गलेश्वर (म्याग्दी), भदौ ३ गते । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन् भने मुस्ताङवासीले विपत्तिमा परेका कागबेनीवासीको व्यवस्थापन र पुनःनिर्माणमा श्रमदान गरिरहेका छन् ।गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनःस्थापनाको काम गर्न सुरु गरेको छ । घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धनलगायतका सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो ।त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढीपहिरो क्षेत्रमा हुनसक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू–संरक्षणलगायतका काम गरिरहेको उहाँले बताउनुभयो । कागबेनीको पुनःनिर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरक–फरक स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले काम गरिरहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनःस्थापनाका लागि दैनिकरूपमा खटिरहेका छन् । स्थानीय जनप्रतिनिधिसहित सांसद बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पको बारेमा योजना बनाउने र सोहीअनुरुप अघि बढ्ने काम भइरहेका उहाँले जानकारी दिनुभयो ।राहत तथा उद्धारमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार मातहतका निकायलगायत सबै सरकारी तथा गैरसरकारी सङ्घसंस्था, देश–विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ ।आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बैंकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’को खाता नं २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । दुईपाङ्ग्रे १६ र चारपाङ्ग्रे दुईवटा गरी १८ सवारीसाधन, एउटा एक्स्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीनवटा काठेपुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी गाउँपालिकाको ४ नं वडाको वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्र बगाएको छ । रासस
सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने हुनु भएको छ ।
निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यलाई स्थानीय तहमा प्रत्यायोजन गर्ने तयारी गरेको छ। नेपालको संविधान र कानुनले भने निर्वाचन प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्ने स्पष्ट व्यवस्था गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यका लागि स्थानीय तहसँगको समन्वय र सहकार्यमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेसम्बन्धी कार्यविधि तर्जुमा गर्न लागेको बताउनुभयो।
पुतलीबजार नगरपालिका ३ कुमाल गाउँमा रहेको स्याङ्जा जिल्ला अस्पतालले साढे नौ महिनामा मेडिकल सुपरिटेन्डेन्ट पाएको छ ।
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ। पछिल्लो समयमा संविधानभित्र रहेका व्यवस्थासमेत खतरामा पर्ने गरेको गुनासो गर्दै त्यसको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउनुभयो। नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको रक्तदान तथा वनभोज कार्यक्रममा नेतृ देउवा पछिल्लो समयमा लोकतान्त्रिक मूल्य मान्यताको संस्थागत गर्न गठबन्धनको सरकार क्रियाशील रहेको बताउनुभयो।
पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन्। ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमन गर्न भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैँ शुक्रबार अनुगमनमा निस्किनुभएको छ। मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो।
