दोलखाको उत्तरी क्षेत्रको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको प्राकृतिक छ्योतछ्योत (तामाङ भाषामा पवित्र जल) झरना ओझेलमा परेको छ । चट्टानी पहाडबाट तामाकोशी नदीमा खसेको यो झरना र तलको नदीको सौन्दर्यले आकर्षण गर्ने भए पनि यो स्थलमा पर्यटकीय चहलपहल नभएकोमा स्थानीय चिन्तित छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले समयमै काम पूरा नगर्ने निर्माण कम्पनीलाई जरिबाना गरेको छ। निर्माण व्यवसायीले कुनै पनि आयोजना समयमै सम्पन्न नगर्ने, काम पर धकेल्ने र योजनाको लागत बढाउने गरेको गुनासो बढिरहेको बेला समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई जरिबाना गरिएको छ।
तिनाउ–५, बिस्कुनडाँडाका ४४ वर्षीय चन्द्रबहादुर ठाडा पाँच वर्षअघि रोजगारीका लागि मलेसिया पस्नुभयो। घरपरिवारको चाहना पूरा गर्ने र राम्रो आम्दानी गर्ने चाहनाले मलेसिया जानुभएका ठाडा विदेश त पुग्नुभयो तर कमाउने चाहना भने पूरा भएन। मलेसिया जानुभएका ठाडा दुई वर्ष नपुग्दै गम्भीर बिरामी पर्नुभयो। अर्काको देशमा बाँच्ने हो कि मर्ने हो, टुङ्गो लागेन। अन्ततः उहाँ स्वदेश फर्कनुभयो। स्वदेश फर्कनासाथ निको भएका ठाडाले स्वदेशमै केही गर्ने निधो गर्नुभयो।
तुलसीपुर उपमहानगरपालिका–११, कटाहका ललिता डाँगीलाई असार २४ गते सर्पले डस्यो। घरको काम गर्ने क्रममा करिब साँझ ६:४५ बजे गोमन सर्पले टोकेपछि उहाँलाई तत्काल अस्पताल लैजानुको साटो परिवारले विष चुसेर निकाल्ने भन्दै तुलसीपुर–१२ कै जसपुर पु-याए। त्यहाँ बिरामीको अवस्था जटिल बन्दै गएपछि एम्बुलेन्समार्फत सर्पदंश केन्द्र नेपालगन्ज लगियो।
आँखा पाक्ने समस्या लिएर उपचारका लागि आँखा अस्पताल तथा निजी क्लिनिकमा धाउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढेको स्वास्थ्यकर्मीले बताएका छन्। विद्यालयमा अध्ययनरत बालबालिकामा यो समस्या बढी देखिएको आँखा अस्पतालले जनाएका छन्। आँखा अस्पताल तथा अन्य अस्पतालमा आउने बिरामीमध्ये अधिकांश बिरामीमा आँखा पाक्ने समस्या देखिएको लायन्स लाकौल आँखा अस्पतालका सूचना अधिकारी जीवनाथ गैरेले जानकारी दिनुभयो।
यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ ।
नेपाली समाजमा छोरीले शव बोक्न तथा काजकिरिया गर्नु हुँदैन भन्ने सोच अहिले पनि कायम छ। यो सोचलाई दमौलीका महिलाले तोडेका छन्। दमौलीस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले यस्तो हिम्मत गरेका हुन्। शव बोक्ने र दाहसंस्कारमा यहाँका महिला सहभागी हुने गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो ।
सार्वजनिक खरिदका जटिलता समाधान गर्दै प्रक्रिया सरल बनाउन सरोकारवालाले जोड दिएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको १७ औँ स्थापना दिवसका अवसरमा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा यससम्बन्धी कानुनलाई समयसापेक्ष बनाउँदै प्रक्रियालाई सरल बनाउन जोड दिइएको हो ।
इम्पोटर्स एसोसिएसन अफ नेपालले तयारी वस्तुको पैठारीमा लेबलिङ स्टिकर अनिवार्य गर्दा अवैध व्यापार झन् बढ्ने दाबी गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पैठारीमा लेबलिङ स्टिकरको जटिलता तथा सम्भावित उपायका विषयमा सुझावपत्र बुझाउँदै सङ्घले यो व्यवस्थाको लक्ष्य राम्रो भए पनि कार्यान्वयन जटिल रहेको र परिणाम उल्टो आउन सक्ने दाबी गरेको हो ।
नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ ।
नेपालको कुल जमिनको २१ प्रतिशतमा मात्र खेती गरिएको छ । अरू जमिन बाँझो, वनजङ्गल, झाडी, चरन र खर्कका रूपमा छ । यसले के देखाउँछ भने मानवभन्दा वन्यजन्तुको बास र चरन क्षेत्र बढी छ । यति हुँदाहुँदै पनि वन्यजन्तु आफ्नो बास क्षेत्र छोडेर मानवले प्रयोग गरिरहेको खेतीबाली क्षेत्रमा आई बालीनाली सखाप पारिदिने, घरपालुवा जनावर खाइदिने गरेका छन् । घरभित्रै पसेर आक्रमण, सम्पत्ति नष्ट पारिदिने गरेका छन् । प्रतिशोधमा मानवले वन्यजन्तुमाथि आक्रमण गरी घाइते बनाइदिन्छन्
सत्ता पक्ष र प्रतिपक्षबिचको टकरावले करिब एक महिनादेखि संसद् निरन्तर अवरुद्ध छ । त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणमा सत्ता पक्षले उच्चस्तरीय छानबिन समिति गठन गर्न आनाकानी गर्नु र प्रतिपक्षले आफ्नै अडानमा निरन्तर संसद् अवरुद्व गर्नु दुवै कदम उपयुक्त मान्न सकिँदैन । प्रकरणभित्र जेलिएका सत्ता पक्ष हुन कि प्रतिपक्ष सबैको निष्पक्ष छानबिन हुनु पर्छ, यो अनिवार्य पनि छ तर सरकार र प्रमुख प्रतिपक्षको आ–आफ्नै अकर्मण्यताले जनप्रतिनिधिमूलक अङ्ग संसद् राजनीतिको चक्रव्यूहमा फस्न पुगेको छ ।
पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनाइँदै छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो ।
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।