चितवनको भरतपुरमा स्तरीय र सस्तो जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । यसबारे आममानिसलाई थाहा नहुँदा भने उनीहरू निजी प्रयोगशालामा गएर महँगो शुल्क तिरी परीक्षण गराइरहेका छन् ।
पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ । साउन २५ गतेदेखि निकुञ्जको टोली परिचालन भएको भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको छैन ।
भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो ।
लहानस्थित प्रादेशिक अस्पताल अहिलेसम्म बिरामी रेफर केन्द्रकै रूपमा रहेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । दुई वर्षअघि रामकुमार उमाप्रसाद अस्पतालबाट प्रादेशिक अस्पताल लहानमा परिणत भएपछि दाता मुरारका र शारडा परिवार रुष्ट भएका हुन् ।
धनगढी उपमहानगरपालिकाले फोहोरबाट मोहर बनाउने कार्यको थालनी गरेको छ। उपमहानगरपालिकाले नकुहिने फोहोरबाट आयआर्जन तथा कुहिने फोहोरबाट मल बनाउने गर्ने कार्यको थालनी गरेको हो। सो कार्यका लागि सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याइएको छ। उक्त केन्द्रको उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उद्घाटन गर्नुभयो। स्वच्छ धनगढी बनाउने अभियान अन्तर्गत घरबाट निस्किने फोहोर कुहिने र नकुहिने छुट्याई बिक्री गर्नका लागि केन्द्र सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो।
चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, सिरिसे पहिरोपीडितका लागि बाह्रबिसे नगरपालिकाले टेन्ट हालेर बसोबासको व्यवस्था गरेको छ । सो स्थानमा पहिरो प्रभावित १० परिवारलाई बसोबासको व्यवस्था गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । टेन्टमा खाद्यान्न, पानी, शौचालयलगायतको व्यवस्था गरिएको छ ।
मैथिलीको एक अभिन्न संस्कृतिका रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधाकृष्ण, सीतारामको मन्दिरमा पूजापाठ गरी भगवान्का प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई झुला पर्वका रूपमा चिनिने गरिएको छ । मिथिलाको विभिन्न मठमन्दिरमा हरेक वर्ष मनाइने यो झुला पर्व महोत्तरी जिल्लाको प्रसिद्ध मटिहानीस्थित लक्ष्मीनारायण मठबाट सुरु भएको छ ।
धानबाली डुबानमा परेका वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रका किसानले दुई वर्षमा पनि राहत पाउन सकेका छैनन्। २०७८ साल कात्तिक पहिलो साता परेको वर्षाले भित्र्याउने बेलाको धान डुबानमा परी क्षति पुगेको थियो। वीरेन्द्रनगर नगरपालिका–२ की सरिता चौधरीको करिब २० कट्ठा जमिनमा लगाएको धानबाली बाढीले नै नष्ट भएको थियो। उहाँका अनुसार सरकारी निकायबाट पटक पटक क्षतिको विवरण सङ्कलन गरिएको तर राहत अझै दिइएको छैन।
स्वास्थ्यकर्मीको एक टोलीले उच्च पाटनमा रहेका चौँरीखर्कमा पुगेर बालबालिकालाई खोप तथा अन्य खर्कालु (गोठाला) को उपचार गरेका छन्। नियमित खोपबाट बालबालिका नछुटून् र अन्य बिरामीको उपचारमा सहजताका लागि खर्कमै पुगेर उपचार गरिएको हो। सिमकोट गाउँपालिका–१, दोजामभित्र पर्ने चुँवा खोलाका उच्च पाटनमा पालनका लागि दुई महिनाअगाडि गएका खर्कालुको उपचारका लागि स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरेको हो।
ओखलढुङ्गामा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हालसम्म चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका जनस्वास्थ्य निरीक्षक शिवकुमार यादवका अनुसार हालसम्म चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
सरकारले कृषि मन्त्रालय अन्तर्गत खारेजी तथा पुनर्संरचनाको नाममा शून्य बजेट गरेका निकायहरूमा विद्यमान संरचना अनुसार प्रस्तावित बजेट तत्काल व्यवस्थापन गर्न सरोकारवालाले माग गरेका छन् । यी माग पूरा गराउनका लागि पशुपन्छी क्षेत्रका विभिन्न १२ वटा संस्थाले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको समेत घोषणा गरेका छन् । नेपालको दुधमा करिब आत्मनिर्भर र मासु तथा अन्डामा पूर्ण रूपमा आत्मनिर्भर भई कुल गार्हस्थ उत्पादनमा करिब ११.५५ प्रतिशत योगदान दिँदै निर्यातको चरणमा प्रवेश गर्ने अवस्थामा पुगे पनि सरकारले यो क्षेत्रसँग भेदभाव गरेको ती संस्थाले आरोप लगाएका छन् ।
आज श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी । सधैँ यो दिनमा दिनभर पानी पर्ने गर्छ । अघिल्लो वर्षहरूमा जस्तै यो वर्ष पनि आज दिनभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो मातहतका कार्यालयबाट एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस) सुरु गरेको छ । विभागले गएको शुक्रबारदेखि ‘पाइलट’ का रूपमा उक्त प्रणाली सुरु गरेको हो । विभागका महानिर्देशक केशवप्रसाद विमलीले विभागबाट हुने सबै गतिविधि तीन महिना ‘पाइलट’ का रूपमा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभागका सबै गतिविधि तीन महिनासम्म ‘पाइलट’ का रूपमा सञ्चालन गर्छौं, यो सफल हुनेबित्तिकै पूर्ण रूपमा अनलाइनमै जान्छौँ ।”
गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।