• २२ वैशाख २०८३, मङ्गलबार

महिला राष्ट्रिय कबड्डीको तयारी पूरा

blog

महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको तयारीबारे जानकारी दिँदै आयोजक । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव  

इनरुवा, वैशाख २२ गते । पहिलो पटक महिलाहरुको सहभागितामा सुनसरीको इनरुवामा प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको तयारी पूरा भएको छ । 

इनरुवा नगरपालिका-२, शिक्षा खेल मैदानमा वैशाख २६ देखि ३० गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक सुनसरी जिल्ला खेलकुद क्लबले जनाएको छ ।

क्लबको आयोजना र अखिल नेपाल कबड्डी सङ्घको समवन्यमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष तरुणकुमार यादवले जानकारी दिनुभयो । 

यादवका अनुसार प्रतियोगितामा देशका सात प्रदेशको ७ वटा र तीन विभागीय टिम गरी १० वटा टिम सहभागी हुँदैछ । प्रतियोगितामा सबै टिमका गरी खेलाडी १२० जना, प्रशिक्षक १० जना, टिम व्यवस्थापक १० जना र निर्णायक ३० जना गरी १७० जना सहभागी रहने आयोजकले जनाएको छ । 

प्रतियोगितामा उपाधी जित्नेलाई प्रथम पुरस्कार एक लाख रुपियाँ र ट्रफी, दोस्रो हुने टिमलाई ५० हजार रुपियाँसहित ट्रफी र तृतिय हुने दुई वटा टिमलाई २५/२५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, स्थानीय तह, प्रदेश र सङ्घ लगायतको सहयोग रहेको यादवले जानकारी गराउनुभयो ।

प्रतियोगिता लिक कम नकाउटको आधारमा खेलाइने छ । प्रतियोगिता सफल पार्नका लागि भोलेन्टिर स्थानीय सङ्घ, प्रदेश सङ्घ, जिल्ला सङ्घ गरी २२५ जना सहभागी हुने तयारी गरेको छ ।