नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताउनुभयो।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताउनुभएको छ।
सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै संवैधानिक परिषद्लाई पत्र पठाएको छ।
प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारु र युरोपेली युनियन डेलिगेशनका राजदूत नोना डेप्रेजबीच आज भेटवार्ता भएको छ । मन्त्री मोदीसँग शिष्टाचार भेट गर्न राजदूत डेप्रेज सिंहदरवारस्थित मन्त्रालय पुग्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र बुधबार दिउँसोसम्म गएका ३१२ भन्दा बढी पराकम्पनले क्षति गर्दा घाइते भएकाहरुको उद्धार, बसोबासको व्यवस्था तथा स्वास्थ्यउपचारको उचित व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताउनुभएको छ।
नेपाल आर्मी र लुम्बिनी प्रदेश पाँचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की सङ्घ र धनुषाको मिथिला नगरपालिकाको संयुक्त आयोजनामा नकटाझिजस्थित खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइन खेलमा नेपाल आर्मीले मधेश प्रदेशलाई ७–० को भारी गोल अन्तरले हराउँदै नेपाल आर्मी फाइनमा प्रवेश गरेको हो ।
तनहुँको बन्दीपुर गाउँपालिका –५ याम्पा, कुमालटारी स्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फममा आगोलागी भएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुहुने भएको छ।
जिल्लामा वर्षौदेखि अलपत्र अवस्थामा रहेका विकास आयोजनालाई अघि बढाउन सङ्घीय सांसद रामहरि खतिवडाले निर्देशन दिनुभएको छ । ठेक्का पारेर लामो समय आयोजना अलपत्र छाड्ने निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम अघि बढाउन सांसद खतिवडाले निर्देशन दिनुभएको हो ।
स्वर्गीय अमर नेम्वाङ (लिम्बू) स्मृति पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत हुनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएपछि शुक्रबार बस्ने भएको हो ।