उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पार्नुभएको छ । विश्व रेडियो दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
यारी नाका भन्सार कार्यालयलाई केही दिन अघि चीनबाट आयात भएको व्यापारी सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको छ । व्यापारी तथा निर्माण व्यवसायी हिल्सामा नभएको कारण भन्सारका कर्मचारीले आयात भएको सामान विवरण तयार गरे पनि महसुल उधारोमै राख्नुपरेको हो ।
नुवाकोट जिल्लाको थानसिङमा जन्मनुभएका बालप्रिय बालसाहित्य सर्जक हुनुहुन्छ । उहाँले पाँच दर्जनभन्दा बढी बालसाहित्यका पुस्तक लेखिसक्नुभएको छ भने त्यति नै सङ्ख्यामा बालसाहित्यका पुस्तकहरूको सम्पादन पनि गर्नुभएको छ । नेपाल बालसाहित्य समाजका अध्यक्ष घिमिरेसँग बालसाहित्य सिर्जना र यसको सेरोफेरोमा रहेर नेपाल डन बस्को स्कुलकी कक्षा ७ मा अध्ययनरत छात्रा आँचल श्रेष्ठले गर्नुभएको कुराकानी :
पर्वतमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यस वर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिनुभयो। २०६४ सालबाट सो औषधि सेवनको थालनी गरिएको थियो। स्वास्थ्य कार्यालयको फितलो अनुगमन र स्वास्थ्यकर्मीको लापरबाहीका कारण पर्वतमा अभियान सुरु भएको १३ वर्षसम्म हात्तीपाइले रोगको निवारण हुनसकेको छैन। १३औँ चरणमा पनि प्रभावकारी नभएपछि यस वर्ष १४औँ चरणमा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाइने भएको छ।
जनयुद्धको २८ औं वार्षिकोत्सवको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय, पेरिसडाँडामा जनयुद्ध दिवस मनाइएको छ । पार्टीले आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बाेधन गर्नुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सेवाका लागि आवश्यक तयारी पूरा भएको छ। सो उडानसँगै रात्रिकालीन उडान सेवासमेत सञ्चालन गरिने विमानस्थल प्रमुख विक्रम गौतमले बताउनुभएको छ। उहाँले २३ फेब्रुअरी (फागुन ११)देखि अन्तर्राष्ट्रिय विमान उडानको तयारी रहेको जानकारी दिनुभयो। गत जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दिउँसो चार बजेपछि नियमित उडान रहेको छैन।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाका लागि वनमै पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बागलुङले ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रमअन्तर्गत पोखरी निर्माण अभियानलाई तीव्र बनाएको छ। पानीको स्रोत संरक्षण, जङ्गल तल रहेका पानीको मुहान ‘रिचार्ज’ बढाउने तथा जङ्गली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय प्रमुख
नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजनामा आइतबार दमौलीमा करिब तीन हजार विद्यार्थीको मुटु परीक्षण गरिएको छ। विज्ञ चिकित्सकहरू विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण गरिएको हो। बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले नेपाल हर्ट फाउन्डेसन केन्द्रीय कार्यालयको सहयोगमा मुटु परीक्षण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो।
पश्चिम नवलपरासीका प्रतापपुरको बेलाटारीबाट फड्की हुँदै सुस्ता गाउँपालिकाको नर्सहीमा जोड्ने गरी चोर्निया खोलामा पुलः निर्माणको काम सुरु भएको छ। लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयको योजनाअनुसार नवलपरासीको प्रतापपुरको बेलाटारी र सुस्ता गाउँपालिकाको नर्सहीलाई जोड्न चोर्निया खोलामा पुल निर्माण सुरु भएको हो।
बाँके जिल्लाबाट निर्वाचित सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले समग्र शान्ति सुरक्षा व्यवस्था सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, डकैती, अवैध गतिविधिलगायत अपराधका गतिविधि नियन्त्रणमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ। नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बाँकेमा आयोजना गर्नुभएको परिचयात्मक कार्यक्रममा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले सीमापार अपराध नियन्त्रणमा ध्यानाकर्षण गराउनुभयो।
प्रधानमन्त्री पुष्पकुमार दाहाल प्रचण्ड सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी आउदै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँ आज (सोमबार) पहिलो पटक सुदूरपश्चिम आउदै हुनुहुन्छ ।
जिल्लाको पातारासी गाउँपालिकाले पालिकावासीलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकलाई स्वास्थ्य बीमा गर्न सुरु गरेको छ। गाउँपालिकाले दुई जनालाई एमबीबीएस अध्ययनका लागि सहयोग गर्ने जनाएको छ। यसका लागि गाउँपालिकाले एक जनालाई सात लाख रुपियाँ प्रदान गरेको छ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका क्रममा अन्तिम चरणको अध्ययन गरिने भएको छ। यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ। तेस्रो चरणको अध्ययनमा पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइने जनाइएको छ। चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको