कठमाडौं, साउन ३० गते । नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोद नारायण यादवको ठाउँमा दुई सदस्य मनोनीत हुनुभएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकले स्थापित र यादवको ठाउँमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनयन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सचिवालय बैठकले हाम्रो समआदरणीय केशव स्थापित र प्रमोद नारायण यादवको दुई खाली पदमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनयन गरेको हो ।”