युइएफए सुपर कप फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा सिटीले स्पेनिस ला लिगा क्लब सेभियालाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
सामाजिक सञ्जाल फेसबुकमा साथी भएकाको आइडी ह्याक गरी रकम ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपुरमा सत प्रतिशत रोपाइँ भएको छ । साउन सकिएसँगै जिल्लामा सत प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । पानी कम परेको हुनाले गत वर्षभन्दा यो वर्ष रोपाइँ ढिला भएको हो ।
मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ ।
नेपालमा विभिन्न रोगले मृत्यु हुनेको सङ्ख्यामा ७१ प्रतिशत मानिसहरू नसर्ने रोगका कारण मृत्यु हुने गरेको भन्दै यसको उचित व्यवस्थापनको काम गर्न सके मृत्युदर घटाउन सकिने बताइएको छ ।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ ।
नेपालमा आँखा पाक्ने रोग समस्याका रूपमा फैलिरहेको छ । प्रहरी हिरासतमा रहेकाको आँखा जाँच गर्दा काठमाडौँमा चार सयभन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त दुई राजदूतले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो।
झापाको दमक नगरपालिकाले दमक बसपार्कलाई व्यवस्थित गर्ने भएको छ । दमक नगरपालिकाको १३औँ नगर सभाबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने सम्बन्धमा सरोकारवालाहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले दमक बसपार्क व्यवस्थापन र सुरक्षाका लागि आवश्यक काम सुरु गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहको काम गर्नुपर्ने बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले नकुहिने फोहोरमैला व्यवस्थापनका लागि सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार अभियोगको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्ने बताउनुभएको छ। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नु आवश्यक रहेको बताउनुभएको हो।
बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो ।