• १३ साउन २०८१, आइतबार

धानको बिउमा जाइकाको सहयोग

blog

काठमाडौँ, भदौ ३ गते । जापान अन्तर्राष्ट्रिय नियोग (जाइका) ले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मार्फत नेपालको बिउबिजन अनुसन्धानमा सहयोग गर्ने भएको छ । 

नार्क र जाइकाबिच भएको छलफल अनुसार बिउ उत्पादन, आपूर्ति र गुणस्तर नियन्त्रणमा जाइकाले सहयोग गर्ने भएको छ । नार्क अन्तर्गत राष्ट्रिय बिउ विज्ञान प्रविधि अनुसन्धान केन्द्र र जाइकाका प्रतिनिधिबिच यस विषयमा छलफल भएको हो । 

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले धान नेपालको प्रमुख बाली हो र यसमा थप अनुसन्धानको आवश्यकता रहेको बताउनुभयो । धानको बिउमा प्रविधिको विकास गर्नका लागि जाइकाले सहयोग गरेपछि धानको क्षेत्रमा ठुलो उपलब्धि हुने उहाँले बताउनुभयो । जाइकाका तर्फबाट वीरेन्द्रवीर बस्नेतले कोशी प्रदेशमा धानको न्युक्लियस बिउ उत्पादन तथा गुणस्तरमा कार्य गरिरहेको र उपलब्धिमूलक रहेको बताउनुभयो । न्युक्लियस बिउको उत्पादन तथा गुणस्तर कायम गर्न राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम, धनुषामा अनुसन्धानात्मक कार्य भइरहेको जाइकाले जनाएको छ ।