तीन वर्षअघि सुनकोसी गाउँपालिका –१ ढेबुवाकी ६० वर्षीया माइती माझी सुनकोसी नदीमा पानी भर्दै भेटिनुभयो । शुद्ध पानी पिउने आफ्नो सपना कालो कपाल फुलेर सेताम्मे हुँदासम्म पनि पूरा हुन नसकेकोप्रति उहाँले त्यसबेला गुनासो गर्नुभयो ।
राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत अभिवादन गर्नुभएको थियो ।
पश्चिम म्याग्दीको मंगला गाउँपालिका –२ सिमलचौरका ३६ वर्षीय अशोक शर्मा र उहाँका भाइ ३० वर्षीय जीवन शर्माले २०७२ देखि केडी कटेज सुरु गर्नुभयो । राहदानी बनाएर तयारी राखेको समयमा पनि साथीहरुले छाडेर विदेश गएपछि केही समय पर्खदै गर्दा २०७२ मा भुकम्प आयो । त्यसपछि विदेश जाने मुड नै उहाँहरुको परिवर्तन भयो । त्यसपछि उहाँहरुले शुरु गर्नुभयो केडी कटेजमार्फत् व्यवसाय ।
लोकशैलीको ‘अम्खरामा पानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको स्वर सुन्न सकिन्छ । गायक अधिकारीको स्वरमा यो पहिलो गीत हो । गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
दोलखाको मेलुङ गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक आहारा बृद्धिका लागि कुखुराको अण्डा वितरण गरेको छ । मेलुङ स्वास्थ्य चौकीमा आयोजित विशेष कार्यक्रममा पालिकाको नौ जना सुनौला हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति दुई क्रेट कुखुराको अण्डा वितरण गरिएको हो ।
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यो गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो ।
महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको मृत्यु भएको छ । ७९ वर्षिय गुरुङको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अहिले सम्बोधन गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका प्रतिनिधि सभाको बैठक कक्षमा बसेको संयुक्त बैठकलाई राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम सम्बोधन गर्नुभएको हो ।
निहारिका राजपुत र शिवराज श्रेष्ठ अन्ततः वैवाहिक बन्धनमा बाँधिनु भएको छ । उहाँहरु समाजिक परम्पराअनुसार शुक्रबार जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गर्नुभयो ।
प्रहरीले पक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालस्थित बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दैलेखको लोहोरे खोलाबाट सदरमुकामतर्फ आउँदैगरेको से २ त १६५२ नम्बरको ट्याक्टर नारायण नगरपालिका –८ सिमाडामा भएको दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको भेला भोलि (शनिबार) हुने भएको छ ।