श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताउनुभएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कँडेलविरुद्व छ लाख दश हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताउनुभएको छ ।
यस पटक अकबरेको फल नै बिक्री गर्नेकि बियाँ बिक्री गर्ने, सूर्योदय नगरपालिका –१२ का किसान मदन राई दोधारमा हुनुहुन्छ । राईले उत्पादन गरेको अकबरे फल र र बियाँ दुवैको माग उत्तिकै छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो ।
शहरी विकास मन्त्री सीता गुरुङले सरकारले बेथितिको अन्त्य गर्ने कार्यको सुरुआत गरेको बताउनुभएको छ ।
रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण भएको २९ औं वर्षगाँठको अवसरमा तामाङ पत्रकार संघले दुई जना पत्रकारलाई आज सम्मानित गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जिल्ला जिल्लामा महिला विकास कार्यालयको खारेजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयसँगको सम्बन्ध फेरि जोड्नुभएकाे छ ।
पाँचथरको कुम्मायक गाउँपालिका –२ मङजावुङका आरोही सुशील सेर्माले युरोप महादेशस्थित रसियाको माउण्ट एल्बु्रस हिमालको सफल आरोहण गर्दै शिखरमा नेपालको झण्डा फहराउनुभएको छ ।
दाङमा जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ । साउन २९ गते साँझ बङ्गलाचुली गाउँपालिका–४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका तीन जनामध्ये दुईजनाको मृत्यु भएको छ ।
बाँकेको कोहलपुरमा निर्माण गरिएको पश्चिम नेपालकै अत्याधुनिक बसपार्क उदघाटन भएको ४० दिनपछि शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ ।