त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ ।
जिल्लाका सुगमदेखि दुर्गम गाउँसम्म अहिले पनि खानेपानीको सहज पहुँच पुगेको छैन । मुहान बस्तीभन्दा धेरै टाढा हुँदा स्थानीय एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्न बाध्य छन् । पाँच वर्षअघिसम्म जिल्लाका धेरै ठाउँमा खानेपानीको समस्या रहेकामा अहिले अधिकांश क्षेत्रमा आधारभूत खानेपानीको सुविधा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज (आइतबार) इलामको माइ नगरपालिकाको पशुपति सामुदायिक वनका अध्यक्ष कुमार बहादुर बराइलीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाल्नुभएको छ । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेकोे छ ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेको सङ्ख्या बढेको बताउनुभयो ।
पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् ।
सात दिनदेखि बन्द कालीगण्डकी करिडोरको पूर्वी नवलपरासी खण्ड आज (आइतबार) देखि सञ्चालनमा आएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका –१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जानकारी दिनुभएको छ ।
राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् ।
पोखरा महानगरपालिकाभित्र सडकमा रहेका सबै सालिकको व्यवस्थापन गरिने भएको छ ।
घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा शनिबार राति शृङ्गारिक आरती हेर्न पुगेका भक्तजनको घुइँचो
पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हटेको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा ठूला ढुङ्गा खस्दा सडक अवरोध भएको थियो ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।