखि विद्यालयस्तरका बालबालिकाका आँखा पाक्न थालेपछि विद्यालय बन्द गरिएको हो। भेरी त्रिवेणी माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, रिभर डाइनामिक बोर्डिङ, नेवेलिस्ट बोर्डिङ स्कुललगायत दर्जनभन्दा बढी विद्यालयका बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालय बन्द गरिएको छ।
पृथ्वी राजमार्गको आँबुखैरेनी –मुग्लिङ खण्ड ढुङ्गा खसेर अवरोध भएको छ । शनिवार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा ढुला ठुला ढुङ्गा खस्दा अवरोध भएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको बिपद व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका एवं सडक डिभिजन कार्यालयको सहकार्यमा आइतबार बिहान देखि नै अवरोध हटाउने काम भइरहेको छ ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव एवं गृह, सञ्चार एवं कानुनमन्त्री मोहम्मद समिमले शनिबार रौतहटको बाढीग्रस्त क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । चार दिनअघि रौतहटको बागमती, लालबकैया तथा झाँझ नदीमा आएको बाढीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्रीद्वयलाई बाढीबाट भएको जनधनको
“पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने रु” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्नुहुन्छ ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ ९दुई महिनामाथिको० माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले जानकारी दिनुभयो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ को छेकम्पारको झोङ गाउँमा पहिरोले घर घरमा क्षति पु-याएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले बिहीबार गएको पहिरोको कारण १० घर उच्च जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार ठुला ठुला ढुङ्गासहित भल घरमा पसेर लत्ताकपडा, खाद्यान्नसमेत नष्ट भएको छ ।
स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् ।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा तीन गाउँपालिका रहेका छन्। हिमाली र साबिक रुकुम जिल्लाबाट छुट्याएर नयाँ जिल्ला बनेको रुकुमपूर्व विकास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार, जनचेतनालगायत हरेक क्षेत्रमा अन्य जिल्ला भन्दा भिन्न छ। जिल्लाको सिस्ने गाउँपालिकाले स्थानीय बासिन्दाको आय बढाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। गाउँपालिकाले पछिल्लो समयमा सञ्चालन गरेका आर्थिक तथा भौतिक प्रगति र योजनाका विषयमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीसँग गोरखापत्रकर्मी जयमान बुढामगरले गर्नुभएको कुराकानीको सारसङ्क्षेप।
वर्षात्का कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।
समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक । उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो । दूध, घ्यु, छुर्फी र मासुका लागि याक पालन गदैआएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताउनुभएको छ। गण्डकी प्रदेश सरकारले यसका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकता दिएको उहाँको भनाइ थियो। तनहुँको ऋषिङ गाउँपालिका–५, रूपटारमा निर्माण सम्पन्न भएको ज्वाला खोला मोटरेबल पुलको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न पूर्वाधार निर्माणमा ध्यान दिइएको उहाँले बताउनुभयो। पाण्डेले भन्नुभयो, “गण्डकी प्रदेश धार्मिक, पर्यटकीय क्षेत्रसहित कला संस्कृतिले धनी प्रदेश भएकाले यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचारप्रसारसहित संरक्षण गर्न जरुरी छ।’’
हात्तीमा हुने गरेको नसर्ने रोगबाट बचाउनका लागि चुनौती थपिएको छ । केही वर्षअघिसम्म क्षयरोगबाट ग्रसित हुने गरेका चितवनका हात्ती अहिले नसर्ने रोगले चुनौती थपिएको हो ।
अहिले नेपालमा ११ वटा विश्वविद्यालय र छ वटा शैक्षिक वा स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । ती ११ विश्वविद्यालय मातहत एक हजार ४४० वटा क्याम्पस छन् तर पनि यहाँ आफूले खोजेको, रोजेको अध्ययन सुविधा भएन, विषय क्षेत्र, ज्ञान, सिप तथा रोजगारको अवसर भएन भनी विदेशमा अध्ययन गर्न जाने र उतै बस्ने युवकयुवतीको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको छ । मुलुकमा सञ्चित विदेशी मुद्राको ठुलै अंश विद्यार्थीले नै विदेश लगिरहेका छन् । मुलुक बनाउने युवा पुस्ता राम्रो शिक्षाका लागि विदेश जानु नकारात्मक कुरा होइन तर स्वदेशमै राम्रो भविष्यको विश्वास सिर्जना हुन नसकेर उतै पढ्ने, उतै रमाउने सोचबाट युवाशक्ति पलायन हुनु देशको नकारात्मक भविष्यको सङ्केत हो । नैराश्यको यो विडम्बनापूर्ण अवस्था अन्त्यका निम्ति मुलुकको शिक्षा नीति, प्रणाली र कार्यक्रममा सामयिक सुधार अत्यन्त आवश्यक भएको छ ।
पत्रकार आचारसंहिताको पत्रकार र सञ्चार माध्यमले पालना गर्नुपर्ने कर्तव्य अन्तर्गतको बुँदा १५ मा ‘गल्ती सच्याउन तत्परता’ लेखिएको छ । यसको अर्थ पत्रकारिता क्षेत्र सधैँ आफूबाट केही गल्ती भएमा त्यसलाई सच्याउँदै अगाडि बढ्नु पर्छ भन्ने नै हो । पत्रकार आचारसंहितामा यो बुँदा त्यसै राखिएको पक्कै पनि होइन, यसका पछाडि ठुलो दर्शन छ । पत्रकारिता क्षेत्र सधैँ उत्तरदायी रहनु पर्छ र रहन्छ भन्ने कुराका सुनिश्चिततासँग यो बुँदा जोडिएको छ । पत्रकारिता क्षेत्रलाई निरन्तर विश्वसनीय बनाई राख्न यो बुँदाले सहयोग गर्दछ । गल्ती गर्दै जाने र त्यो गल्तीलाई ढाकछोप गर्न अरू १० वटा गल्ती गर्ने हो भने नागरिकले त्यस्तो सञ्चार माध्यमलाई विश्वास गर्दैन ।
कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ । नदी कटान तीव्र भएपछि शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ । मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिनुभयो ।