बैठकमा सेनाको आठ वटा पृतनाका पृतनापति, विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख तथा सम्बन्धित बाहिनीपतिको उपस्थिति रहेको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार)’ पेश गर्नुभयो ।
फिफा क्लब विश्वकप फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । मोरक्कोमा शनिबार राति भएको फाइनल खेलमा साउदी अरबको अल हिलाल क्लबलाई ५–३ गोलले हराउँदै रियल म्याम्पियन बनेको हो ।
नेपाल विश्वविद्यालय विधेयकमाथिको छलफलको क्रममा रहेको सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन समिति दफाबार छलफलकै क्रममा भौतिक पूर्वाधार अध्ययन गर्न भन्दै नवलपरासी पुगेको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दलले राष्ट्रपति हुने अवस्था आए पार्टीमा छलफल हुने बताउनु भएको छ।
आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक जारी छ ।
सचिन श्रेष्ठको स्मृतिमा दमौलीमा खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ। रोट्याक्ट क्लब अफ दमौलीले २०औं स्वर्गीय सचिन स्मृतिमा फागुन ७ गते दौड प्रतियोगिता गर्न लागेको हो ।
दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुने भएका छन्।
यसवर्ष हिमपात नभएका कारण म्याग्दी जिल्लाको हिमाली क्षेत्रमा डढेलो लागेको छ । धवलागिरी गाउँपालिका ७ ताकमबाट देखिएको गुर्जा हिमाल र हिमालको फेदीमा लागेको डढेलो ।
शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ताहरू किसानका खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । भान्सामा प्रयोग हुने अशुद्ध तेलका कारण अनेक रोग लाग्ने बुझाइले उपभोक्ताहरू तोरी बुकिङ गर्न खेतमा पुग्नेगरेका हुन् ।
बजारमा पछिल्लो दुई साता यता तरकारीको भाउ ह्वात्तै घटेपछि किसान चिन्तामा परेका छन् । किसानबाट सस्तोमा तरकारी खरिद गरी महँगोमा बेच्ने बिचौलियाहरूलाई फाइदा भएको किसानको भनाइ छ ।
टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको प्रवाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।