बाँकेमा वर्षा ढिलो सुरु भएपछि रोपाइँ ढिलोगरी सुरु भए पनि साउन सकिन लाग्दा रोपाइँ सम्पन्न हुन थालेको छ । हालसम्म बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।
नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताउनुभएको छ ।
पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् ।
देवदह नगरपालिका–१२ ढोलबजवा बस्नुहुन्छ शिव बिन्दु भुज । उमेरले करिब ६० काट्नुभएका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उहाँले पसलबाट केही खरिद गर्न पाउनु हुन्न । गाउँमा उर्दी जारी भएको छ “भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।”
सर्लाहीमा यो वर्ष विषालु सर्पले डसेर तीन जनाको मृत्यु भएको छ ।
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्नो पेशागत हकहितको माग राखेर केही दिनदेखि गर्दै आएको आन्दोलन प्रति वडा सरकारको ध्यानकर्षण भएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
टर्कीको ठूलो शहर इस्तानाबुलका प्रमुख इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी वचत गर्न आह्वान गर्नुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उक्त विशिष्टीकृत सेवाको उद्घाटन गर्नुभयो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
सिरियाका राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा वृद्धि गरेपछि सबै कर्मचारीको तलव बढाउन आदेश दिनुभएको छ ।
मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले क्याम्पसको विधि र विधान विपरीत प्राध्यापक नियुक्ति गरेको विरोध पाँच विद्यार्थी सङ्गठन आन्दोलित बनेका छन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सुचारु भएको छ ।
आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।