सरसफाइ अभियान अन्तर्गत शुक्रबार २७ औँ सप्ताहमा जनकपुरधामको रामानन्द चोकमा सरसफाइ गरियो । सरसफाइ अभियान थालिएपछि धार्मिक नगरी जनकपुरधामको परिचय र परिदृश्य फेरिएको छ ।
फेदीखोला गाउँपालिकाले प्रदेश सरकारको साझेदारीमा सिद्धार्थ राजमार्गको कुभिण्डेदेखि भालुपहाड खण्डमा सिसी क्यामरा जडान गरेको छ। प्रदेश सरकारको साझेदारी कोष अन्तर्गत फेदीखोला गाउँपालिकाले पेस गरेको प्रविधिमैत्री सेवा प्रवाह तथा डिजिटलाइज फेदीखोला प्रस्ताव स्वीकृत भएसँगै सोलारसहितको सिसी क्यामरा जडान भएको हो। प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा सिद्धार्थ राजमार्गको फेदीखोला खण्डमा पर्ने १३ किमीमा २२ वटा सिसी क्यामरा जडान गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा आफूहरूको साथ र सहयोग रहेको बताउनुभएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको जग्गा विवाद अझै सुल्झिएको छैन। विवाद समाधान नहुँदा तीन वर्षदेखि लाइन विस्तार कार्यमा अवरोध सिर्जना भएको छ। विद्युत् लाइन विस्तार गर्दा बाँकेको वैजनाथस्थित बस्ती प्रभावित हुने भन्दै स्थानीयले अवरोध सिर्जना गरेका हुन्। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार वैजनाथ गाउँपालिका–१ गाभर र वडा नं. ४ को बानियाभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ। उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा तोकेको उडान अवधिपछि निश्चित मापदण्ड पालना गरेर मात्र उडान अनुमति दिने भएको छ। यसअघि प्राधिकरणले साउन तेस्रो साता एक दर्जनभन्दा बढी पहाडी तथा हिमाली विमानस्थलमा असोज दोस्रो सातासम्म बिहान ६ देखि दिउँसो १२ बजेसम्म मात्रै उडान गर्न पाउने मापदण्ड तोकेको थियो। प्राधिकरणले बिहीबार पहाडी क्षेत्रका छोटो उडान र अवतरण हुने (स्टोल) विमानस्थलमा उडानका लागि चार वटा निर्णय गर्दै उडान खुला गरेको जनाएको छ।
सिमकोट गाउँपालिका–२ को ठेहे गाउँकी बाँचपुरी बोहरालाई हिउँद लागेपछि दन्याडीमा तोरी पेल्न फुर्सद हुन्नथ्यो। हातैले तेल पेल्ने परम्परागत काठको भाँडा नै सिमकोट मात्र होइन हुम्ला जिल्लामै तेल पेल्ने रैथाने प्रविधि थियो। यसरी तेल पेल्ने जिम्मा महिलाकै काँधामा हुन्थ्यो। अहिले परिस्थिति फेरियो। जीर्ण अवस्थाका दुई वटा काठका दन्याडी बाँचपुरीको घर करासोमा बेवारिस फालिएका छन्। यहाँका प्रत्येक घरमा पुराना एक दुई दन्याडी जीर्ण अवस्थामा फालिएका पाइन्छन्। बाँचपुरीले भन्नुभयो, “उहिले घर घरमा दन्याडी हुन्थ्यो। हरेक घरका महिला दन्याडीमा तोरी पेल्थे। अहिले फाट्टफुट्ट रूपमा दन्याडीमा तोरी पेलेको देख्न पाइन्छ।”
अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छँदै छ । कार्यक्रम समापनको समयमा पनि विशेषतः प्रमुख अतिथि र कतिपय कार्यक्रममा अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ ।