म्याग्दीको बेनी अस्पतालमा डाक्टरलगायत अन्य स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। दैनिक तीन सयभन्दा बढी बिरामी आउने र भर्ना भएर उपचार गर्ने बिरामीको सङ्ख्या पनि त्यस्तै हुँदा न्यून सङ्ख्याका डाक्टर आफैँ बिरामी पर्ने अवस्थामा पुगेका छन्। दैनिक रूपमा इमर्जेन्सी तथा ओपिडीमा तीन सयको हाराहारीमा बिरामी आउने बेनी अस्पतालमा स्थायी दरबन्दीका दुई जना मात्रै डाक्टरले सेवा दिइरहेका छन्। बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अञ्जु थापा भन्नुहुन्छ, “बिरामीको चाप उच्च छ, त्यसमाथि कर्मचारी नहुँदा निकै गाह्रो भएको छ।” ५० शय्याको अस्पतालमा दरबन्दी दुई जना मात्रै डाक्टरले सेवा दिन निकै सकस भएको उहाँको भनाइ छ।
नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको बाँकेको जानकी गाउँपालिका व्यापारिक तथा औद्यौगिक क्षेत्रका रूपमा परिचित छ। जानकी गाउँपालिका नेपालगन्ज विमानस्थलदेखि नेपालगन्ज–गुलरिया सडकखण्ड हुँदै भारतसम्म यसको सीमा जोडिएको छ। छ वटा वडा रहेको यो गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जानकी गाउँपालिकाको कुल जनसङ्ख्या ४६,१४१ रहेको छ। जानकी गाउँपालिकाको पूर्वमा नेपालगन्ज उपमहानगरपालिका, पश्चिममा खजुरा गाउँपालिका, उत्तरमा–कोहलपुर नगरपालिका र दक्षिणमा भारतको सिमाना रहेको छ। साबिकका साई गाउँ, बेलभार, इन्द्रपुर, खजुराखुर्द, बेलहरी र गनापुर गाउँ विकास समिति समेटेर जानकी गाउँपालिका बनेको हो। जानकी गाउँपालिकामा नेपाली कांग्रेसका छब्बन खाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो। जानकीको विकास निर्माणलगायतका विषयमा गाउँपालिकाका अध्यक्ष छब्बन खाँसँग गोविन्द शर्माले गर्नुभएको कुराकानी :
लालबन्दी नगरपालिका–१६, परवानीपुर भोर्लेनीमा ३०५ परिवारका लागि घरघरमै खानेपानी पु-याइएको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मलङ्गवाले करिब ६० लाख रुपियाँ खर्चिएर भोर्लेनी गाउँको प्रत्येक घरमा खानेपानीको धारा पु-याई दिएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् ।
वराहक्षेत्र मन्दिरमा शनिबार भगवान् वराहको उत्पत्ति भएको दिनको अवसरमा विश्व शान्तिको कामना गर्दै विशेष पूजा अर्चना गरी भगवान् वराहको जन्म उत्सव मनाइएको छ ।
बर्सातका कारण खानेपानीको मुहान र पाइप बगाउँदा नुवाकोटको सदरमुकाम विदुरलगायत नगर क्षेत्रमा खानेपानी आपूर्तिमा समस्या भएको छ ।
बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म प्रदेशभरमा तीन हजार ११९ जनामा डेङ्गु सङ्व्मण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमणका कारण मकवानपुर र चितवनमा एक-एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो ।
मुलुक ऊर्जामा आत्मनिर्भरताको नजिक पुगेको छ । स्वच्छ ऊर्जाको पहुँचमा नेपालले गरेको प्रगति दक्षिण एसियाली देशको तुलनामा अब्बल छ । आमउपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा भने अझै उपलब्ध हुन सकेको छैन । सुधार गर्नुपर्ने पक्ष धेरै हुँदाहुँदै पनि स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा मुलुक अगाडि बढेको सुखद अवस्था छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठुला आयोजना अगाडि बढाइरहेको नेपाल विद्युत् प्राधिकरणले नियमित र गुणस्तरीय विद्युत् प्रवाह गर्न गम्भीर हुनुपर्ने छ । बर्सातमा विद्युत् उत्पादन हुँदाहुँदै पनि हिजोआज नै पटक पटक बिजुली काटिने समस्या न
सङ्क्रमणकालमा वैकल्पिक न्याय प्रणाली नै सङ्क्रमणकालीन न्याय पद्धति हो । पुरानो व्यवस्था बदलिएको, नयाँ व्यवस्था पूर्ण भइनसकेको अवस्थामा र युद्ध वा विद्रोहसँग सम्बन्धित घटना हेर्ने युद्धरत दुई पक्षको सहमतिबाट तय गरिएको न्याय पद्धति नै सङ्क्रमणकालीन न्याय हो । यस्तो सहमति आपसमा वार्ता गरेर वा कसैको मध्यस्थतामा भएको हुन्छ । यो सङ्क्रमणकालमा मात्र दुई युद्धरत पक्षका संयन्त्र सबैलाई मात्र लागु हुन्छ । यो निश्चित काम र अवधिमा मात्र लागु हुन्छ, जुन सम्झौताले तय गरेको हुन्छ । यो एक प्रकारको न्यायिक अपावादभन्दा पनि हुन्छ । युद्धरत पक्ष वा माओवादीले नेपालमा धेरै पटक तत्कालीन शाही सरकारको प्रतिनिधिसँ
जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो ।