राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ ।
नेपथ्य टोलीले जापानको फुकुओकामा पनि राजधानीको टोकियोमा जस्तै दर्शकबाट उत्तिकै न्यानो हार्दिकता पाउन सफल भएको छ ।
गौशाला नगरपालिकाका उपप्रमुख रेनुकमारी महतोको दुर्व्यवहार विरोधमा नगर कर्मचारीले सेवा ठप्प पारी विरोधका कार्यक्रम ठप्प परेका छन् ।
सुनसरीको श्रीलङ्का टापुमा कोशीको कटान बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोल सुरक्षित स्थानमा सारेकाे छ । टापुमा कटान हुने क्रम नरोकिएपछि कोशीको कटान क्षेत्रमा रहेको बिजुलीको पोल सारिएको हो ।
रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध १३ लाख ४५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का क्रिकेट राजनीतिमा प्रवेश गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने रुचि राख्नुभएका पारसले दुई वर्षअघि कप्तान पदबाट राजीनामा दिनुभएको थियो ।
बाँके प्रहरी एकाइमा पछिल्लो समय बैङ्किङ कसुरका उजुरीहरु बढ्दो क्रममा छ । विभिन्न बैङ्कको चेक दिए पनि निर्धारित समयमा नसाटिएको दावीसहित उजुरी पर्नेक्रम बढिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचारविरुद्धको अभियानले ‘हाइ प्रोफाइल’ कल्चर अन्त्य भएको बताउनुभएको छ । दाङको लमहीमा अजम्बरी सामुदयिक वनले आयोजना गरेको भेटघाट कर्यक्रममा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
स्थानीय साना तथा मझौला २१ जना कफी व्यवसायीहरू लक्षित गरी यो कार्यशाला आयोजना गरिएको हो ।
जिल्लामा खोप अभियान तीव्र गतिमा सञ्चालन गरिएपछि गाईभैँसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ ।
नुवाकोटमा सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार बनाउने कामको पहिलो र दोस्रो चरण मात्र सम्पन्न भएको छ । आवश्यक रकम तथा स्रोतको सुनिश्चित्ता नहुँदा नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको तेस्रो तथा अन्तिम चरणको भवन निर्माणसम्बन्धी काममा अन्यौल उत्पन्न भएको छ ।
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग्स कप–२०२३ मा गोल गर्ने क्रमलाई निरन्तरता दिनुभएको छ । मेस्सीले छैटौं खेलमा गोलको लय कायम राख्दा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा आफ्नो प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिने छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ८ खोरियाबासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुन्छन् । बाणगङ्गा नदीको कटानका कारण खोरिया गाउँवासी राती नदी गाउँ पस्छ की भन्ने त्रासमा रातभर जागाराम बस्छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अङ्गले जनताको विश्वास आर्जन गर्नेगरि काम गर्नुपर्ने बताउनुभयो ।