देशकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये अग्र स्थानमा रहेको नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा शुक्रबारदेखि अत्याधुनिक ‘ब्यागेज हैन्डलिङ सिस्टम’अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा जडान गरिएको यो प्रणालीको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले शुक्रबार एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
आँधीखोला गाउँपालिकाले वडा नं ५ सेतीदोभानमा पालिका प्रवेशद्वार बनाएको छ । पुतलीबजार नगरपालिका–४, नागडाँडाबाट पालिका प्रवेश गर्ने ठाउँमा प्रवेशद्वार बनाइएको हो । गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को बजेटबाट विनियोजित ३५ लाख २० हजार र गाउँपालिकाको दुई लाख ८० हजार गरी ३८ लाख रुपियाँमा पालिकाले अन्धाअन्धी पर्यटन समितिमार्फत प्रवेशद्वार बनाएको हो ।
बागलुङका चार नगरपालिकाले फोहोर विसर्जन गर्ने स्थायी संरचना बनाउन सकेका छैनन् । नयाँ पालिकाहरूले पाँच वर्षदेखि अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएका हुन् । जिल्लाकै जेठो बागलुङ नगरपालिकाले अस्थायी संरचना तयार गरी फोहोर व्यवथापन गरे पनि स्थायी संरचना छैनन् ।
सामान्यतया विपरीत लिङ्गीप्रति आकर्षणको सशक्त अनुरागलाई प्रेम भनेर परिभाषित गरिएको पाइन्छ । प्रेमलाई दार्शनिक, कवि तथा मनोवैज्ञानिकहरूले आदिकालदेखि नै परिभाषित गर्दै आएका छन् । मानवमा प्रेम भावना अन्तर्निहित छ । मानवमा मात्र होइन, सम्पूर्ण प्राणी जगत्मा प्रेम विद्यमान छ । वसन्त ऋतुमा वृक्षहरू थरीथरीका पुष्पद्वारा आच्छादित भएका हुन्छन् । यसले रमणीय एवं प्रेममय वातावरण सिर्जना हुन्छ । यसो हुनुमा वृक्षको प्रेममय सम्मिलनको (यौनिक) प्रक्रिया हो । चराहरूको कतिपय चिरबिर ध्वनि पनि यौन साथीलाई आकर्षित गर्नु हुन्छ ।
आकाशीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणाली, त्यस भागका रूपमा रहेका जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भनी कृषि जैविक विविधता नीति, २०६३ ले परिभाषित गरेको छ । जैविक विविधताले प्राणी, वनस्पति तथा सूक्ष्म जीवात्माको जातीय–प्रजातीय विविधता, आनुवांशिक विविधता तथा पारिस्थितिक प्रणालीको विविधतासमेतलाई जनाउँछ। जैविक विविधता महासन्धि, १९९२ ले पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता जैविक विविधता भनेको छ।
विद्यालय तहमा जब नयाँ शैक्षिक सत्र सुरु हुन थाल्छ, तब पाठ्यपुस्तकको कुरा जोडतोडले उठ्न थाल्छ। जनक शिक्षा सामग्री ठाडा कान लाउन थाल्छ। शिक्षा मन्त्रालय र मातहतका निकाय निर्देशन दिन थाल्छन् अभिभावक, शिक्षक र विद्यार्थी कराउन थाल्छन्। पत्रपत्रिकामा पाठ्यपुस्तक अभावका शीर्षकहरू देखिन थाल्छन्। बाँकी ११ महिना सबै पक्ष कानमा तेल हालेर बस्छन्। यो कथाजस्तो सुनिने नेपालको विद्यालय तहको शिक्षाले वर्षौंदेखि भोग्दै आएको चक्रीय समस्या हो। शिक्षा कुनै पनि मुलुकको विका
नेपालको संविधान, २०७२, सङ्घीयता कार्यान्वयन र नयाँ शासकीय संरचना निर्धारणपश्चात् दुइटा निर्वाचन सम्पन्न भइसकेका छन्। संविधानको प्रस्तावनामार्फत “सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र उत्पीडनको अन्त्य गर्ने र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प” गरिएको छ।
