प्रतिनिधि सभा बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फागुन ४ र ५ गते फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २०.२६ प्रतिशत रकम खर्च भएको छ ।
सर्लाहीमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका –११, खसीबजार छेउमा निर्माण गरिएको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज (आइतबार) नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ ।
झापाको कनकाई नगरपालिका –२ सुकेडाँगीमा सामुदायिक सडकमा छाडिएका कुकुरको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ । सडक कुकुरको टोकाइबाट स्थानीय ६३ बर्षीय अभिचन्द्र दाहालको मृत्युभएको हो ।
निर्वाचन अयोगले प्रतिनिधि सभाअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम वि. सं. २०७८ साल साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको सोह्रौँ वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपतिसमक्ष पेस गरेको छ।
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियक्त मन्त्रीलाई शपथ गराउनुभएको हो ।
गत सोमबारको भूकम्पबाट क्षतविक्षत भएको टर्की सरकार तथा त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउन ग्रीसका विदेशमन्त्री निकोस डेन्डिया टर्की भ्रमणमा जानुभएको छ ।
तेस्रो फिफ्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले सुखद सुरुवात गरेको छ । दशरथ रङ्गशालामा आइतबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा गोर्खालीले हिमालयन टाइगर रग्बी क्लबलाई ६७–१७ ले हरायो ।
नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार घटाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको सर्वेक्षण प्रतिवेदन पेश गर्नुुहुँदै अर्थमन्त्री पौडेलले दुई खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएको बताउनुभएको हो ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताउनुभएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताउनुभएको छ ।