उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभई आवश्यकताको वस्तु भएको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताउनुभएको छ ।
झापामा आफ्नै सुरक्षाका लागि थापेको विद्युतीय धरापमा परेर एक ब्याक्तिको मृत्यु भएको छ ।
एकछिन कल्पना गरौँ त आठ दशकको उमेर टेकेको मान्छेको दिनचर्या कस्तो हुन्छ ? ध्रुव हाडालाई भेट्नुभएको छ र चिन्नुभएको छ भने तपाईंको कल्पना नमिल्न सक्छ । असी वर्षको उमेर टेक्दासम्म कलाकारिता, निर्देशन, कार्यक्रम संयोजन मात्र होइन, १०–५ को सरकारी जागिरसम्म भ्याउनुभएको छ उहाँले । भक्तपुरको ऐतिहासिक पोखरी नःपुखुको किनारमै अवस्थित भव्य घरको तल्लो तलामा हामी जम्मा भएका छौँ, वरिष्ठ कथाकार रत्न कोजूको साथमा मङ्सिर १७ गते । दुई दशकअघि महेन्द्र पुलिस क्लबमा बसेर उहाँ र उहाँको जोडी अर्का चर्चित हास्यकलाकार राजपाल थापासँग उहाँहरूको कलाकारिताबारे कुराकानी गरेको स्मरण गर्दै । त्यति बेलाको स्मृतिसँगै कलाकार राजपाल थापाको झन्डै दुई दशकअघि निधन भएको दुःखद खबरले पनि होला, केही समयको संवाद उहाँमै केन्द्रित हुन पुग्छ ।
तिमी आमाले जस्तै मलाई सम्झाउँछ्यौ के गर्न हुने के गर्न नहुने ? एउटा बालखलाई झैँ बुझाउँछ्यौ
तिमीसँग हिँडेका बाटाहरू तिमीले चिनाएका मान्छेहरू तिमीसँग पुगेका देवलहरू सबै प्रिय लाग्छन् मलाई ।
मृत सञ्जीवनी गाल्बा जेभी वसुन्धरा काठमाडौँले भेरी नदीको पुल सात वर्षदेखि अलपत्र छाडेको छ । जाजरकोट नलगाड नगरपालिका–१० र रुकुमपश्चिम आठबीसकोट–५, स्यालाखदी जोडिने सो पुल सात वर्षदेखि अलपत्र छाडिए पनि ठेकेदार कम्पनीमाथि कुनै कारबाही हुन सकेको छैन ।
मान्छेको मन ढुङ्गा भयो भने कस्तो होला ? हामीले कल्पना गर्न पनि सकिन्न तर यहाँ मान्छेका मन ढुङ्गा भइरहेका छन्, एउटा निर्जीव ढुङ्गा । हो मान्छेको मन एउटा ढुङ्गा भइदियो, र ढुङ्गाको मन भएका मान्छेका चर्तिकला वर्तमानमा छरपस्ट देखिएका छन् । यही समयलाई ‘सन्दिग्ध शताब्दी’मार्फत निबन्धकार श्रीबाबु कार्कीले उजागर गर्नुभएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट संरक्षित वन्यजन्तु अर्ना मारेर तस्करी गर्न लागेको अवस्थामा नेपाली सेनाको टोलीले चार जनालाई आरक्ष क्षेत्रबाटै पक्राउ गरेको छ ।
विक्रम संवत् २००६ मा स्थापित बैतडीको वासुदेव आधारभूत विद्यालय जीर्ण अवस्थामा पुग्दा पनि पुनर्निर्माणको पहल कतैबाट हुन सकेको छैन ।सुर्नया गाउँपालिका–३, तडिगाउँको वासुदेव आधारभूत विद्यालयमै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्राथमिक शिक्षा लिनुभएको थियो । विद्यालय भवनको छानाले घामपानी छेक्ने अवस्था छैन । जीर्ण भवन कति बेला भत्किने हो भन्ने डरैडरमा विद्यार्थी
रुकुम, सल्यान र रोल्पालाई सडक सञ्जालमा जोड्ने राप्ती राजमार्ग स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेको छ । यो सडकको स्तरोन्नति गर्न बर्सेनि करोडौँ रुपियाँ विनियोजन भए पनि कामले गति लिन सकेको छैन ।
लेख्न बस्दा अनेक पोयोका बीच आफैँ हराएजस्तो हुन्छु । कुन पोयो समातेर सुरुआत खै कहाँबाट गरौँ ! मान्छेको जीवन त गर्भाशयबाट सुरु भएर चिहानमा विलय हुन्छ । सायद जीवनका आरोह–अवरोहको समयरेखा (या भाग्यरेखा ?) पनि मान्छेको निधारमा गर्भावस्थादेखि नै कोरिँदो हो । यस्तै समयको गङ्गामा बग्दै बग्दै, कतै तैरिँदै त कतै भुँवरीमा फस्दै आज जीवनका ३२ वसन्त बितिसकेछन् । यीमध्ये ठ्याक्कै आधा वसन्त त कोकिल–कण्ठको सुरै नसुनी बितेछन् । प्रकृतिका आलाप, मानव मनका उद्गार नसुनीकन बितिगएछन्– पाँच हजार ९२२ दिन ! सम्झँदा आफैँलाई उदेक लाग्छ र विस्मय पनि ।
लुम्बिनी प्रदेश सरकार गठन भएको शुक्रबार एक महिना पूरा भएको छ । यद्यपि हालसम्म पनि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । पुस २७ गते नेकपा एमालेका सं