बाबुराम देवकोटा
सिन्धुलीमाढी, भदौ २ गते। पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उप–महासचिव जनार्दन शर्माले सुन तस्करी काण्डमा सिआईबीले गरिरहेको छानबिन प्रकृयालाई बीचमा नै रोकेर अहिले फेरि अर्को छानबिन समिति बनाउँदा प्रमाण झन् नष्ट हुने बताउनुभएको छ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शनिबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘छानबिनको प्रकृया कहाँ पुग्छ, कसरी आउछ, के प्रमाण आउँछ। त्यो आईसकेपछि चित्त नबुझे, अझ बढी छानबिन गर्नुप¥यो। त्यत्तिबेला गएर अरु थप छानबिन समिति बनाउनुपर्छ।’’
सुन काण्डमा संसदीय छानबिन समितिको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाल)ले संसद अवरोध गरेर जनताको आवाज उठाउने ठाउँ बन्द भएको उहाँको भनाइ थियो।
प्रमुख प्रमुख प्रतिपक्षी दल एमाललेलाई संसद खोल्न र सुचारुका लागि मद्दत गर्नसमेत उहाँले आह्वान गर्नुभयो।
सुन तस्करी काण्डमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँको छोरा मुछिएको सन्दर्भमा उप–महासचिव शर्माले भन्नुभयो, ‘‘नाम आउँदैमा अपराध नै गरेको भन्ने हुँदैन। त्यसलाई छानबिनले पुष्टि गर्नुपर्छ। छानबिनले पुष्टि गर्ने बित्तिकै कारबाही प्रकृया अगाडि बढ्छ।’’
ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीलाई छानबिन नगर्न आफ्नो पार्टीले कुनै दबाब नदिएको उप–महासचिव शर्माले स्पष्ट पार्नुभयो।
सिन्धुलीमाढीमा शनिबार प्रेस सेन्टर नेपालको कार्यक्रममा माओवादी नेता जनार्दन शर्मा।
तस्बिर ः बाबुराम देवकोटा