• ३० वैशाख २०८२, मङ्गलबार

कोरोना महामारी तथा विपदमा काम गर्ने व्यक्तिलाई सम्मान

blog

सम्मान कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ ३ गते । कोरोना महामारी तथा विपद्का क्षेत्रमा काम गर्ने तीन जना व्यक्तिहरूलाई सम्मान गरिएको छ । कोरोना महामारी र विपद्का क्षेत्रमा काम गर्ने तीन जना व्यक्तिलाई नेपाल परिवार नियोजन सङ्घ पाल्पा शाखाले सम्मान गरेको हो ।

सङ्घले नेपाल रेडक्रस सोसाइटी पाल्पाका पूर्व सभापति बुद्धिप्रसाद शर्मा, तानसेनस्थित मिसन अस्पतालका निर्देशक डा. रचेल कारख र सशस्त्र प्रहरी बलका निरीक्षक उमेश ढकाललाई सम्मान गरेको हो । उहाँहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको हो । 

कोरोना महामारीका समय र अन्य विपद्का घटनामा मानिसलाई विभिन्न तवरबाट सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको शाखा प्रबन्धक सोबाकान्त न्यौपानेले बताउनुभयो । यस्तो सम्मानले विपद् न्यूनीकरण तथा विपद्पछि राहत र उद्धारका क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई हौसला प्रदान गर्ने शाखा सभापति सुशील शाक्यले बताउनुभयो । सम्मान कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विपद्का बेला जुनसुकै मानिसले पनि अत्यावश्यक सहयोग पाउनुपर्ने बताउनुभयो ।