• १० जेठ २०८१, बिहिबार

परीक्षा बोर्डको बैठक सुरु

केहीबेरमा कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

blog

भक्तपुर, साउन ३० गते । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ ।

बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने जानकारी बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालले दिनुभयो । नतिजा सार्वजनिक गर्ने प्रयोजनका लागि बोर्डको बैठक ४ः३० बजेबाट सुरु भएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।