दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयल सरकारले दिएको दिवाखाजाको सानो रकमलाई बुद्धिमतापूर्ण तरिकाले व्यवस्थापन गरी विद्यार्थीहरुलाई ताजा, स्वच्छ तथा सफा खाजा खुवाउन सफल भएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा नवनिर्मित सुविधासम्पन्न बसपार्क सोमबारबाट सञ्चालन भएको छ। मलङ्गवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा निर्माण भएको नयाँ बसपार्कको नगरप्रमुख नागेन्द्रप्रसाद यादव र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। बस व्यवसायीबीचको आन्तरिक द्वन्द्वका कारण केही समयअघि नै निर्माण भएको यो बसपार्क सञ्चालन हुन सकेको थिएन।
सूर्योदय नगरपालिकाले वडावडामा पुगेर नगरवासीको गुनासो सुन्न ‘गुनासो चौतारी’ कार्यक्रम सुरु गरेको छ। जनप्रतिनिधि, कर्मचारीसहितका विषयमा खुलेर सोध्न पाउने भएपछि स्थानीयले मनमा लागे जति प्रश्न सोध्ने गरेका छन्। सूर्योदय नगरपालिका–१३ र १४ को सङ्गम स्थल उत्तरेको माङ्खिम भवनको प्राङ्गणमा गुनासो चौतारी कार्यक्रम सम्पन्न भएको छ। जनताका गुनासो सिधै नगर समक्ष राख्न पाउने अधिकारलाई घरदैलोमै पु-याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरले जनाएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको एक विद्यालयमा विषय शिक्षक व्यवस्था नहुँदा पढाइ प्रभावित हुँदै आएको छ। सिदिङ्वा गाउँपालिका–४, साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विगत दुई वर्षयता पढाइ प्रभावित हुँदै आएको हो।
चियामा राम्रो भविष्य देखेर २०५५ सालमा धनकुटाको पाख्रिबास नगरपालिका–७, राम्चेका कृषकले चियाखेती सुरु गरे । चिया लगाएको केही वर्षपछि उत्पादन पनि हुन थाल्यो, सँगै बजारबाट माग पनि आउन थाल्यो ।
तनहुँ हाइड्रोपावर लिमिटेडले विद्युत् आपूर्ति नियमित गर्न बन्दीपुर गाउँपालिका–६, सराङघाटमा ३३/११ केभीको सबस्टेसन निर्माण गरेको छ । तनहुँमा निर्माण भइरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेसन निर्माण पूरा गरिएको कम्पनीले जनाएको छ ।
गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भिडियो गायक ढकालको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर भएको हो ।
रुसी सदनको आयोजनामा रातोपुलस्थित शैली थिएटरमा १४औँ राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ । माघ २९ गतेदेखि सुरु भएको महोत्सवमा २९ वटा नाटक समावेश गरिएको छ भने संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)को सहकार्य रहेको छ । नौ दिनसम्म चल्ने महोत्सवमा विभिन्न विषयका नाटक मञ्चन हुनेछन् । यसमा प्रतियोगी र अप्रतियोगी नाटक समावेश हुनेछन् । काठमाडौँ उपत्यका र बाहिरी जिल्लाहरूबाट पनि नाटक समावेश गरिएको शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानले बताउनुभयो ।
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आएका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ । चलचित्रले गाउँमा चिठी पु-याउने एक हल्काराका माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ ।
१. राजस्व सङ्कलनले नकारात्मक लय समातेसँगै सरकारले आ.व. २०७९÷८० को बजेटको आकार घटाउँदै कति कायम गरेको छ ? १५ खर्ब ४९ अर्ब ९९ करोड – आर्थिक सूचकहरूमा क्रमिक सुधार हुँदै गए पनि सरकारको लक्ष्यअनुसार स्रोतको सुनिश्चितता नहुँदा मध्यावधि समीक्षामार्फत सरकारले चालू आर्थिक वर्षको बजेट कटौती गरेको । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा वि.सं. २०७९ माघ २९ मा प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै बजेट दुई खर्ब ४४ अर्ब रुपियाँले घटाइएको । आन्तरिक तथा बाह्य कारणले बजेटको स्रोतमाथि दबाब परेपछि बजेटको अर्धवार्षिक मूल्याङ्कनमार्फत सरकारद्वारा सुरु विनियोज
अन्तरसरकारी वित्तीय हस्तान्तरण १. नेपाल सरकारको बजेट तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी व्यवस्थाबारे चर्चा गर्नुहोस् । सरकारको आय र व्ययको विवरण नै बजेट हो । नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट प्रणालीलाई व्यवस्थित गर्न तीनै तहका आर्थिक कार्य प्रणाली निर्दिष्ट गरेको छ । संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजान आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुन निर्माण भएको छ ।
दक्षिण एसियाको पहिलो नमुना सामुदायिक होमस्टे (घरबास) सिरुबारीले रजत जयन्ती मनाउने तयारी गरेको छ । २०५४ सालमा स्थापना भएको ग्रामीण पर्यटकीय गाउँ सिरुबारी होमस्टेले फागुन ५ र ६ गते रजत वर्ष मनाउने तयारी गरेको सिरुबारी पर्यटन विकास समितिका अध्यक्ष जितेन्द्र गुरुङले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, गण्डकी प्रदेश सरकारका मन्त्री तथा विशिष्ट व्यक्तिलाई सहभागी गराएर रजत वर्ष मनाउने समितिले तयारी गरेको हो ।
नारायणी नदी किनारमा पुरेको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश अझै कार्यान्वयन हुन सकेको छैन। चितवन महोत्सव सञ्चालन गर्नका लागि नारायणी नदीको पुल उत्तरतर्फको स्थानमा भएको खाल्टोमा फोहोर पुरेरसम्म बनाइएको थियो। त्यो फोहर पुरेरसम्म बनाएपछि चितवन महोत्सव सञ्चालन भएको थियो भने अहिले व्यापारिक ठेला तथा कोटी होम आयोजना भइराखेको छ।
निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणस्थलमा विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी गरिएको छ। नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार तुइन र चिसेन्जीखोलामा निर्माणाधीन पुलका लागि भित्तो काट्ने काम कठिन भएपछि उक्त क्षेत्रमा विस्फोटक पदार्थ प्रयोगको तयारी गरिएको हो। उहाँका अनुसार तुइन र चिसेन्जी दुवै खोलाको नारायणगढतर्फको क्षेत्रमा कडा चट्टानका कारण निर्माणको काम कठिन भएको छ।
बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली कार्यान्वयनमा आएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच लामो समयदेखिको विवादका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) ७० प्रतिशत अङ्क ल्याए पुग्ने प्रणाली मङ्गलबारबाट कार्यान्वयनमा आएको हो।