वरिपरि अग्ला हरियाली पहाड तथा सेता पुथा र चुरेन हिमाल । वनफूलले ढकमक्क ढाकिएको ढोरपाटन (उपत्यका) फाँट । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ढोरपाटनको बयान गरिसाध्य छैन् ।
हिटलरले आफ्नो सुप्रसिद्ध आत्मजीवनी (मेनक्याम्फ) मा भनेका छन्, ‘‘मैले विवाह नगर्नुका केही कारणहरू छन् । विवाह गरेपछि सन्तान हुन्छन् । राजनीतिमा लागेका अधिकांश ठुला मानिसका सन्तान नालायक हुन्छन् र तिनीहरू पिताको उत्तराधिकारी बन्न सक्छन् । त्यसैले नालायक सन्तान हुनुभन्दा हुँदै नभएको राम्रो ।’’ आफूले काम गरेको क्षेत्रमा आफ्ना नालायक उत्तराधिकारीको प्रवेश नहोस् भन्ने कुरामा हिटलर जस्ता कुख्यात तानाशाहसमेत सजग रहेछन् । अहिले विश्व राजनी
वडाध्यक्ष र सचिवबिच विवाद हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष छोटेलालप्रसाद कानु र वडाका कार्यालय सचिव राजवंशीप्रसाद यादवबिच विवाद हुँदा स्थानीय बासिन्दाले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएका छन् ।
नेपाल प्रहरीले एमबिबिएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।
सिद्धान्त र परिभाषाविहीन चियाको समय प्रारम्भ हुँदै गर्दा यो बिहान, सधैँजसो ठिकठाक छन्, सबै कुराहरू
वि.सं. २०७२ को भूकम्पले सिन्धुली जिल्लामा भत्किएका अधिकांश सामुदायिक विद्यालयमा नयाँ भवन निर्माण भएका छन् । भूकम्पपछिको पुनर्निर्माण
भित्तामा झुन्ड्याएको क्यालेन्डरको पाना हरेक महिना पल्टाए जस्तै जीवनका पानाहरू पनि क्रमिक रूपमा पल्टिँदै गइरहेका छन् । बिहान क्यालेन्डरको पाना पल्टाउँदा सँगै झुन्डिएको फोटोमा मेरो आँखा पुग्छ । हुन त विगत १९ वर्षदेखि त्यही स्थानमा झुन्डिएको फोटो थियो त्यो तर पनि किन त्यस फोटोले गर्दा आज दिनभरि मुड अफ भइरह्यो । अर्थात् एक प्रकारको आत्माग्लानि लागिरह्यो । अफिसमा पनि ध्यान पटक्कै लागेन । आजबाट घरमा ट्युसन टिचर आउँछ छोरीलाई पढाउन । एसइईको रिजल्ट राम्रो ल्याई भने त्यसको पनि राम्रो हुन्थ्यो । कति चाँडो झमक्क अँध्यारो भएको हो । भर्खर त ५ बज्यो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
तिमी बादल हुन्थ्यौ भने म आकाश हुन्थेँ होला । हेर, यी दुईका सम्बन्ध न कसैको डर, न त चिन्ता
नेपाली उपन्यास लेखनको वर्तमान खण्डहर अवस्थामा पृथक् तर अति उत्सुकमय शीर्षकमा ‘बाँठी’ झुल्किएको छ । यस उपन्यासले सुदूरपश्चिम नेपालमा महिलाप्रति गरिने पुरुष विभेदको धज्जी उडाएको छ । झट्ट सुन्दा ‘बाँठी’ शब्दको अर्थ थारी, बाँझी अथवा सन्तान जन्माउन असफल महिला भन्ने बुझिन्छ । उपन्यासकी मुख्य नायिका गौमतीले बच्चा जन्माउन असफल भएपछि घर, परिवार, समाजद्वारा अपहेलित भई अन्त्यमा आफ्नो जीवनलाई मृत्युमा बलि चढाएर पाठक हृदयलाई आफूतर्फ आकर्षण गर्न सफल भएकी छन् ।
सिमसिम... सिमसिम... सिमसिम...। परिरह्यो पानी । एकाबिहानैदेखि पानी दर्किन थालेपछि मन कस्तो कस्तो भो । बिरसिलो–ओसिलो । हो, एकदमै कस्तो खिन्न–खिन्न, नमिठो । अँध्यारो भयो छाती । जानु छ पहाडतिर । पानी झन्–झन् चम्केर दर्केपछि लम्केका खुट्टा थच्चेलान् झैँ भए । पखेटा हालेर उडुँ–उडुँ भएको मन थन्किन पो खोज्यो । लौ, पानीले बित्यास पार्ने भो । के पो गर्ने होला ? गड्याम्म ! बिजुली पनि दह्रैसँगै चम्कियो । बिहानको ५ बजेदेखि सिमसिमाएको झरी अब त उर्ली–उर्ली दर्किन थाल्यो । अरगज्ज परेर बसेको छु म– एउटा कुनामा टोलाई–टोलाई । खाटको अर्को कुनोमा मोजा, रुमाल, चस्मा र डायरी छन् । “आज तिमेरलाई बोक्न जुर्ला जस्तो छैन !” खाटमा थपक्क बसेका ती सरसामान हेर्दै बोल्छु म ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अध्ययनरत छात्रा महिमा पौडेल सर्प पहिचान गर्न सक्ने हुनुभएको छ । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्न सक्ने भएको हुँ । सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु,” पौडेलले भन्नुभयो ।
हिमालपारिको जिल्ला मनाङ पुग्ने रहर कसलाई हुँदैन र ! सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने मनाङका तस्बिर र भिडियोले सबैलाई लोभ्याइरहेका हुन्छन् । हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल मात्र होइन, बस्ती, संस्कार, संस्कृति, फाँटका फापर–करु र लटरम्म फलिरहेका स्याउका दानाले सबैलाई आकर्षित गर्छ ।
पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत १४२ जना करार शिक्षकले आठ महिनादेखि तलब पाएका छैनन्। शिक्षकले सम्झौता अनुसारको तलब पाउनुपर्ने माग गरेका छन्। गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै शिक्षकले समस्या समाधानको माग गरेका हुन्। शिक्षक हर्कबहादुर खड्काले भन्नुभयो, “हामीलाई काम गरेबापत दिने भनिएको ज्याला नपाउँदा हाम्रो दैनिकी चल्न गाह्रो परेको छ।”
नवलपुरको कावासोतीमा नमुना सदरमुकाम निर्माणका लागि स्रोत सुनिश्चित गर्ने काम अघि बढेको छ। रकम अभावले नमुना सदरमुकाम अलपत्र पर्ने आशङ्का भइरहेका बेला ८० करोड रुपियाँको स्रोत सुनिश्चितताका लागि सङ्घीय सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।