संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका –४ ड्राइभरटोल निवासी ३६ वर्षीया पुष्पा टण्डन (कार्की) को रुपन्देहीको रुद्रपुर जंगलमा रुखमा झुण्डिएको अवस्थामा शव भेटिएपछि परिवारका सदस्यले हत्याको आशंका गर्दै छानविनको माग गरेका छन् ।
काठमाडौं, साउन ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसदकाे गतिरोधका बारे छलफल भएको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिनुभयो । उहाँंका अनुसार, भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दललाई विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिनुभएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो ।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।
रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घण्टा बिजुली बाल्न पाएका छन् ।
पूर्वपश्चिम राजमार्गको भरतपुर–९ टिकौली जङ्गल क्षेत्रमा बुधबार बिहान कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दिँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
सवारी चेकजाँचमा कडाइ गरेपछि कपिलवस्तुमा गाउँपालिका र प्रहरीवीच विवाद चुलिएको छ । साउन २६ गते आइतवार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी जरिवाना तिराएपछि गाउँपालिका आक्रोशित भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेश गर्ने बताउनुभएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिनुभएको छ । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिनुभएको हो ।
ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल ।
कमलामाई नगरपालिका –९ बतासे निवासी किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेतमा रोपेको हरियो फिरेर हुर्किदै थियो । उहाँले उक्त खेतमा साउनको पहिलो सातामा रोपाइँ गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय मुगुको पहलमा आर्थिक वर्ष ०७९/०८० मा जिल्लाका पाँच जना गर्भवती महिलालाई हवाई मार्गबाट उपचारका लागि जिल्ला बाहिर पठाइएको छ ।
भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने मुख्य रणनीति रहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने कामले तीव्रता पाएको छ ।