ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप–२०२३ अन्तरगतको यू–१५ र यू–१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाट अवैध रुपमा भित्रिएको अन्दाजी ३ लाख ६० हजार मूल्यको अण्डरवेयर बरामद भएको छ ।
आइतबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि बस्ने बैठकले टुङ्गो लाउने गरी संसद् खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिनुभयो ।
नेपालमै पहिलो पटक नवलपुर सदरमुकाम कावासोतीमा ‘नेपाल सर्प महोत्सव’ सुरुभएको छ । नागपञ्चमी पर्वको अवसर पारेर सर्प महोत्सव आयोजना गरिएको हो ।
सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ ।
हिमाली जिल्ला मुगु भएर सवार गर्ने निजी सवारी साधनमा कालो स्टिकर टास्ने गरेको पाइएको छ । सिसामा कालो स्टिकर टाँसेर सर्वसाधारणले समेत प्रयोग गरी दुरुपयोग भइरहेको सरोकारवाला पक्षको भनाइ छ ।
साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदान इत्तिहादमा शनिबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई १–० गोलले स्तब्ध बनायो ।
थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
गर्छु नसकिने कार्य म नभएको कोखमा जन्मिन्छु म । अर्पण प्रणय म कामिनी अज्ञानकन
कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरूप यतिबेला फेरिएको छ । बजारको स्वरूप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ ।
पूर्वी नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाममा शनिबारदेखि विराट हनुमान कथा प्रवचन सुरु भएको छ । बागेश्वरी धामका संरक्षक एवम् बागेश्वरी बाबा भनेर चिनिने धिरेन्द्र कृष्ण शास्त्रीले तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नुहुनेछ ।
लिग्स कप–२०२३ को उपाधि इन्टर मियामीले जितेको छ । शनिबार राति भएको फाइनलमा मियामीले नाशभिल एफसीलाई सडन डेथमा १०–९ गोलले हरायो ।
भीरकोट नगरपालिका–८ ले सुत्केरी आमालाई लोकल कुखुराको भाले र बच्चालाई न्यानो कपडा दिन थालेको छ ।