विद्यालयका बालबालिकामा आँखा पाक्ने सङ्क्रमण फैलिएपछि पाल्पास्थित रामपुरका सात वटा विद्यालय बन्द गरिएको छ ।
गुल्मीमा खेरा खेती कृषकको आम्दानीको मुख्य स्रोत बनेको छ । थोरै परिश्रमबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका कृषकहरूको केरा खेतीमा आकर्षण बढेको हो ।
पचास हजारभन्दा बढी श्रीलङ्काली परिवार खडेरीको चपेटामा परेका छन् । श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।
नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रको एएफसी कपको यात्रा दोस्रो चरणमा सकिएको छ ।
पूर्वी नवलपरासी कावासोती नगरपालिकाले कृषि सिंचाइ विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । सिंचाइँ समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर अनुदान दिन लागेको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।
कर्णाली करिडोर जोड्ने खुलालु पुलको नजिकै सडक मर्मत कार्य सुरु भएको छ। करिडोर जोड्ने कर्णाली पुलको बायाँ पट्टीको उकालो सडक जीर्ण हँुदा दुर्घटनाको जोखिम बढेको थियो।
नेकपा (माओवादी केन्द्र), दोरम्बा शैलुङ गाउँपालिका संगठन समितिले डाडाँकटेरीमा आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आइपुग्नुभएको हो ।
कञ्चनपुरको मध्यवर्ती क्षेत्रमा मरेको जङ्गली हात्तीको हिन्दु परम्पराअनुसार बिहीबार अन्त्येष्टि गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्तीको अन्त्येष्टि गरेको हो ।
हामी सबैलाई थाहा छ पानीको सुन्दर फोहोराको एउटा रुप हो झरना। पानी छोटो–लामो छाँगा वा छहराको डिलबाट अविरल ओर्लिने क्रममा झरनाको स्वरुप सिर्जना हुन्छ। झरनाले छुट्टै रोमाञ्चक साङ्गीतिक लय नै हाल्छ। पानीको वाद्यवादन, गायन र नृत्यको संयुक्त प्रस्तुति पोखिन्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन लाहान, सिराहाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुन्दा पनि अचम्म लाग्छ । आफ्नो साथमा प्रशस्त नेपाली रुपियाँ छ तर उहाँहरूले रुपियाँको अभाव झेल्नु परिरहेको छ । यो बाध्यता इलामको पूर्वी सीमावर्ती क्षेत्रका नागरिकको हो ।
हिमाली जिल्ला ताप्लेजुङमा खेतीयोग्य जमिन बाझिँदै गएको छ । पछिल्लो समय रोजगारको खोजीमा युवा विदेश लाग्न थालेपछि जनशक्ति अभावमा खेतीयोग्य जमिन बाझिँदै गएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ ।
सर्वोच्च अदालतले टीकापुर घटनाको पूर्णपाठ सार्वजनिक गर्दै फैसला कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा आममाफी दिनु गलत हुने प्रष्ट पारेको छ ।
हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना हुनुभएको छ । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बस्नुभएका २२ बर्षीय नवीन हुमागाइँले संवेदनशील अंग (लिंग) काटेर घाइते हुनुभएको हो ।