राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ ।
सर्वोच्च अदालतले आज (बुधबार) संवैधानिक नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उक्त रिट 'हेर्न नभ्याइने' सूचीमा राखेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ ।
प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को तयारी पुरा भएको छ। फागुन ७ गतेदेखि हुने गोल्डकपको तयारी पुरा भएको हो। गोल्ड कप मूल आयोजक समितिले खेल तालिका सार्वजनिकसहित तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अगामी चैत १७ गतेदेखि सञ्चालन हुने यस वर्षको एसइई परीक्षाका लागि दार्चुलामा १६ वटा परीक्षा केन्द्रहरू तोकिएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभएको छ ।
४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।
पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइरालाले समय अनुकूल गुणस्तरीय र व्यावहारिक शिक्षालाई अङ्गाल्नुपर्ने अनिवार्य आवश्यकता रहेकोमा जोड दिनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा १३ सय ३७ ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरिएको छ । तिब्बत स्वायत्त क्षेत्रले दुई अर्ब ५० करोड अमेरिकी डलरको लागतमा ती परियोजना सञ्चालन गरेको हो ।
न्युजिल्याण्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चारजनाको मृत्यु भएको छ । चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ ।
टर्कीका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलब्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई प्राविधिक ज्ञान र अभ्यास झल्किने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।
दाङको धार्मिक एवम् ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) सिँगारिएको छ । बिहीबारबाट लाग्ने पीरफिर्ने मेलाका लागि सिद्धरत्ननाथ मन्दिर सिङ्गारिएको हो ।