राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफँै प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी अभियानले गरिबी निवारण र आयआर्जनमा सहयोग पु-याउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय सहकारीबारे राम्रा–नराम्रा चर्चा भइरहेको औँल्याउँदै मन्त्री राईले भन्नुभयो, “हामीले सहकारी राम्रो छ भनिरहँदा गाउँगाउँमा सहकारीले नागरिकको जीवनस्तर परिवर्तन आयो कि आएन भनेर मूल्याङ्कन गर्नु जरुरी छ ।”
आगामी चैत ३ लाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्र्ट लुक सार्वजनिक भएको छ। स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गर्नुभएको चलचित्रमा शम्भु थापाको निर्देशन छ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका उपलक्ष्यमा वृत्तचित्र ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिएको छ। काठमाडौँमा शनिबार एक कार्यक्रमबीच पत्रकार जगत नेपालको लेखन तथा निर्देशनमा रहेको वृत्तचित्र प्रदर्शन गरिएको हो।
हुम्लामा परम्परादेखि महिलाले लगाउने गाउनलाई रङ्ग्याउने सीप लोप हुने अवस्थामा पुगेको छ। विवाहित महिलाले त्यसरी हातै रङ्ग्याएको गाउन लगाउनको सट्टा घरेलु धोती लगाउन थालेपछि उक्त सीप हराउने अवस्थामा पुगेको हो। सिमकोट गाउँपालिका–६ को लाडेबाडा गाउँकी सन्जु रावतले हिउँदको समयमा अधिकांश महिलाले गाउन रङ्ग्याउने कार्य हाल लोप हुने अवस्थामा पुगेको बताउनुभयो। अहिले अधिकांश महिला धोती र कुर्तासुरुवाल लगाउने भएको कारण त्यसरी रङ्ग्याएका गाउन लगाउन छोडेकाले सो सीप पनि हराउने चिन्ता थपिएको हो। कपासबाट तयार पारिएको घरबुनाको कपडाबाट महिलाले आफ्ना लागि गाउन किन्ने गर्दै आएका थिए।
सर्लाहीको बागमती नगरपालिकामा १२ वडा रहेकोमा चार ठाउँबाट मात्रै सबै वडा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई समस्या भइरहेको छ। एकै भवनमा तीनवटा वडा कार्यालय भएपछि सेवाग्राहीलाई सेवा लिन समस्या भइरहेको हो। साविकको शङ्करपुर, राजघाट, कर्मैया र ढुङ्ग्रेखोला गरी चार गाउँ विकास समिति मिलेर बनेको बागमती नगरपालिकाका १२ वटा वडा पुरानै गाविस भवनबाट सञ्चालन भइरहेका हुन्।
अनधिकृत बसोबासको कारण बागमती नहर सफाइ र मर्मतमा समस्या हुँदा सिँचाइ प्रभावित बनेको छ। सुकुम्बासी हुँ भन्दै बागमती नहरको डिल (ड्याम)मा घरटहरा बनाई बसेका बस्तीको कारण नहरको मर्मत र सफाइ कार्य हुन नसक्दा सिँचाइ प्रभावित बनेको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मन्त्रीको निर्देशनअनुसार सामान्य प्रशासन मन्त्रालयले अन्य मन्त्रालयलाई पत्राचार गरेको छ ।
शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरेलाई अभिनन्दन गरिएको छ। इटहरी निवासी घिमिरेको ७७औँ जन्मोत्सवको अवसर पारेर अभिनन्दित गरिएको हो। अभिनन्दनको क्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका अतिथिबाट घिमिरेलाई उहाँकै कद बराबरको ताम्रपत्र प्रदान गरिएको थियो। यसअघि घिमिरे दम्पतीलाई रथारोहण गराई झाँकीसहित इटहरी नगर परिक्रमा गरिएको थियो।
प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश क्षेत्रभित्र बसोबास गर्ने सबै भाषाभाषी र धर्म संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकारले चाँडै प्रदेशमा आदिवासी सङ्ग्रहालय बनाउन लागेको जानकारी दिनुभएको छ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ब्याजदर घटाउन ठोस उपाय नआएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने उपाय नआएकाले अर्थतन्त्र तत्काल चलायमान हुन कठिन देखिएको महासङ्घको आकलन छ ।
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले निर्माण व्यवसायीले ठेक्काको काम लिएर समयमा सम्पन्न नगर्ने र दायित्वबाट पन्छिन खोज्दा विकास निर्माणको काम सुस्त भइरहेको बताउनुभयो । तीनै तहको सरकारको ठूलो हिस्सा पूर्वाधार निर्माणलगायतका क्षेत्रमा खर्च हुने गरेको बताउँदै मन्त्री श्रेष्ठले कतिपय निर्माण व्यवसायीको काममा ढिलासुस्ती, गुणस्तरहीन कामलगायतका कारण ठेकेदारले गरेको कामप्रति सन्तुष्टि लिने ठाउँ नभएको बताउनुभयो ।
चितवनको सौराहा क्षेत्रलाई सुन्दर पर्यटकीय नगरी बनाउन नमुना सडक निर्माण अगाडि बढेको छ । सौराहाको सीमित क्षेत्रमा मात्र विकास भएकाले सँगैका अन्य स्थानमा पनि पर्यटकीय गतिविधि वृद्धि गर्न नमुना सडक अवधारणा ल्याइएको हो । सौराहाको मुख्य राप्ती नदीको पूर्वतर्फ साइकल लेनसहितको नमुना सडक निर्माण सुरु भएको रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिनुभयो ।
सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उखुको भुक्तानी दिन थालेको छ । पुस ७ गतेदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्करले पुस मसान्तसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो ।
लामो समयदेखि वर्षा नहुँदा कालीकोट जिल्लामा हिउँदे बाली सुक्न थालेका छन् । गत माघ ७ गते हल्का वर्षा भए पनि बालीका लागि पर्याप्त भएको थिएन । त्यसअघि र पछि पानी नपरेका कारण तरकारी, गहुँ, जौलगायतका हिउँदे बाली सुक्न थालेका हुन् । रास्कोट नगरपालिका–८ का देवमणि धमलाले असोजयता पर्याप्त पानी नपरेको बताउनुभयो । उहाँले गत माघ ७ गते हल्का परेको पानीले हिउँदे बालीलाई पर्याप्त नभएको बताउनुभयो ।