स्वास्थ्यकर्मीको टोलीले उच्च पाटनमा रहँदैआएका चौकीको खर्कमा पुगेर बालबालिकालाई खोप लगाउने र अन्य खर्कालुहरुको उपचार गर्ने काम गरेको छ ।
चीनको हाङजाउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली कबड्डी महिला टोली भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएको छ ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी शुक्रबार डिस्चार्ज हुनुभएको छ ।
प्रदेश सभा सदस्य एवम् तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि प्रदेश सभा सदस्यको एक पद् रिक्त भएको हो। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ।
शसस्त्र प्रहरी बल मुख्यालय हल्चोमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीले मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १५ हजार ३९४ जनामा पुष्टि भएको छ।
तनहुँको सदरमुका दमौलीमा निर्माणाधिन सभागृह अपाङ्गमैत्री नभएको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पार्नुभएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले युरोपेली फुटबलमा डेब्यु गोल गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताउनुभएको छ । मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
नवलपुरमा रहेको अपाङ्गगता पुनः स्थापना केन्द्रमा डे केयर सेन्टर सञ्चालनमा आउन सकेको छैन ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा प्रदेशस्तरीय निर्माण सामग्री जाँच प्रयोगशालाको निर्माणले गति लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध भएको भन्दै सांसद अवरुद्ध नगर्न चेतावनी दिनुभएको छ।
निर्वाचन समितिले शुक्रबार वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्व वरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय ट्रेड युनियन कांग्रेसका पूर्व आय प्रमुख तान किन लियानलाई योग्यताको प्रमाणपत्र जारी गरेको छ ।