बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था समस्यामा परेको छ । सो सहकारी संस्थाले बचतकर्ताको विश्वास गुमाउँदै गएपछि सो सहकारी संस्थाको सुर्खेत शाखाबाट आफ्नो रकम फिर्ता माग्ने बचतकर्ताको सङ्ख्या बढेको हो तर बचतकर्ताले रकम भने पाएका छैनन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई उहाँले शुक्रबार अपराह्न ३ बजे सम्बोधन गर्नुहुनेछ।
स्थानीय जनप्रतिनिधिबीच विवादका कारण धनुषाका नगराइन र कमला नगरपालिकामा रोकिएको नगर सभा सम्पन्न भएको छ। जनप्रतिनिधिबीच सहमति भएपछि नगर सभा सम्पन्न भएको बताइएको छ। कमला नगरपालिकामा बुधबार नगरप्रमुख विश्वेश्वरप्रसाद यादवको प्रमुख आतिथ्यमा छैटौँ नगर सभा भएको छ। सम्पन्न नगर सभाबाट ५५ करोड ४५ लाख ४१ हजार ७७४ रुपियाँको बजेट सर्वसम्मतिले पारित गरिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आन्तरिक उत्पादन तथा रोजगारी बढाउन आवश्यक ठाउँमा ‘इन्टरभेन्सन’ गर्नुपर्ने बताउनुभएको छ । अर्थतन्त्रमा सुधार ल्याउन राजस्व चुहावट नियन्त्रण र औपचारिक माध्यमबाट बढी विप्रेषण भिœयाउनुपर्ने आवश्यकता देखिएको पनि उहाँले औँल्याउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा बिहीबार डा. श्रेष्ठले अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्दै निजी क्षेत्रलाई नै अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठकले वर्तमान सरकार गठन भएपछि जनतामाझ व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकालेको छ । बुधबारको सचिवालय बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठनपछि मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच उपकरण (स्क्यानर)को व्यवस्था गर्न निर्देशन दिनुभएको छ । बिहीबार बिहान विमानस्थलको अनुगमनमा पुग्नुभएका मन्त्री किराँतीले विमानस्थलमा पाँच सय ट्रलीको मूल्याङ्कन गरी आर्थिक प्रस्तावना तयार गर्न र ट्रलीका १५ सय चक्कालगायत पार्टपुर्जा खरिद गर्न निर्देशन दिनुभयो ।
मधेश प्रदेश सरकारबाट काम गरेका ठेकेदार र उपभोक्ताले पाउनुपर्ने करिब एक अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ। मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालयलगायत सबै मन्त्रालयबाट भएको कामको भुक्तानी बाँकी रहेको हो। प्रदेशको अघिल्लो सरकारको कार्यकालमा भएका विभिन्न विकासका कामको भुक्तानी नपाएका निर्माण व्यवसायीले भुक्तानीका लागि बुधबार मन्त्रालय घेराउ गरेका हुन्।
प्रेम दिवसका लागि मात्रै चितवनको बजारमा २५ हजार स्टिक गुलाफको फूलको माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका पूर्वअध्यक्ष पुष्प व्यवसायी प्रकाश पन्तले चितवनमा गुलाफ फूलको उत्पादन नभएकाले भारतबाट आउने फूलले पूरा गर्ने बताउनुभयो । तीन वर्षअघि सम्म टनेलमा गुलाफ खेती गर्नुभएका पन्तले लगानी धेरै गर्नुपर्ने भएपछि खेती
धर्मोदय सभाले लुम्बिनीको पवित्रतामा आँच पुग्न जाने कार्य नगर्न÷नगराउन सम्बन्धित सबैसँग आग्रह गरेको छ । धर्मोदय सभाका महासचिव सागरमान वज्राचार्यले विज्ञप्ति जारी गरी सो आग्रह गर्नुभएको हो । त्यसैगरी सभाले बौद्ध सङ्घसंस्थाहरूले लुम्बिनीमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा भएको आक्रमणको समेत भत्र्सना गरेको छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सांसदहरू अभौतिक (भर्चुअल) माध्यमबाट उपस्थित भए पनि संसद् बैठक बस्ने व्यवस्था गरेको छ । यस प्रकारको व्यवस्थाले संसद् भवनमा सांसदहरूको उपस्थिति नभए पनि बैठक बस्न सक्ने भएको हो तर त्यसरी बस्ने बैठक प्राकृतिक प्रकोप वा महामारीको अवस्थामा मात्रै बस्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन नै नगरी व्यवस्थाप्रति सबाल उठाउनु उचित नहुने बताउनुभएको छ। उहाँले संविधानले परिकल्पना गरेअनुसार ऐन, कानुन नै बन्न नसकेको अवस्थामा सङ्घीयता खर्चिलो र निष्प्रभावी भन्नु उचित नहुने तर्क गर्नुभयो।
नागरिकता र राहदानीको विवादमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ ।
महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ क्षेत्रमा तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले यही फागुन ६ गते त्रयोदशीका दिन पर्ने महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठवटा उपसमिति गठन गरेर काम गरिरहेको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।