गायक रञ्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा गीत 'बरको डाली'को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा खेमराज गौतमको शब्द सङ्गीत तथा एरेन्ज छ ।
युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवम् इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन् ।
इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित पाथिभरा मन्दिरलाई रोङ गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ।
टर्की र सिरियाका भूकम्प पीडितलाई नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले बिहीबार नेपालगञ्जमा बृहत् रक्तदान कार्यक्रम गरेको छ ।
नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानको अध्ययनको प्रारम्भिक निष्कर्ष र प्रस्तुतीकरण कार्यक्रम सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी निरीक्षक भूपेन्द्र गिरी उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रहरी कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा गिरीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
उपप्रधान एवम् ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।
सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताउनुभएको छ।
पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैं हुनुहुन्छ। यसअघि, दिउँसो १ बजे बैठक बोलाइएको बैठक स्थगित गरेर तीन घण्टा पछाडि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
सदरमुकाम चरीकोटस्थित रहेको उज्यालो भविष्य संस्थाको विशेष पहलमा सर्व माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । दोलखा समाज अस्ट्रेलियाबाट प्राप्त विपन्न तथा जेहेन्दार छात्रावृत्ति भीमश्वर नगरपालिका–४ जिलुमा रहेको सो विद्यालयका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो ।