झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
सिन्धुपाल्चोकका अधिकांश विवाद मेलमिलापबाट समाधान हुने गरेका छन् । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको मेलमिलाप अभियान र बहुसरोकारवाला द्वन्द्व रूपान्तरण अभियानमार्फत सिन्धुपाल्चोकका विवाद समाधान गर्ने गरिएको जनाइएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा सघाउन आफू तयार रहेको बताउनुभएको छ। तस्करी प्रकरणमा आफूलाई अनावश्यक रूपमा जोडेर प्रचार गर्ने काम भएको गुनासो पोख्दै उहाँले दाङको घोराहीमा पत्रकारसँग भन्नुभयो, “सत्यतथ्य छानबिनका लागि सरकारसँग माग गर्दछु।”
कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला रु सहजै अनुमान गर्न सकिन्छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपत् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभएको छ। नेपाली कांग्रेस बाँकेले नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले बाढी र डुबानबाट जनतालाई जोगाउन राप्ती नदीमा तटबन्ध बनाउनेलगायत विपत् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभयो।
लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै आयोगले ठुलो सङ्ख्यामा सवारी चालक माग गरेको हो ।
लुम्बिनी प्रदेश सभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त हुनुभएको छ। सभामुख तुलाराम घर्तीमगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले पुनलाई आइतबार नियुक्त गर्नुभएको हो। बुटवलमा आयोजित एक कार्यक्रमबिच उहाँलाई प्रदेश प्रमुख शेरचनले जिम्मेवारी सुम्पनुभएको छ। यसअघि पुनले पाँच वर्षसम्म प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ।
गण्डकी प्रदेश सभामा संसदीय समितिको नेतृत्वमा सहमति जुटेको छ। दलहरूबिच नेतृत्वमा सहमति जुटेपछि समितिका सदस्यसमेत प्रदेश सभाबाट अनुमोदन भएका छन्। मङ्गलबार बसेको प्रदेश सभा बैठकले चार समितिका सदस्यको नाम अनुमोदन गरेको हो। गण्डकी प्रदेश सभामा चार समिति हुन्छन्। तीमध्ये नेपाली कांग्रेसलाई दुई, नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक र माओवादीलाई एक समितिको नेतृत्व दिने गरी सहमति जुटेको छ। प्रदेश सभा गठन भएको करिब आठ महिनापछि मिनी संसद्का रूपमा चिनिने समिति गठन भएका हुन्। अर्थ तथा विकास र प्रदेश मामिला समितिको नेतृत्व सत्तारूढ दल नेपाली कांग्रेसले पाउने भएको छ।
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो ।
बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताउनुभएको छ । मुलुकभर ८४ वटा आन्तरिक राजस्व कार्यालयका कर्मचारी सहभागी रहेको व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताउनुभएको हो ।
गाउँका धेरै युवा २०/२५ हजार रुपियाँ कमाउनका लागि विदेशको भूमिमा पुगेका छन् । विदेश पुगेका कतिपय साथीभाइले २० हजार रुपियाँ कमाउन नसकेर रित्तो हात फर्किएका छन् तर माथागढी–१, फेदीका २७ वर्षीय मनु आलेले भने विदेश जान छाडेर स्वदेशमै राम्रो कमाइ गर्नुभएको छ । युट्युब हेरेर ड्र्यागन फ्रुट खेती गर्नुभएका आलेले वर्षमा पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–११, मायाटारी स्थित सिद्धार्थ राजमार्गको छेउमा ३९ वर्षीय जमुना रुचालले बिक्रीका लागि राखेका रुख कटहर । रुचालले स्थानीय कृषकका घरमा फलेका कटर खरिद गरेर प्रतिकिलो रु ४० मा बिक्री गर्दै आउनुुभएको छ ।
मुलुकको अर्थतन्त्रलाई गति दिन सरकारले विभिन्न सुधारका कार्यक्रम ल्याउँदा अहिले अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्नबाट रोकिएको छ । मूलभूत परिसूचकले अर्थतन्त्र सहज अवस्थामा रहेको तर अझै सुधारका दिशामा जान अग्रसर हुनुपर्ने देखाएका छन् तर पनि बजार चलायमान हुन सकिरहेको छैन । अर्थतन्त्र चलायमान हुन नसक्नु भने अहिलेको गम्भीर विषय नै हो । सरकारले अर्थतन्त्र चलायमान बनाउन विभिन्न निकायसँग छलफल गरेको छ । सरकारको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैङ्कले ल्याएका समयानुकूल मौद्रिक नीतिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको छ । विप्रेषण, विदेशी मुद्रा सञ्चितिलगायतका क्षेत्रमा सुधारले झन्डै नौ महि
सुशासन प्रजातान्त्रिक शासन प्रणालीको अपरिहार्य अवयव हो । प्रजातन्त्र एउटा साधन र प्रजातान्त्रिक शासन प्रणाली प्रक्रिया हो भने सुशासन यसको अपेक्षित उत्पादन हो । राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउनु पर्ने सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमनागरिकलाई शासनको सुखद अनुभूति दिलाउने प्रक्रिया सुशासन हो । जनमुखी शासन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता, कानुनी राज्य, जवाफदेहिता, पारदर्शिता, नागरिकका न्यूनतम अधिका