कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफूहरू उठ्नै नसक्ने मारमा परेको कुखुरा उद्योगी व्यवसायीले बताएका छन्।
मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपियाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैङ्कका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो ।
नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिनुभएको छ । विमलले आइतबार भद्रकाली मन्दिरमा प्रेमी लिना प्रधानसँग लगनगाँठो कस्नुभएको हो ।
नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रङ्गशालामा आइतबार भएको फाइनलमा स्पेनले इङ्गल्यान्डलाई १–० गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप च्याम्पियन बनेको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनका सात वटा पसललाई कारबाही गरेको छ । अखाद्य बस्तु विक्री गरेको र मापदण्ड अनुसार पसल सञ्चालन नगरेका पसलेलाई प्रशासनले कारबाही गरेको हो ।
सिन्धुलीको दुधौली नगरपालिका-२ स्थित मधुगङ्गा महादेव मन्दिरको दर्शन गर्न आएका भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।
मैथिली संस्कृतिको एक अभिन्न संस्कृतिको रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई भुला पर्व भनिन्छ ।
विवरण भरेको लामो समयपछि तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०७६ साल साउनदेखि विवरण सङ्कलन गरिएको भएपनि तयार भएर ढिलो आएकोले चार वर्षपछि मात्रै वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफूहरू उठ्नै नसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुङ्गोमा पुर्याउने बताउनुभएको छ।
कृषि व्यवसायका लागि उर्वर मानिने सुनसरी जिल्लामा सबैभन्दा बढी अण्डा र खसीको मासु उत्पादन भएको तथ्याङ्कले देखाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुशासनको अभियान सबै स्थानीय तहका सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकाममा रहेको एक पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि पुनः सोमबार बस्नेगरी स्थगित भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनको मतगणना सुरु भएको छ । केही बेरअघि सुरु भएको मतगणनामा सदस्यतर्फका उम्मेदवारको मतगणनाबाट गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।