मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय निकाय उदासिन रहेको गुनासो गरिएको छ । आर्थिक वर्ष २०७७–७८ र २०८१–८२ का लागि बनेको पाँचौ राष्ट्रिय कार्यायोजना अनुरुपको कार्य स्थानीय तहले नगरेको सरोकारवालाको गुनासो देखिएको हो ।
माटो सुहाउँदो खेती गर्दै पालिकालाई आर्थिक रुपमा सबल बनाउन विभिन्न क्रियाकलाप गर्दै आएको कालीगण्डकी गाउँपालिकाले उत्पादनलाई पालिकाभित्रै खपत गर्ने नीति अगाडि सारेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।
मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्नमा ध्यान दिनुपर्ने बताउनुभएको छ । गुणस्तरीयतासँगै सेवाबृद्धिमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रेमराज सिम्खडाकालीकोट, भदौ ३ गते । कालीकोट जिल्लाका केही स्थानीय तहमा बालविवाहविरुद्धको अभियानले सार्थकता पाएको छ । स्थानीय सरकारको सक्रियता विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा सामाजिक कुरीतिका रुपमा रहेको बालविवाह अन्त्यको अभियानले सफलता पाइरहेको हो । तिलागुफा नगरपालिकाभित्रका ११ वडामध्ये ८ वडामा बालविवाह हुने तर शून्यमा झारिएको छ । बालविवाह हुनै छोडेपछि ती वडालाई नगर सरकारले बालविवाह मुक्त वडा घोषणा गरेको छ । वडा नं ८ र ७ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । सन् २०१८ बाट बालविवाह अन्त्यको थालनी गर्दा वडा नं ८ मा जम्मा विवाहको ९२ प्रतिशत बालविवाह हुँदै आएको थियो । तर सन् २०२३ पुग्दा पाँच वर्षको अवधिमा बालविवाहको दर शून्यमा झरेको वडा सरकारको तथ्याङ्कमा उल्लेख छ । शुक्रबार वडालाई बालविवाह निषेधित वडा घोषणा गर्दै वडा अध्यक्ष तिलक न्यौपानेले सबैको प्रयासले पाँच वर्षमा बालविवाहको दरलाई शून्यमा झार्न सकेको बताउनुभयो । उहाँले सहयोग गर्ने सेभःद चिल्ड्रेन, किर्डाक नेपाल सहयात्रा परियोजना लगाएत सबै वडाका नागरिकलाई धन्यावाद दिनुभयो । नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्याय लगायत सबै सरोकारवालाको रोहवरमा वडा नं ८ र ७ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । शनिवार वडा नं ७ लाई पनि औपचारिक रुपमा बालविवाह निषेधित वडा घोषणा गरेपछि तिलागुफा नगरपालिकाभित्रका ११ वटा वडामध्ये ८ वडालाई बालविवाह निषेधित वडा घोषणा भएका छन् । अब बाँकी तीन वटा वडालाई एकै पटक बालमैत्री स्थानीय शासन लागु भएका वडा घोषणा गर्ने तयारी नगरपालिकाले लिएको छ । अनिवार्य बालमैत्री स्थानीय शासन लागु भएको वडा घोषणा गर्नका लागि बालविवाह एउटा सुचक मात्र हो । नगरपालिकामा बालविवाहविरुद्धको अभियानमा सहभागी सेभ द चिल्ड्रेन बालसंरक्षण अधिकृत बाले विश्वक्रर्माले भदौको अन्त्यमा तीन वडा घोषणासँगै पुरै नगरपालिकालाई बालविवाह निषेधित पालिका घोषणा हुने बताउनुभयो । उता शुभकालिका गाउँपालिकाभित्रका ८ वडालाई पनि बालविवाह निषेधित वडा घोषणा गर्ने अभियान जारी छ । सेभ द चिल्ड्रेन किर्डाक नेपालको सहयात्रा परियोजना सञ्चालन भइरहेका स्थानीय तहमा बालबिवाह विरुद्धका अभियान प्रभावकारी भइरहेका छन् । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीले आफू अनुगमनका क्रममा ती पालिकामा पुग्दा बालविवाह विरुद्धका गतिविधि व्यापक भइरहेको र त्यसको प्रभाव अन्य पालिकामा समेत परेको पाएको बताउनुभयो । उहाँले सरकारको दिगो विकास लक्षभित्रको विषय बालविवाह न्यूनीकरण अर्थात् अन्त्य भएकाले सबै स्थानीय तहले बालविवाहविरुद्धको अभियान चलाउनुपर्ने बताउनुभयो ।
कनकाई नगरपालिका–१ प्रजापतिमा एक घरमा चोरी गर्दागर्दै दुई जना चोर पक्राउ परेका छन् ।
कोरोना महामारी तथा विपद्का क्षेत्रमा काम गर्ने तीन जना व्यक्तिहरूलाई सम्मान गरिएको छ । कोरोना महामारी र विपद्का क्षेत्रमा काम गर्ने तीन जना व्यक्तिलाई नेपाल परिवार नियोजन सङ्घ पाल्पा शाखाले सम्मान गरेको हो ।
विश्व सम्पदा सुचिमा रहेको काठमाडौँको हनुमानढोका दरबार परिसरमा अवलोकन गर्दै विदेशी पर्यटक
सुर्खेतको बराहाताल गाउँपालिका वडा नम्बर ५ का एक सय ८४ जनालाई लालपुर्जा वितरण गरिएको छ ।
पाकिस्तानको पन्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्री गगन थापाले नेपालमा अहिले विकासका लागि योजना दिने नेता र राजनीतिज्ञ चाहिएको बताउनुभएको छ ।