तनहुँको व्यास नगरपालिकाले महिलाको स्वामित्वको नाममा जग्गामा घरनक्सा पास गर्दा राजस्व छुट दिने व्यवस्था गर्दा सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको छ ।
काठमाडौँ महानगरपालिकाले कपन खोलालाई पुनः खोलाकै स्वरूपमा ल्याउन पर्खाल निर्माण गर्न सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिनुभएको छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताउनुभएको छ ।
देशभरि डेंगुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
तमु समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ट्होंटे पर्व पोखरामा आज भव्यताका साथ मनाइएको छ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली सङ्घ थाइल्याण्डका पदाधिकारीले भेट गर्नुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ ।
गएको आर्थिक वर्ष २०७९/०८० मा डोल्पाबाट ६ क्विन्टलको परिमाणमा बहुमूल्य जडीबुटी यार्सागुम्बा निकासी भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७५० वटा ब्याएका गाईभैँसीलाई सुत्केरी भत्ता वितरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन नेपाल राष्ट्र बैङ्कले जोखेको छ ।
नेपाली कांग्रेसले मुगुमा भएको जिप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
राष्ट्रिय सभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवश स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन आज (मङ्गलबार) टक्सार महाशाखामा गालिएको छ ।