झापामा मेचीनगर नगरपालिका–८ का ३५ वर्षीय सुन्दर किसानको हँसिया र रडको प्रयोग गरेर बीभत्स हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
शुक्रबार बेलुकी आयोजित चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिनुभयो ।
कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले राससलाई जानकारी दिनुभएको छ ।
झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले बजारमा एक व्यापारीको घरमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति भएको जनाइएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आगामी कार्यकालका लागि अध्यक्षसहित कार्यसमितिका पदाधिकारी र सदस्य चयन गर्न शनिबार बिहानबाट मतदान सुरु भएको छ ।
कर्मक्षेत्र अध्यापन एवं राष्ट्रसेवाका पोख्त अनुभवी खगेश्वर गौतम सिद्धहस्त कवि पनि हुन् । पाणिनि महर्षिको अर्चना २०७९ कवि खगेश्वर गौतमद्वारा रचित तेस्रो मौलिक काव्य नै त्यसको उदाहरण हो ।
समालोचक दयाराम श्रेष्ठ (२०००) नेपाली कथा विधासमालोचनाका विशिष्ट साधक हुन् । ऐतिहासिक समालोचना, विधा समालोचना, तुलनात्मक समालोचना, सैद्धान्तिक समालोचना जस्ता विविध
अग्लो हिमाल शिखर पहाडी पाखा समथर मधेश हाम्रै हो विविध भाषा र रहनसहन संस्कृति हाम्रो भएको राम्रै हो ।
समयले कसैलाई कतै पर्खंदैन आफ्नो बाटो गएपछि कहिल्यै फर्कंदैन ।
एकलव्यको देशमा हरेक दिन शिष्यको बुढी औँला काटिन्छ गुरु क्रुर बन्दै गरुदक्षिणा माग्छन्
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकाको अवरुद्ध भएको भुवा खोला लघु जलविद्युत यतिबेला पुन सञ्चालनमा आएको छ ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ ।
मुसिकोट नगरपालिका–१ का ४५ वर्षीय वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् ।
म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर शनिवार बिहान एक वृद्धाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ बर्षीया बाटुली माया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक उमा शङ्कर गुप्ताले जानकारी दिनुभयो ।