सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२, हत्पते लङ्गुर खोलाको मधुगङ्गा महादेव मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
घुमनी थारू ७२ वर्ष पुग्नुभयो । उमेरका हिसाबले आराम गर्नुपर्ने अवस्था भए पनि घुमनीको जोसजाँगरले विश्राम लिएको छैन । बुढ्यौली उमेरमा पनि उहाँका हात खाली छैनन् । पुख्र्र्यौली सिपयुक्त घुमनीका हातले ढकिया बुन्न थालेको छ दशक बित्यो । जसले अझै निरन्तरता पाइरहेको छ । खेतबारी, मेलापात, चुलोचौकोबाट बचेको समयमा घुमनी आकर्षक ढकिया बुन्नुहुन्छ । सानै उमेरदेखि सिप सिक्नुभएकी घुमनीले हजारौँको सङ्ख्यामा ढकिया बुनिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “उमेरमा त दुई/तीन दिनमै एउटा ढकिया बुन्थेँ । अहिले १२/१३ दिनमा एउटा बुन्ने गरेको छु ।
पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाको आफ्नै कार्यालय भवन छैन । स्थानीय सरकार सञ्चालनको सात वर्ष पुगिसक्दा पनि पालिकाको भरपर्दो भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन । साँघुरो र जीर्ण भवनबाटै गाउँपालिका धानिएको छ । साबिकको कुनाथरी गाउँ विकास समितिको पुरानो भवनबाट पालिकाले सेवा दिँदै आएको छ । गाउँपालिका मात्र होइन कतिपय वडा कार्यालय पनि भाडाका भवनमै छन् । पुराना भवनबाट सेवा प्रवाह गरिरहेका छन् । जीर्ण अवस्थाको भवनबाट काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार कार्यालय नै भरपर्दो नभएपछि दैनिक कार्यसम्पादन गर्न असहज भइरहेको छ ।
रुकुमपश्चिमका विभिन्न स्थानमा एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय रुकुमपश्चिमले निःशुल्क र अनुदानमा उपलब्ध गराएका एक लाख १७ हजार ७४१ बिरुवा आर्थिक वर्ष २०७९/८० मा रोपिएका हुन् । कार्यालयका निमित्त वन डिभिजन प्रमुख शेरबहादुर परियारका अनुसार विभिन्न प्रजातिका सात हजार ८२३ वटा बिरुवा निःशुल्क र एक लाख नौ हजार ९१८ वटा बिरुवा अनुदान कार्यक्रम अन्तर्गतबाट रोपिएको हो । निःशुल्क वितरण गरिएका बिरुवा विभिन्न सार्वजनिक क्षेत्र, अतिक्रमित क्षेत्र, निजी क्षेत्र, सडक किनारा र सामुदायिक वन क्षेत्रमा रोपिएको बताइन्छ । कार्यालयले सञ्चालन गरेका विभिन्न पाँच वटा कार्यक्रम अन्तर्गत कपुर, बेल, गुलमोहर, लप्सी, कल्की, सिसौ, बकाइनो, तेजपात, छतिवन, देवदार, टिमुर, सल्लोलगायत बिरुवा निःशुल्क वितरण गरेको थियो ।
रोजगारीका लागि कोरिया जानुभएका गमबहादुर कुँवरले बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो ।
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
धान रोपाइँ गर्न खेतमा जडान गरिएको आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ । महागढीमाई नगरपालिका वडा नं. ३ र १० बाट मोटर र दमकल चोरी भएको पीडित किसानले बताएका छन् ।
एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने जनाएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
युवा अदम्य शक्ति र साहसका पुञ्ज हुन् । ती देशका आशा र भरोसा हुन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्तिसमेत हुन् तर त्यस्ता नेपाली युवा आफैँ अन्योलमा छन् । युवाको अपार ऊर्जा आत्मसात् गरी व्यवस्थापन र परिचालन गर्दा मुलुकको कायापलट हुन्छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवामा रहेको ज्ञान, सिप, दक्षता र अनुभव प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्न र समतामूलक अनि शान्तिपूर्ण समाज निर्माण गर्न केन्द्रित हुने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनु भएपछि तीन वटा ठुला काण्डका छानबिनमा सरकार लागेको छ । दुई वटा पुरानै घटना हुन् भने एउटा नयाँ घटना थपिएको छ । यी घटनासँग जोडेर संसद्का गतिविधि स्वाभाविक रूपमा अगाडि बढ्न पाएका छैनन् । प्रतिपक्षका लागि सरकारलाई कमजोर बनाउने मुद्दामा यी घटना सहयोगी बनेका छन् । खासमा बनाइएका छन् । यी घटनाको टुङ्गो सरकारले कसरी लगाउँछ ? वा विगतमा जस्तै केहीलाई दोषी
सप्तकोशी नदीमा ११ वर्षकै पानीको बहाव उच्च मापन गरिएको छ । आज बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।
कोरोना जस्तै फैलियो डेङ्गु भन्दै डेङ्गुको त्रासले दिउँसै मानिसहरू झुलभित्र बस्न र सुत्न थालेका छन् । हाल देशका धेरै जिल्लामा डेङ्गु सङक्रमण फैलिरहेको र बढ्दै छ । जेठको तेस्रो सातायता धरानमा मात्र परीक्षण गरिएकामा ६० प्रतिशतमा सङक्रमण र सङ्क्रमितमध्ये नौ जनाको ज्यान गइसकेको छ । विशेषत छोराछोरी विदेशमा भएका तथा आफू दीर्घरोगी भएकाहरू दिनभर नै झुलमा बसी राति बाहिर निस्केर दैनिक काम गर्ने, फेरी झुलमा सुत्ने गरेका छन् । सङ्क्रमण फैलिएपश्चात् झुल ५० प्रतिशत, प्यारासिटा
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले आइतबार संसदीय दलको कार्यालय, हेटौँडामा आयोजना ग
रुकुम पश्चिममा एक महिलाको हत्या आरोपमा पक्राउ परेकी २३ वर्षीया सिर्जना बुढा बोहराले त्यस अघि पनि महिलाको हत्या गरेको बताइएको छ । गत बिहीबार मुसिकोट नगरपालिका १ सल्लेकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेकी सिर्जनाले पाँच वर्ष अघि अर्की महिलाको पनि हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार एक युवतीले दुई महिलाको हत्या गरेको रहस्य खुलेको हो ।