नवलपरासी(बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका –१ मा पहिरोवाट विस्थापित १८ घर परिवारलाई राखिएको अस्थाई शिविरमा खुल्ला आकाश मुनि खाना पकाउदै महिला ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिनु हुनेभएको छ ।
अर्थमन्त्री महतले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० हरूलाई अर्थमन्त्रालयमा छलफलका लागि बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुका कारणबारे जानकारी लिनुभएको हो ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अङ्गदान दिवस मनाएको छ । मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदानबाट प्रत्यारोपणसम्बन्धी जानकारी गराउने उद्देश्यका साथ केन्द्रले आज भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा
नेपाली कांग्रेसका सांसदहरूले अवरुद्ध सङ्घीय संसद्को बैठक सञ्चालन गर्न सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो साता मात्रै तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना अझै बेपत्ता छन् ।
सप्तरीमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेस प्रदेशका सरकारी अस्पताल रेफरल सेन्टरका रूपमा परिणत हुँदै जानु चिन्ताको विषय भएको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रूपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ ।
अविरल वर्षाका कारण प्रभावित जिल्लाका विभिन्न क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार कार्य जारी रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ ।
निरन्तर वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण बर्दियामा दुई सय ७३ घरधुरी डुबानमा परेको छ ।
पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेल मैदान निर्माण कार्य अलपत्र भएको छ । खेल मैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् ।
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।