• २२ वैशाख २०८३, मङ्गलबार

अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु

blog

तेहरान, वैशाख २२ गते । अमेरिकाले कार्गो डुङ्गामा गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ । अमेरिकी सेनाले छ वटा इरानी डुङ्गालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ, भने इरानको कुनै पनि लडाकू जहाज आक्रमण बाट प्रभावित नभएको जनाइएको छ ।

ओमानको तटमा खसाबबाट इरानतर्फ जाँदै गरेका दुई वटा कार्गो डुङ्गामा अमेरिकी सेनाले आक्रमण गर्दा डुङ्गामा सवार पाँच जना सर्वसाधारण नागरिक यात्रुको मृत्यु भएको जनाइएको छ । अमेरिकी कमान्डका प्रमुख ब्राड कुपरले भने अमेरिकी सेनाले छ वटा इरानी डुङ्गामा स्ट्रेट अफ होर्मुजमा डुबाएको बताउनुभएको छ । अमेरिकी हेलिकाेप्टरद्वारा इरानी डुङ्गा प्रहार गरिएको कूपरले पत्रकारसँगको साक्षतकारमा बताउनुभएको छ । रासस/सिन्ह्वा