बाइसे–चौबिसे राज्य, काठमाडौँ उपत्यकाका तीन वटा मल्ल राज्य र तराई क्षेत्रमा रहेका तीन वटा सेन राज्यमध्ये सबैभन्दा कान्छो र गरिब राज्य गोर्खाको इतिहास विसं १६१६ बाट सुरु हुन्छ । वर्तमान नेपाल, सेना र गोर्खा राजवंशको क्रम त्यही वर्ष र स्थानबाट सुरु भएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । विश्वको सैनिक इतिहासमा नेपाली सेनाको इतिहास धेरै जेठो छ । हामी नेपालीका लागि यो गौरवको विषय हो । गोर्खा राज्यको इतिहास केलाउँदा र त्यस बखतको संसारकै राज्य विस्तार गर्ने नीतिलाई विश्लेषण गर्दा गोर्खाले पनि विसं १६१६ देखि नै सैनिक प्रयोग गरी राज्य विस्तार गर्दै आएको छ । किनभने द्रव्य शाहको छोरा राजा पुरन्दर अर्थात् पूर्ण शाहले गोर्खा राज्यको विस्तार गरेका थिए भने उनको पनि छोरा राम शाहले उत्तरतर्फ तिब्बतको कुकुरघाटसम्म सैनिक युद्ध गरेरै आफ्नो अधिकार जमाएका थिए ।
सुनसरीको हरिनगर गाउँपालिकामा जुट केलाउँदै किसान । नगदे बाली जुट खेतीबाट किसानले राम्रो आम्दानी गर्ने गरेका छन् ।
चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज (शनिबार) भारत जाने भएको छ ।
भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) ले करिब दुई सय वर्षसम्म राज गरे । सन् १८५६ ई. मा सिपाही विद्रोहदेखि सशक्त रूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो । भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीले गरेको विद्रोहलाई सिपाही विद्रोह भनिन्छ । यसलाई दबाउन अङ्ग्रेज सरकारले नेपाली शासकसित सहयोग मागे । सोहीबमोजिम तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको नेतृत्वमा नेपाली फौज लड्न गए । दुवैतर्फका धेरै सिपाहीका, साथै आमजनता भिडन्तमा मारिए । दुवै पक्षबिच महिनौँसम्म भिडन्त हुँदा पनि अङ्ग्रेज शासक पराजि
नेपाल कृषिप्रधान देश हो । पेसामा उत्तम कृषि, मध्यम व्यापार र जागिरलाई निम्न भन्ने प्रचलन सानैदेखि सुनिँदै आएको हो । अहिले स्पष्ट हुँदै आयो कृषि पेसाको महत्व, साँच्चै उत्तम रहेछ । हामीले विद्यालय शिक्षा पढ्दा यहाँका ९४ प्रतिशत जनता कृषि पेसामा आधारित छन् भन्ने थियो । कृषि कर्म परम्परागत प्रणालीमा आधारित छ । केही प्रतिश
जनतासँगको सरोकारका विषय र गुनासाहरू राख्न पाउने गरी सुरुवात गरेको हेल्लो सरकार अव २४ घण्टा खुला रहने भएको छ ।
मानस खण्डको सम्मेलन सुदूरपश्चिमको धनगढीमा सम्पन्न भएसँगै महाभारतकालीन इतिहाससँग जोडिएको विराट राजाको राजधानीका रूपमा मान्यता पाएको विराटनगरमा पनि विराट सर्किटका बारे भेटघाट र बहस प्रारम्भ भएको छ । अयोध्या र जनकपुरलाई समेटेर रामायण सर्किटको अभ्यास भइरहेको तथा भगवान् बुद्धको महìवपूर्ण स्थानलाई समेट्दै बुद्ध सर्किट चर्चामा रहेकाले मानस खण्ड सर्किट तथा विराट सर्किट नौलो प्रयास चाहिँ भने होइन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीलाई सहज रूपमा नागरिकता दिलाउन थप पहल गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको निम्ता गर्न गएको सङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको बताउनुभयो ।