स्विडेन फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा स्विडेनले अष्ट्रेलियालाई २–० गोलले हरायो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् बैठक नियमित अवरुद्ध गर्ने नेकपा (एमाले) को प्रवृत्ति गलत रहेको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरूकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्नुहुन्छ ।
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा तीन हजार एकसय १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहबीच भेटवार्ता भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनर्निर्माण गरिएको छ ।
सप्तरीको ट्राफिक प्रहरीले सवारी चालकसँग अवैध रकम असुली गरिरहेको चालकहरूको गुनासो छ । सप्तरीका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुँदै गर्दा ट्राफिक प्रहरी सवारी चालकसँग अवैध रकम असुलीमा लागेको आरोप छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताउनुभएको छ ।
साबिक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको लिगको पहिलो खेलमा बायर्नले वेर्डन ब्रेमनलाई ४–० गोलले हरायो ।
पूर्वी नवलपरासीको गैँडाकोट–९ देशमै पहिलो पूर्ण सहकारी वडा घोषणा भएको छ । गैँडाकोटको सो वडाका करिब ९४ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकाले पूर्ण सहकारी वडा घोषणा गरिएको हो ।
तीन दशक अगाडि नलकुप आयोजनाले सिँचाइका लागि बोरिङ जडान गर्दा वनगाईँ डोहोटे सडकको ट्रयाक खोलिएको थियो । सडक मर्मत गरी गाडी चल्ने बनाइएको थियो ।
चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ ।
काभ्रेपलान्चोकमा पछिल्ला केही वर्षदेखि सम्बन्ध विच्छेदन गर्ने विवाहित जोडीको सङ्ख्या बढ्दैगएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने लक्ष्य भएको बताउनुभएको छ ।