नेपालमा यतिखेर दुध बढी भएका कारण ‘मिल्क होलिडे’ को अवस्था उत्पन्न भएको छ । किसानलाई मर्का पर्न नदिने गरी सरकारले तोकिएको न्यूनतम समर्थन मूल्यका आधारमा नियमित रूपमा दुध खरिद गर्न सरोकारवालाले डेरी उद्योगीलाई आग्रह गरेका छन् । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दुध बढी भएको यो अवस्थामा ‘मिल्क होलिडे’ हुन नदिई स्वदेशी ग्रामीण कृषकबाट उत्पादित दुध नियमित रूपमा खरिद गर्न आग्रह गरेका छन् ।
आगामी असोज अन्तिम साता लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना हुने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी, लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूल नाराका साथ असोज २५ र २६ गते काठमाडौँमा गोष्ठी आयोजना हुन लागेको हो ।
मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैङ्कका छ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेपछि कोशीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो । कटान भएसँगै श्रीलङ्का टापुका एक दर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको स्थानीय अनिल चन्द्रवंशीले बताउनुभयो । टापुमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो । बाढीसँगै कटान तीव्र हुँदै गएको छ ।
स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीले कृषकबाट दुध सङ्कलन गरेर विभिन्न प्रकारका परिकारसमेत उत्पादन गर्दै आएको छ । पशुपालक कृषकले उत्पादन गरेको दुध संस्थाले खरिद गरेर त्यसबाट छुर्पी, पनिर, दही, नौनी, घिउ, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएको सहकारीकी प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो । प्रबन्धक रेग्मीका अनुसार सहकारीले आफैँ दुधबाट बन्ने परिकार बनाएर स्थानीय बजारमा बिक्री गर्दै आएको छ । स्थानीय बजारमा मात्रै खपत नहुने उत्पादित वस्तु बिक्रीका लागि काठमाडौँ पठाउने गरिएको सहकारीले जनाएको छ ।
पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको मापनअनुसार तीन लाख ५७ हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सिआइबीले जनाएको छ ।
जिल्लाको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर धाम संरक्षणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्मको प्रगति ९१ प्रतिशत पुगेको छ । हालसम्मको भौतिक प्रगति र वित्तीय प्रगति दुवै ९१ प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढ्दै गएको छ । आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको सङ्ख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।
हङकङ, साउन २९ गते । सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।दश किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री उत्तर अक्षांश र ९३.०२ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । रासस/सिन्ह्वा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताउनुभएको छ।
गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ ।