नेपाली भाषा–साहित्यका ज्ञाता डा. देवीप्रसाद सुवेदीद्वारा लिखित ऋग्वेदकालीन उपन्यास ‘मनु’ माथि अन्तर्क्रिया सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, डा. रजनी ढकाल र पुराना पत्रकार सोमनाथ घिमिरेले पुस्तकमाथि परिचर्चा गर्नुभयो ।
नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । तत्कालीन नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ कम्पनीलाई गाभेर सरकारले यो कम्पनी स्थापना गरिएको थियो । उक्त कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यान्नलगायत अत्यावश्यकीय उपभोग्य वस्तुको सहज आपूर्तिका लागि बजार निर्माताको भूमिका निर्वाह गर्न सक्ने एक सक्षम व्यावसायिक संस्थाका रूपमा स्थापित हुनुपर्ने बताउनुभयो । मुलुकको खाद्य सुरक्षा र सम्प्रभुताका लागि कम्पनीको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।
साउन सकिन लाग्दासम्म ८४ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यति बेलासम्म ९४ प्रतिशत रोपाइँ भइसकेको थियो । अर्थात् गत वर्षको तुलनामा हालसम्म १० प्रतिशत कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार १४ लाख ८८ हजार हेक्टरमा धान खेती हुन्छन् । त्यसमध्ये साउन २६ सम्म १२ लाख ५४ हजार हेक्टरमा रोपाइँ भएको छ । सात वटै प्रदेशमध्ये सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । अन्न भण्डारका रूपमा चिनिएको मधेश प्रदेशमा ६० प्रतिशत रोपाइँ मात्र भएको छ ।
बङ्गलादेशी नागरिकलाई नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन दिएर काठमाडौँमा बन्धक बनाउने गिरोहका सात जना पक्राउ परेका छन्। बङ्गलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्गलादेशी र नेपाली नागरिकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो। कार्यालयले आरोपितलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका छ जना बङ्गलादेशी नागरिकलाई उद्धार गरेको छ। गिरोहले वैदेशिक रोजगारीमा लैजाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याएर काठमाडौँका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बेलुका बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मोदीलाई फिर्ता बोलाएपछि जनमत पार्टीकी सांसद अनितादेवी साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जानुहुने भएको छ ।
गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को महामारीसँगै बन्द भएको नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक मकवानपुरको दामनमा रहेको दृश्यावलोकन स्तम्भ पुनः सञ्चालनको तयारी गरिएको छ । २०१३ सालतिर त्रिभुवन राजपथ निर्माण गर्ने क्रममा निर्माण गरिएको ऐतिहासिक महत्वसमेत रहेको दृश्यावलोकन स्तम्भ (दामन भ्यु टावर) उचित व्यवस्थापनको अभावमा यति बेला दुरवस्थामा पुगेको छ । रिसोर्टसहितको भ्यु टावर एन्ड दामन रिसोर्ट निजी क्षेत्रलाई ठेक्कामा सञ्चालन गर्न दिएकामा कोभिड–१९ को महामारी देखाउँदै बिचमा नै ठेक्का तोडेपछि पछिल्लो समय लथालिङ्ग अवस्थामा पुगेको हो । भ्यु टावरमा रहेको दामन रिसोर्ट भने पूर्णतः बन्द रहेको छ ।
नेपाली कांग्रेसले युवालाई नीतिगत कार्यमा प्रतिस्पर्धात्मक रूपमा संलग्न गराउन अवधारणापत्र मागेको छ। कांग्रेसले युवालाई नीति निर्माण र छलफलमा सक्रिय रूपमा संलग्न गराउने, युवा र नीति निर्माण प्रक्रियाबिचको खाडल हटाउने उद्देश्यले नीति निर्माणसम्बन्धी प्रतिस्पर्धाका लागि सामूहिक रूपमा अवधारणापत्र आह्वान गरेको हो।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर सहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा उद्धार, राहत, औषधी तथा खाद्यान्न ढुवानीका लागि उडान समय (अपरेसन आवर) मा कुनै बन्देज नरहेको जनाएको छ। प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरेर उड्डयन सुरक्षा मापदण्डको अपव्याख्या भएको भन्दै व्यावसायिक उडानबाहेकका उद्धार, राहत तथा ढुवानीका उडानमा कडिकडाउ नभएको प्रस्ट पारेको छ। पछिल्लो केही दिनयता प्राधिकरणले तोकेको उडान समयमा हवाई उडान नहुँदा केही बिरामीको मृत्यु भएको र केही अलपत्र परेको समाचार सार्वजनिक भएका थिए।
उपत्यकालाई व्यवस्थित सहर बनाउने गरी उपत्यका राजधानी सहर (मेट्रो सिटी) निर्माण गर्ने योजना अगाडि बढ्न सकेन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले आठ वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकाको एकीकृत विकासका लागि उपत्यकामा मेट्रो सिटी निर्माण गर्न सरकारलाई प्रस्ताव गरेको थियो । उपत्यकाको एकीकृत विकास गर्न, आर्थिक रूपान्तरणसहित तीनै तहका सरकार र निकायबिच समन्वय तथा सहकार्य गर्न एवं साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्न आयोगले उपत्यकालाई मेट्रो सिटी निर्माण गर्न सिफारिस गरेको थियो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै