कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर निधन भएको छ । घाँस काट्ने क्रममा वडा नं ५ की ३५ वर्षीया पसु सहकारीको भीरबाट लडेर निधन भएको हो ।
सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।
नवलपुरको कावासोतीमा निर्माण हुने भनिएको नमुना सदरमुकाम निर्माणका लागि स्राेत सुनिश्चित गर्ने काम अघि बढेको छ । रकम अभावले नमुना सदरमुकाम अलपत्र पर्ने आशङ्का भइरहेका बेला ८० करोडको श्रोत सुनिश्चितताका लागि सङ्घीय सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले अलपत्र अवस्थामा रहेको धनगढी गाउँ–जुगेडा जोड्ने सडकको अनुगमन गर्नुभएको छ । नाजुक अवस्थामा रहेको उक्त सडक निर्माणका लागि उहाँले अनुगमन गर्नुभएको हो । सो सडकको अवस्था नाजुक भएको खबर बिहीबारको गोरखापत्रमा प्रकाशित भएको छ । सो समाचार प्रकाशित भएपछि मन्त्री देउवा सडकको स्थलगत अनुगमनमा जानुभएको हो । धनगढी गाउँदेखि जुगेडासम्म ६.३ किलोमिटर रहेको सो सडक अब प्रदेश सरकारले निर्माण गर्ने जनाइएको छ ।
अविरल वर्षाका कारण साउनको दोस्रो साता गौरीशङ्कर गाउँपालिका–७ र ८ मा गएको पहिरोका कारण ६५ घरपरिवारको बिचल्ली भएको छ । सल्ले
धार्मिक तथा सांस्कृति पर्वहरूको दैलो उघार्ने चाडका रूपमा परिचित गौरा पर्वको चहलपहल सुरु भएसँगै गौरा पर्व मनाउन आवश्यक पर्ने बिरुडा (पाँच प्रकारका गेडागुडी) भने भारतबाट आयात हुने गरेको छ । बिरुडा पञ्चमीका दिन तामाको भाँडामा बिरुडा (मास, गहत, गुरुँस, केराउ, गहुँलगायत पञ्च अन्न) भिजाएर गौरा पर्व आरम्भ हुने गर्द छ । गौरा पर्वमा व्रतालु महिलाले घाँटीमा लगाउने जनै धागोसमेत चीनबाट आउने गरेको छ ।
दुई/तीन वर्षअघिसम्म बाँदरको आतङ्कले गाउँ छाड्न लागेका किसान यतिबेला भने गाउँमै खुसी छन्। मकै तथा अन्य बाली बाँदरबाट जोगाउन नसकेका यहाँका किसानलाई अकबरे खुर्सानी खेतीले खुसीसँगै गाउँमै बस्ने आधार दिएको छ। बारीमा मकै, तरकारी तथा बाली लगाउँदा बाँदरबाट जोगाउने अवस्था थिएन। अहिले अकबरे खुर्सानी खेतीले श्रम र लगानी जोगिएको रिब्दीकोट–४, भैरवस्थानका किसानको भनाइ छ। स्थानीय किसान इशा गौतमले अकबरे खुर्सानी लगाएपछि बाँदरको हैरानीबाट मुक्त भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई वर्षअघिसम्म मकै खेती गर्दा बाँदरबाट जोगाउनै मुस्किल थियो, बाँदरले गर्दा गाउँ छाड्ने हो कि भन्ने चिन्ता थियो तर मकै खेती छाडेर खुर्सानी खेती गरेपछि बाँदरको नोक्सान सहन परेको छैन।” अकबरे खुर्सानी खेतीबाट मकैको तुलनामा पाँच गुणा फाइदा भएको उहाँको भनाइ छ।
पूर्वमा महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, उत्तरमा जितपुरसिमरा उपमहानगरपालिका, पश्चिममा फेटा र प्रसौनी गाउँपालिकाको बिचमा अवस्थित बारा
दाङमा पछिल्लो समय डेङ्गु रोगको सङ्क्रमण बढ्न थालेको छ। पानी परेसँगै पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जिल्लामा हालसम्म ९१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लामा सबैभन्दा धेरै सङ्क्रमित तुलसीपुर उपमहानगरपालिकामा २९ जना देखिएका छन्। लमही नगरपालिकामा २३, राप्ती गाउँपालिकामा १२, घोराही उपमहानगरपालिकामा १४ र गढवा गाउँपालिकामा १३ जनामा डेङ्गु सङ्क्रमण देखिएको चन्दले बताउनुभयो।
नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागु गरेपछि कर्णालीको रारा विमानस्थलमा उडान प्रभावित भएको छ। जिल्लाको विमानस्थलले उडान तालिका अनुसार मात्र उडान भर्नुपर्ने नियम लागु भएसँगै दैनिक उडान प्रभावित भएको हो। नागरिक उड्डयन प्राधिकरण रारा विमानस्थल कार्यालय प्रमुख सन्तोष गौतमका अनुसार बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण दुई सातायता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको छ। प्राधिकरणले हवाई उडानका लागि नयाँ नियम लागु गर्दा पनि उडान प्रभावित भएको जानकारी दिएको छ।
सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ
गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ ।
भेषराज कार्कीकाठमाडौँ,भदौ १ गते । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन् ।इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, उपविजेताले रु ३० लाख र दोस्रोले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा हुने अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद् हुमागाईँ अन्तिम पाँचमा हुनुहुन्छ । यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की ९थाइल्यान्ड०, देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा हुनुहुन्छ ।तीन महिनासम्म प्रसारण भएका दुई कार्यक्रमले संसारभर रहेका नेपालीको ध्यान तान्न सफल भएको नेपाल तथा विश्वमा रहेका नेपाली कलाकारहरूले बताएका छन् । दुवै प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका प्रतिभाहरूले यही प्रतिस्पर्धाका लागि आफ्नो मातृ तथा पितृभूमि नेपाल आउन पाएकामा खुसी व्यक्त गर्दै अन्तिम प्रतिस्पर्धामा रहेको भए पनि आफूहरूले एकले अर्कालाई सफल भएको देख्न चाहेको बताउँछन् ।फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउँदै आउनुभएको छ ।आगामी वर्षहरूमा यस कार्यक्रमलाई अझै परिस्कृत, विश्वव्यापी र भव्य बनाउने योजना रहेको पनि अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिए । उनीहरूको सपनासँगै कला र संस्कृतिलाई हामीले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः पुर्याउन सफल भएका छौँ । यसबाट संसारका सबै नेपाली खुसी छन्, उनीहरूले आगामी दिनमा यस कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना पनि गरेका छन् ।”गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा हुनुहुन्छ भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक हुनुहुन्छ ।यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो ।ती प्रतिस्पर्धाबाट छानिएका अन्तिम पाँच–पाँच जनाले गायन र नृत्यमा विजेता बन्नका लागि शनिबार अन्तिम प्रतिस्पर्धा गर्ने भएका हुन् । यो प्रतिस्पर्धालाई नेपाली कलाकारले नेपालको अहिलेसम्मको सर्वाधिक ठूलो राशिको पुरस्कारका कारण आकर्षक हुनुका साथै विश्वको विभिन्न भूगोलमा छरिएर रहेका नेपालीहरूको चासोको प्रतिस्पर्धाका रूपमा रहेको बताएका छन् । रासस
नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको लामो विगत छैन तर योजना निन्तर विस्तार हुँदै छ । अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई समेत आबद्ध गराउने कार्य औपचारिक रूपमा सुरु भएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० साल वैशाख १ देखि कोषमा समेट्ने गरी गत मङ्सिरमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि बनाइएको थियो । यसअघि गत चैतमा कोषको सो योजनामा वैदेशिक रोजगारीमा गएका श्रमिक र विदेशमै स्वरोजगार भएका करिब साढे दुई लाख श्रमिक समेटिइसकेका छन् । मर्यादित जीवनको अ
कुनै पनि राष्ट्रका लागि औपचारिक अर्थात् छाया अर्थतन्त्र बहुआयामिक र बहुमुखी चुनौती हुने गर्छ । विश्वका प्रायः सबै राष्ट्रलाई औपचारिक (छाया) अर्थतन्त्रले कुनै कुनै रूपमा समस्या पारेको हुन्छ । धेरै राष्ट्रले अनौपचारिक अर्थतन्त्रलाई गम्भीरताका साथ लिने गर्छन् । हाम्रो राष्ट्रको सरकारले जुन रूपमा गम्भीरता देखाउनु पर्ने हो त्यो रूपमा देखाउन सकेको छैन । पछिल्ला घटनाक्रम हेर्दा सरकारको ध्यान अनौपचारिक अर्थतन्त्रका छिद्रलाई पत्ता लगाई चोरी, ठगी, अपराध, भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनको कठघरामा ल्याउनेतर्फ केन्द्रित हुन थालेको छ । यो सकारात्मक कदम हो । यसले निरन्तरता पाउनु पर्छ ।