स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गर्नु भएको छ ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताउनुभएको छ ।
लुम्विनी प्रदेश सरकारका मख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको छ।
सात बुँदे धनगढी घोषणापत्र जारी गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय समावेशी र गुणस्तरीय शिक्षा सम्मेलन आइतबार धनगढीमा सम्पन्न भएको छ । रुडुकको आयोजनामा समावेशी र गुणस्तरीय शिक्षा तथा बालबालिकाको क्षेत्रमा बजेटको अवस्थाबारे प्रदेशस्तरीय सम्मेलन भएको हो ।
पाँच सय किलोग्रामभन्दा बढी पटकासहित जितेन्द्रकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्लाका लागि खाद्यन्न बोकेका गाडी आइतबार काठमाडौंबाट छुटेका छन् । जिल्लामा खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पठाएको हो ।
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले भाषा आयोगले गरेको सिफारिसअनुसार कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउनमा सरकारले स्वीकार गरी पहल थाल्दा हुने बताउनुभएको छ ।
सुनसरीको रामधुनी नगरपालिका बाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
बाढी पहिरो तथा आगलागीबाट प्रभावित स्थानहरूमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । देशका विभिन्न स्थानमा परिचालित सेनाको फौजले उद्धार गरिरहेको नेपाली सेनाले जनाएको छ ।
झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका –२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक सोमबारका लागि सरेको जानकारी दिनुभयो। उहाँका अनुसार मोर्चाको बैठक सोमबार बिहान ७:३० बजे बस्नेछ।
तराईको लाइफलाइनको रूपमा रहेको अति संवेदनशील चुरे क्षेत्रलाई जोगाउन नीतिगत रूपमा अगाडि बढ्नु पर्नेमा एक कार्यक्रमका सहभागीले माग गर्नुभएको छ ।
हङकङ र थाइल्याण्डले नेपालमा भएको एसिया यू–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् । एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा भएको प्रतियोगितामा हङकङले पुरुष र थाइल्याण्डले महिलामा उपाधि जितेका हुन् ।