प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बाघले आक्रमण गरी दुई महिलालाई घाइते बनाएको छ ।
नेकपा (एमाले) को सोमबार बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गोरखापत्र संस्थानबीच सोमबार अनुदान सम्झौता भएको छ ।
कालिगण्डकी कोरिडोरमा पर्ने सुन्दर झरना । पर्वतको जलजला गाउँपालिका वडा नम्बर १ बाँसखर्कबाट कालिगण्डकी नदीमा खसेको झरना ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच छलफल भएको छ । आज (सोमबार) अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ ।
गत पुस ३० गते विघटन भएको देवचुुलीस्थित देवचुुली माध्यमिक विद्यालयमा व्यवस्थापन समिति आठ महिना बितिसक्दा पनि नयाँ समिति बन्न नसक्दा शिक्षकले अहिलेसम्म तलबभता समेत नपाएका कारण विद्यालय अस्तव्यस्त बन्न पुुगेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
गण्डकी सरकारले आइतबार राति बाढी क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल राहत पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
दुवै मिर्गौला फेल भएका एक युवकको आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपणमा समस्या आएको छ ।
बर्खा लागेसँगै बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयवासी त्रसित बन्दै गएका छन् । बर्खाको समय थोरै पानी परेसँगै गाउँबस्तीको तल माथिबाट पहिरो जान सुरु भएपछि त्यहाँका स्थानीयवासी पहिरोमा पर्ने डरले त्रसित बन्दै गएका हुन् ।
तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो ।
तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेमा नाबालकसहित तीन जनालाई छुरी हान्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्नबालीका रूपमा स्थापित कोदोखेती लोप हुने अवस्थामा पुगेको हो ।