नेपाल र चीनको व्यापारिक नाका हिल्सालाई सञ्चालनमा ल्याउन हुम्लावासीले माग गरेका छन् । व्यापार व्यवसाय गर्न, रोजगारीका लागि जान र पर्यटन प्रवद्र्धन गर्न जिल्लावासीले उक्त नाका सञ्चालनमा ल्याउन माग गरेका हुन् । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हुम्लावासीका लागि मात्र नभएर कर्णाली प्रदेश र सिङ्गो देशकै लागि महत्व राख्ने नेपाल र चीनको सीमानाका हिल्सालाई दुईतर्फी सञ्चालन गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।
खेलको अन्तिममा नेपालकी सावित्रा भण्डारीले सानदार गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको मैत्रीपूर्ण खेल रोचक बराबरीमा सकिएको छ ।
विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मिरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । डेढ महिनाअघिदेखि भारतबाट आउने मालवाहक सवारीसाधन आवातजावत भइरहे पनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु बोकेका सवारी साधनसमेत सो पुलबाट आवातजावत गर्न पाउने भएका हुन् ।
तुलसी बहुमुखी सहकारी संस्थाले झापाको दमकमा सञ्चालन गरेको सेवा केन्द्र र डिपार्टमेन्ट स्टोर बन्द गरेको छ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सो सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सेवा बन्द गरेको जनाइएको छ । अन्य सहकारी संस्थाले दिएकोभन्दा उच्च ब्याज दिएर दमकबाट सङ्कलन गरेको ठूलो रकम अहिले जोखिममा परेको छ ।
१२ बुँदे घोषणापत्र जारी गर्दै दुईदिने नारायणी नदी सम्मेलन सकिएको छ। स्वच्छ नदी, स्वस्थ जीवनका लागि घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दिगोपनामा जोड दिइएको छ। घोषणापत्रमा जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितिकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिँदै नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकास गर्नुपर्ने औँल्याइएको छ। सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्ने र औद्योगिक क्षेत्रको प्रदूषण नियन्त्रणसम्मका विषय उल्लेख गरिएका छन्।
‘सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई, कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो’ कृष्णविक्रम थापाले गाएको चर्चित गीतजस्तै अहिले सिन्धुलीगढी दरबार चिटिक्क परेको छ। भत्किएर भग्नावशेषमा परिणत भएको ऐतिहासिक सिन्धुलीगढी दरबारलाई बागमती प्रदेश सरकारले पुरानै शैलीमा पुनर्निर्माण गरेको हो।
बागमती प्रदेशको राजधानीसँग काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लाका बासिन्दालाई सिधा पुग्नेगरी छोटो दूरीको मार्ग निर्माणमा पालिकाले अगुवाइ गरेका छन्। प्रदेशका पूर्वी क्षेत्रका जिल्लाहरूलाई प्रदेश राजधानी हेटौँडालाई जोड्ने छोटो दूरीको र व्यवस्थित सडक निर्माण गर्न स्थानीय तहहरूले साझा प्रयास थालेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगलाई बलियो बनाउन सधैँ आफ्नो प्रयत्न रहने उहाँले बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले यो सरकार मानव अधिकारप्रति संवेदनशील रहेको तथा लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन आफू गम्भीर रहेको बताउनुभयो।
जर्मनीले नेपाललाई १५ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । कोभ्याक्स सुविधामार्फत उक्त खोप बुधबार नेपाललाई दिइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास प्रिन्सले खोप हस्तान्तरण गर्नुभयो ।
गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ ।
बहराइनमा रहेको नेपाली दूतावासले बहराइन सरकारबाट ल्याइएको लेबर रजिस्ट्रेसन कार्यक्रममा ४७४ जना नेपाली सहभागी हुनयोग्य रहेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले चार वर्षअघि नेपाल र संयुक्त अरब इमिरेटस् (यूएई) सरकारबीच भएको श्रम समझदारीअनुसार नेपाली श्रमिकले सेवासुविधा प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टी–२० क्रिकेट खेलमा भएको मिलेमतो (म्याच फिक्सिङ)बारे अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। ब्युरोका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार अनुसन्धान प्रतिवेदनमा खेल मिलेमतोमा संलग्न खेलाडी, व्यवस्थापक तथा सहयोगी गरी १२ जनालाई प्रतिवादी बनाएको छ। सीआईबीले खेल मिलेमतोमा संलग्न पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम तथा नितेश गुप्तालाई पक्राउ गरी बयान लिएको थियो।
महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आइपुग्दै हुनुहुन्छ । तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उहाँ काठमाडौँ आउन लाग्नुभएको हो । यस वर्षको महाशिवरात्रि शनिबार परेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना असुल गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।