उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या जतिसक्दो चाँडै समाधान गर्ने बताउनुभएको छ ।
गुडरुङ खोलाले खेती गर्ने जमिन कटानगरी बगरमा परिणत गरेपछि कृषकले क्षति बेहोर्नुपरेको छ । बुद्धभूमि नगरपालिका हुँदै बग्ने खोलाले पालिकाको ७ वटा वडामा वर्सेनी कटान गर्दैआएको छ ।
पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उप–महासचिव जनार्दन शर्माले सुन तस्करी काण्डमा सिआईबीले गरिरहेको छानबिन प्रकृयालाई बीचमा नै रोकेर अहिले फेरि अर्को छानबिन समिति बनाउँदा प्रमाण झन् नष्ट हुने बताउनुभएको छ।
साउन २८ गते राति आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन कहिले सुरु हुने भन्ने अन्यौल भएको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन मुद्दामा मस्कोसँग वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताउनुभएको छ ।
बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय फैसला भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमलालाई नौ महिना कैद सजाय फैसला भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको ढुकुटी दोहन गर्न खोज्ने प्रधानमन्त्री होस कि पूर्वप्रधानमन्त्री जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताउनुभएको छ ।
महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा खेलपोसाक तथा खेल सामाग्री निर्माण अन्तर्राष्ट्रिय कम्पनी लि निङले टिसर्ट तयार पारेको छ ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदूरपश्चिमको ठुलो योगदान रहेको बताउनुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबामा रहेको फुङ्फुङ्गे झरना पर्यटकलाई सधैं आकर्षित तथा मोहित गराउने एक सुन्दर झरना हो। हिउँद तथा बर्खा दुवै मौसममा फुङ्फुङ्गे झरनाको भ्रमण गरेर आनन्द लिन सकिन्छ।
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताउनुभएको छ । सङ्घीय संसद्द्वारा आज यहाँ आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तर्क्रियामा उहाँले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको उल्लेख गर्नुभयो ।