गुल्मीको धुर्कोट गाउँपालिका –२, पीपलधारामा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । लु ४ त ७६५६ नम्बरको ट्याक्टरले सोही स्थानका २२ वर्षीय सुवास परियारको मृत्यु भएको हो ।
जिल्ला अस्पताल कालीकोटबाट एक जना सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।
प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते हुनुभएको छ।
नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ ।
परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिको विषयमा छलफल गरेको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पदभार ग्रहण गर्नुभएको छ। शपथ ग्रहण लगत्तै उहाँले पदभार ग्रहण गर्नु भएको हो।
मधेश प्रदेशको राजधानी जनकपुरधाम घुम्न आउने पर्यटकको गाडी पार्किङ् गर्न समस्या देखिएपछि जनकपुरधाम उपमहानगरपालिकाले वडा ८ स्थित खाली रहेको गुठीको १२ कठ्ठा जग्गा लिजमा लिएर सवारी पार्किङ् स्थल निर्माण कार्य अघि बढाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताउनुभएको छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ । समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेश गर्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले दूर सञ्चारले प्रदान गर्ने सेवामा सबैको पहुँच हुने किसिमले समयसापेक्ष काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज (शुक्रबार) भेट गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि प्रदेश सरकारले पूर्णता पाउन थालेको हो । सत्ता साझेदार दलले मन्त्रालय बाँडफाँटको विषय करिव टुङगो लगाएको बताएका छन् । दलहरुले आफ्नो पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने विषय टुङ्ग्याउन बाँकी छ ।
प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको बैठकमा सांसदहरुले न्यायलयको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाउने कामलाई तिब्रता दिएको छ । संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेका बेला विज्ञहरुले सो सुझाव दिनुभएको हो ।