पहिलो पटक भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ। जग्गा नापजाँचको काम सकिएपछि राष्ट्रिय भूमि आयोगले लालपुर्जा वितरण गर्न थालेको हो। बुधबार आलीताल गाउँपालिका–८ का २१ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको राष्ट्रिय भूमि आयोग डडेल्धुराका अध्यक्ष शेर भण्डारीले जानकारी दिनुभयो। भूमिहीन सुकुम्बासी परिवारलाई आलीताल गाउँपालिका–८ को कार्यालयमा बोलाई लालपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो।
बाजुराको सदरमुकाम मार्तडी–कोल्टी सडक निर्माणको काममा ढिलाइ भएको छ। २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा दुईवटा ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएका थिए। धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका हुन्।
नेपाल प्रहरीले साधारण लेखपढ गर्न जान्नेका लागि ठुलो सङ्ख्यामा जागिरका लागि दरखास्त आव्हान गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले भान्छे, हजाम, सिलाइ/बुनाइ र कुचीकारका लागि १३७ जना माग गरेको हो ।
धार्मिक, सामाजिक, कानुनी, पारिवारिकलगायत कुनै पनि दृष्टिकोणबाट आत्महत्यालाई उपयुक्त मान्न सकिँदैन। आफैँले आफूलाई नामेट पार्ने यो विषय त खासमा चर्चा गर्नसमेत लायक विषय होइन तर अहिले यो विषय चर्चा नगरी नहुने नै समय आएको छ। यो प्रवृत्ति भनौँ वा अपराधमा विराम लगाउने सम्पूर्ण यत्न गरिनु जरुरी छ। नेपालमा आत्महत्याका घटना रोकथाम तथा न्यूनीकरणमा विभिन्न प्रयास गरिँदागरिँदै पनि यसमा खासै कमी आएको पाइएको छैन र यो असाध्यै चिन्ताको विषय हो। प्रह
मङ्सिर ४ गते सम्पन्न निर्वाचनताका नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव प्रचारकै क्रममा गोरखामा भन्नुभएको थियो, “सम्भवतः छिट्टै नै कार्यकारी भूमिकामा आउने छु। अब चाहिँ देश र जनताका हितमा केही नयाँ काम गर्ने अठोट गर्छु।” नभन्दै निर्वाचनपछि प्रचण्डकै नेतृत्वमा सरकार गठन भयो। सरकार बनेलगत्तै केही गर्ने
सङ्घीयताको मूल अर्थ स्थानीय तहमा गएर प्रकट हुने हो। भुइँ तहको जीवन रूपान्तरणका लागि स्थानीय तह कामयाबी हुन्छ। राजनीतिलाई दायाँबायाँ नगरी सार्वजनिक हितमा अनिवार्यतः अभ्यास गर्ने हो भने स्थानीय तहमार्फत भुइँ तहका जनताको जीवन शीघ्र रूपान्तरण हुन सम्भव छ। प्राप्त अधिकार र जिम्मेवारीलाई भूइँ तहका जनताको जीवन रूपान्तरण गर्ने कुँजीका रूपमा सदुपयोग गर्न सर्वप्रथम स्थानीय तह सञ्चालन गर्ने जनप्रतिनिधिले आफ्नै परम्परावादी मनोविज्ञानलाई अन्तस्करणदेखि नै गुणान्तर गर्नु जरुरी छ। त्यसो भए मात्र उपयुक्त नीति निर्माण र कार्यान्वयन गरी भुइँ तहका जनताको जीवन रूपान्तरणको वास्तविक बीजारोपण गर्न सम्भव छ।
दक्षिणपूर्वी एसियाका राष्ट्रहरूले सन् १९६७ को अगस्त ८ तारिखमा स्थापना गरेको ‘आसियान’ संस्थाले एसियाका ४८ राष्ट्रलाई समेट्न सकेन। दक्षिणपूर्वका एसियाली राष्ट्र मात्र त्यसमा छन् । ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, म्यानमार (बर्मा), मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, सिङ्गापुर र भियतनाम छन् त्यसमा । इस्ट टिमोर यसको कान्छो सदस्य हो ।
राजनीतिक हस्तक्षेप, मनोमानी र उदासीनताका कारण सरकारी विद्यालयको शिक्षा धराशायी भइरहेको छ। सरकारको उच्च निकायमा रहेका सबैलाई सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न प्रेरित र जिम्मेवार नबनाएसम्म सार्वजनिक शिक्षामा सुधार आउने देखिन्न। सरकारी विद्यालय भनेका गरिब, विपन्न र ग्रामीण बस्तीका छोरीले मात्र पढ्ने कमजोर शैक्षिक संस्थाका रूपमा स्थापित गरिँदै छ। हरेक माननीयका सन्तान सरकारी विद्यालयमै पढ्नुपर्छ अनि मात्र तिनबाट सरकारी विद्यालयका शैक्षिक गुणस्तर बढाउने कार्य सुरु हुन्छ।
बाँकेको डुलुवास्थित जयेन्दु बाल सुधारगृहमा रहेका बालकहरूको दुई समूहबीच बिहीबार झडप भएको छ । दिउसो झडप भएपछि केही बालकहरूलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा सुधार गृह भित्र आगजनी समेत भएको छ ।
११औँ नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ। बिहीबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करण घोषणा गर्नुभयो।
कर्ण कौशल्या–सीता स्मृति प्रतिष्ठानले भोग्य–सगुन शाह राष्ट्रिय पत्रकारिता पुरस्कार गोरखापत्र राष्ट्रिय दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको बुधबार बसेको बैठकले पत्रकारिताको माध्यमबाट समाजसेवामा विशेष योगदान पु-याउनुभएबापत प्रधानसम्पादक भट्टराईलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेले जानकारी दिनुभयो।
देशको चरा र अर्नाको राजधानी मानिएको प्रदेश १ र मधेश प्रदेशमा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने स्थानीय जनप्रतिनिधिले माग गरेका छन्। देशको सानो आरक्षका रूपमा समेत रहेको कोसीटप्पु वन्यजन्तु आरक्षलाई पर्यटक भिœयाउन र जनमैत्री विकास गर्नका लागि राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब
सिन्धुलीको तीनपाटन र फिक्कल गाउँपालिकाले पशुचौपाया ओसारपसारमा रोक लगाएको छ । तीनपाटन गाउँपालिकाको वडा नं. ३, ४, ८ र ११ तथा फिक्कल गाउँपालिका–२ र ४ मा पशुचौपायामा खोरेतको सङ्क्रमण देखिएपछि नियन्त्रण गर्न पशुचौपाया ओसारपसारमा रोक लगाएको ती गाउँपालिकाले जनाएका छन् ।
तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले ६ महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । लामो समय देखि तलब नपाउँदा ऋण खोजेर दैनिक खर्च टार्नु परेको चिकित्सकले बताएका छन् ।
नेपालको पाँचौँ पुरानो जलविद्युत् आयोजना त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण गरिने भएको छ । वैशाखदेखि सुरु भएको केन्द्रको जलाशय पुनस्र्थापनाको काम एक महिनाभित्र र विद्युत्गृहलाई स्वचालित बनाउने काम एक वर्षभित्र सक्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।