प्राचीन इतिहासका ग्रन्थ (वेद, पुराणलगायत)मा उल्लिखित वर्णन र पछिल्लो अध्ययनकर्ताले उल्लेख गरेका वर्णन हेर्दा यी चारै युग (सत्य, त्रेता, द्वापर र कलि)मा किरात जातिले राज्य गरेको वा राजकीय उपस्थिति देखिन्छ। नेपालको पछिल्लो राजनीतिक इतिहासको वर्णन हेर्दा द्वापरको उत्तराद्र्धदेखि कलिको पूर्वाद्र्धको समयलाई मात्र यहाँको प्राचीन इतिहास भनेर चर्चा–परिचर्चा गर्ने गरिएको पाइन्छ। जसअनुसार यो समयमा गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल र शाहवंशले राज्य गरेका वर्णन देखिन्छ।
सरस्वती निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । शुक्रबार भएको कार्यक्रममा विभिन्न विधामा विजयी ३१५ विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरियो । विद्यालयको स्थापना २००४ साल जेठ १० गते भए पनि भौतिक तथा प्राविधिक जटिलताका कारण शुक्रबार हीरक जयन्ती मनाइएको विद्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकालाई स्वस्थ पाँचखाल बनाउने उद्देश्यले धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ । स्वस्थ पाँचखाल अभियान सञ्चालन गर्न पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर प्राडा बलराम मल्लले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । अभियान सञ्चालन गर्न नगरपालिकाले स्वास्थ्य सामग्रीलगायत स्रोतसाधान उपलब्ध गराउनेछ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । अभियानअन्तर्गत नगरका प्रत्येक नागरिकको उमेरगत परिवार सङ्ख्या, उनीहरूको स्वास्थ्य अवस्था तथा औषधि सेवनसमेतको तथ्याङ्क सङ्कलन गरिने सम्झौतामा उल्लेख छ ।
बुटवलको उपमहानगरपालिका क्षेत्रभित्र हेरी नसक्नु गरी फोहोरका थुप्रोहरू देखिन्थे । फोहोर गर्नुहुन्न भन्ने ज्ञानको कुरै छाडौँ सरसफाइ गर्न समेत कसैको ध्यान देखिएन ।
रामेछापको खाँडादेवी गाउँपालिका–८, कालेमानेका जनकलाल तामाङ रोजगारीका लागि सात वर्ष दक्षिण कोरिया बस्नुभयो । कोरियामा रोजगारी गर्दा तामाङले साढे दुई लाख रुपियाँसम्म कमाउनुभयो । सात वर्षको रोजगारीपछि नेपाल फर्कनुभएका तामाङको विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण भिसा नै रद्द भयो । त्यसपछि उहाँ फेरि कोरिया जान सक्नुभएन ।
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना गरिने भएको छ । पर्यटकलाई लक्षित गरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ देखि फागुन २ सम्म खाना महोत्सव आयोजना गर्ने भएको छ । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई झकिझाउ पारेर सिँगारेका छन् । चितवनमा घुम्ने, बस्ने र रमाउन सकिने ठाउँ र व्यवस्था छ भन्न कार्यक्रम आयोजना गरिएको महोत्सव संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी हामीले तयारी गरेका छौँ ।”
तीन पुस्ता देखि हालिया बनेकाहरू अझै पनि हलियानै छन् भन्दा अनौठो लाग्न सक्छ । बाजुरा पूर्व उत्तर क्षेत्र स्वामिकार्तिक गाउँपालिका वडा नं –५ जेराका मूल विकको यथार्थ जीवन हो । उहाँ लगायत बाजुराका एक हजार ६ सय बढी हालिया परिवारको अवस्था यस्तै छ ।
महाशिवरात्रि नजिकिएपछि महोत्तरी जिल्लाको विभिन्न ठाउँमा रहेका शिवालयहरू सिँगारिन सुरु भएको छ। जिल्लामा प्राचीन, प्रसिद्ध तथा पुरातात्त्विक महत्व राख्ने जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथसहितका शिवालयमा महाशिवरात्रिमा दर्शनार्थीको सहज दर्शनको व्यवस्थापनका साथसाथै मन्दिरहरूको रङरोगन सुरु भएको छ।